bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
2 Corinthians 3
2 Corinthians 3
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 4 →
1
हामीले फेरि आफ्नै गुणगान गाउन लागेका होइनौं। अरू कति मानिसहरूले तिमीहरूकहाँ यसैको सिफारिस गरिदिएको पत्र लिएर आउने गरेझैँ हामीले तिमीहरूलाई र तिमीहरूले हामीलाई सिफारिस गर्नुपर्ने खाँचो छैन।
2
सबैले बुझ्न र पढ्न सक्ने तिमीहरू नै हाम्रा हृदयमा लेखिएका हाम्रो सिफारिस पत्रहरू हौ।
3
साँच्चै तिमीहरू ख्रीष्टले लेखेका पत्र हौ र पत्र पुर्याउने हामी नै हौं। ढुङ्गाको पाटीमा वा मसीले लेखिएको पत्र होइन तर जिउँदो परमेश्वरकै आत्माले हृदयमा लेखिएको पत्र हो।
4
ख्रीष्टको दयाले मुक्ति दिएकोले हामी परमेश्वरमा भरोसा राखेर यस्तो कुरा भन्छौं।
5
यो काम गर्न सक्ने खुबी हामीमा छ भन्ने हाम्रो बाटै छैन। हामीले काम गर्ने शक्ति त परमेश्वरबाट नै मिलेको हो।
6
उहाँले एउटा नयाँ करार जोड्नुभयो र हामीलाई यस करारमा काम गर्न लायकका सेवकहरू पनि बनाउनुभयो। योचाहिँ पवित्र आत्माको करार हो, व्यवस्थाले जोडेको करार होइन। व्यवस्थाले मृत्यु ल्याउँछ, तर पवित्र आत्माले त जीवन दिनुहुन्छ।
7
ढुङ्गाको पाटीमा व्यवस्था खोपेर दिएको बेलामा परमेश्वरको ठूलो तेज देखा पर्यो। त्यही तेज मोशाको चेहरामा परेको थियो। पछि धेरै बढेर जाँदा इस्राएलका मानिसहरूले उनलाई सीधा हेर्न पनि सकेनन्। मृत्यु ल्याउने व्यवस्था पाउँदा त यस्तो चमक थियो भने
8
पवित्र आत्माले ल्याउने सेवाको चमक झन् कति तेजिलो होला।
9
मानिसलाई दोषी ठहराउने काम त त्यति धेरै चहकिलो थियो भने झन् मानिसलाई नै निर्दोष ठहराउने काम कति धेरै चहकिलो होला?
10
यो ज्यादै उज्यालो चमकले गर्दा पहिलेको त्यो चमक त्यसै बिलाएर गयो।
11
एक छिन रहनेमा त यस्तो चमक थियो भने झन् सधैँभरि रहिरहनेमा कति धेरै चमक रहला?
12
यसरी हामीमा यो आशा भएकोले हामी ज्यादै साहसी भएका छौं।
13
हामी त मोशाजस्ता होइनौं, जसले आफ्नो अनुहारबाट घट्दैगएको चमकको अन्त्य इस्राएलीहरूले नदेखून् भनी आफ्नो मुखमा घुम्टो हालेका थिए।
14
तिनीहरूको मन त्यस बेला ढाकिएको थियो। आजसम्म पनि पुरानो करारमा भएको व्यवस्था पढ्दा तिनीहरूको मन घुम्टोले ढाकिएको हुन्छ। त्यो घुम्टो ख्रीष्टद्वारा मात्र हटाउन सकिन्छ।
15
साँच्चै मोशाको व्यवस्था पढ्दा अझै पनि घुम्टोले तिनीहरूको मन ढाकिएको हुन्छ।
16
तर धर्मशास्त्रमा भनेझैँ प्रभुतिर फर्कनासाथ घुम्टो उघारिन्छ
17
किनभने प्रभु आत्मा हुनुहुन्छ। प्रभुका आत्मा भएको ठाउँमा स्वतन्त्रता हुन्छ।
18
हामी सबैले खुल्ला चेहरामा प्रभुको चमक देखाउँदछौं। प्रभु आत्मा हुनुहुन्छ र उहाँबाट आउने त्यही चमकले हामीलाई उहाँजस्तै बनाउँदै अझ चहकिलो रूपतिर लैजान्छ।
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 4 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13