bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Hebrews 10
Hebrews 10
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 9
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 11 →
1
इस्राएली व्यवस्था हुन आउने खास साँचो कुराहरूको नमुना होइन, तर आउने असल कुराहरूको छाया मात्र हो। यसैले वर्षेनी चढाएका त्यही बलिदानहरूले परमेश्वरकहाँ ती बलिदान चढाउने मान्छेहरूलाई पूरै शुद्ध पार्न सक्दैन।
2
पशु बलिले पूरै शुद्ध पार्न सक्ने भए किन घरीघरी बलि चढाउनुपर्थ्यो? यदि त्यसले बलि चढाउनेहरू शुद्ध हुने भए त सधैँको लागि एकै चोटि शुद्ध हुनेथियो अनि पूरै शुद्ध भई तिनीहरूका विवेकमा पाप रहनेथिएन।
3
तर यी बलिदानहरूले मानिसलाई वर्षेनी आफ्ना पापहरूको सम्झना मात्र गराउँछ
4
किनभने साँढे र बोकाहरूको रगतले पाप मेटाउन सक्दैसक्दैन।
5
यसैकारण संसारमा आउन लाग्नुहुँदा ख्रीष्टले परमेश्वरलाई यसो भन्नुभएको थियो, “तपाईंलाई भेटी र बलिदानहरू चाहिँ दैन, तर तपाईंले मेरो लागि एउटा शरीर तयार गरिदिनुभएको छ।
6
तपाईंले होमबलि र पापबलि चाहनुहुन्न।”
7
त्यसो हुँदा मैले भनें, “हे परमेश्वर, म हाजिर छु। धर्मशास्त्रमा लेखिएझैँ, म तपाईंको इच्छा पूरा गर्न तयार छु।”
8
पहिल्यै उहाँले भन्नुभयो, “तपाईंले भेटी र बलिदानहरू चाहनुहुन्न। तपाईं होमबलि र पापबलिसँग खुसी हुनुहुन्न।” व्यवस्थाले भनेझैँ यी बलिदान चढाउँदा-चढाउँदै पनि उहाँले यसो भन्नुभयो।
9
त्यसपछि उहाँले भन्नुभयो, “हे परमेश्वर, म हाजिर छु! म तपाईंको इच्छा पूरा गर्न तयार छु।” यसकारण परमेश्वरले पहिलेका बलिदानहरूलाई खारेज गर्नुहुन्छ। ख्रीष्टको र यसको साटोमा बलिदान राखिदिनुहुन्छ
10
किनभने येशू ख्रीष्टले परमेश्वरको इच्छा पूरा गर्नुभयो। यसैले सधैँभरि हुने गरी एकै चोटि आफ्नै शरीरलाई बलि दिएर उहाँले हामी सबैलाई पापबाट शुद्ध पार्नुभएको छ।
11
सबै इस्राएली पूजाहारीहरूले बारम्बार उभिएर परमेश्वरकहाँ बलि चढाउने काम गर्छन् अनि घरीघरी एकै किसिमको बलि चढाउने गर्छन्। तर यस्ता बलिदानहरूले कहिल्यै पाप मेटाउन सक्दैनन्।
12
तर ख्रीष्टले चाहिँ सधैँभरिलाई पुग्ने गरी पापको लागि एउटै मात्र बलि चढाउनुभयो। यही काम सकेर उहाँ परमेश्वरको दाहिने हातपट्टि बस्नुभएको छ।
13
परमेश्वरले उहाँका शत्रुहरूलाई उहाँको पैतालामुनि नपार्नुभएसम्म उहाँ त्यहीं पर्खिरहनुहुनेछ।
14
पापबाट शुद्ध पारिएका जतिलाई उहाँले एउटै बलिदानले सधैँको लागि सिद्ध पार्नुभएको छ।
15
अनि पवित्र आत्माले पनि हामीलाई यसरी साक्षी दिनुहुन्छ,
16
“परमप्रभु परमेश्वर भन्नुहुन्छ, ‘आउने दिनहरूमा तिनीहरूसँग बाँध्ने नयाँ करार यही हो। मेरो व्यवस्था तिनीहरूका हृदयमा राखिदिनेछु अनि त्यो तिनीहरूका मनमा लेखिदिनेछु’।”
17
उहाँले अझै भन्नुहुन्छ, “फेरि म तिनीहरूका पाप र नराम्रा कामहरू सम्झनेछैनँ।”
18
यसकारण यी सबै पाप क्षमा भएपछि फेरि पाप मेटाउन बलिदान चाहिएन।
19
यसकारण हे भाइहरू हो, येशूको रगतले गर्दा हामी महापवित्र स्थानमा साहससँग पस्न सक्छौं।
20
उहाँले आफ्नो शरीररूपी पर्दाबाट हाम्रो लागि नयाँ र जीवन दिने बाटो खोलिदिनुभयो।
21
परमेश्वरको घरमा अधिकारसम्पन्न अब हाम्रो एक जना ठूला पूजाहारी हुनुहुन्छ।
22
खराब विवेकबाट हाम्रा मन चोख्याइएको छ र शुद्ध पानीले हाम्रो शरीरलाई धोइएको छ। यसकारण साँचो मन र पक्का विश्वासले निर्धक्क भएर हामी परमेश्वरकहाँ जाऔं।
23
हामीले राखेका आशा बलियोसँग समातिराखौं किनभने आफूले गरेको प्रतिज्ञा परमेश्वरले पूरा गर्नु नै हुनेछ।
24
हामी आपसमा एक-अर्कालाई प्रेम र भलाइ गर्ने कुरामा, उत्साह दिने कुरामा विचार गर्ने गरौं।
25
कसै-कसैको संगतिमा नआउने बानी छ। त्यसो नगरौं। त्यसमा पनि बरु प्रभुको दिन आउन आँट्यो भन्ने जानेर एक-अर्कालाई अझ हौसला दिने गरौं।
26
सत्य कुरा के हो भनी पूरै बुझेर पनि हामी जानी-जानी पाप गरि नै रहन्छौं भने त हामीले गरेको पाप मेट्ने कुनै बलिदानै छैन।
27
यसको सट्टा यस्तो पाप गर्नेले डराउँदै परमेश्वरको सजाय पर्खिरहनुपर्छ। त्यस सजायको आगोले परमेश्वरका विरोधीहरूलाई भस्म पार्नेछ।
28
मोशाको व्यवस्था कसैले नमान्दा दुई-तीन जना साक्षी भए भने त्यो मानिस बिनादया नै मर्नुपर्छ।
29
त्यसो भए झन् परमेश्वरकै पुत्रलाई नमान्ने, पापबाट पवित्र पार्ने र परमेश्वरको करार पक्का गर्ने ख्रीष्टको रगतलाई सस्तो कुरा ठान्ने र अनुग्रह दिने पवित्र आत्मालाई नै अपमान गर्ने मानिसलाई कति ठूलो सजाय होला?
30
किनभने बदला लिने काम मेरो हो, म साटो फेर्छु भन्नुहुनेलाई हामी चिन्छौं। यसो पनि भनिएको छ, “प्रभुले नै आफ्ना मानिसको न्याय गर्नुहुनेछ।”
31
जिउँदो परमेश्वरको हातमा पर्नु कति डरलाग्दो कुरो हो।
32
ती अघिका दिनहरूलाई याद गर। परमेश्वरको ज्योती पाएपछि तिमीहरूले धेरै दु:ख भोग्नुपर्यो। तापनि तिमीहरूले हार खाएनौ।
33
कति पल्ट तिमीहरूका सबै मानिसको सामु बेइज्जती र हेला भयो र कतिपल्ट यसरी दु:ख पाउनेहरूलाई साथ दियौ।
34
कैदमा परेकाहरूलाई साथ दियौ। आफूसँग भएका सबै धन-सम्पत्ति लुटिंदा पनि खुसीसाथ सह्यौ। किनभने सधैँभरि रहिरहने अझ ठूलो सम्पत्ति आफैंसँग छ भन्ने कुरा तिमीहरूलाई थाहा थियो।
35
यसैकारण हरेस नखाओ। तिमीलाई यसको ठूलो इनाम मिल्नेछ।
36
परमेश्वरकै मनपर्ने काम गर्न र उहाँले प्रतिज्ञा गर्नुभएका कुराहरू पाउन तिमीहरू धीरजी होओ।
37
धर्मशास्त्रमा लेखिएको छ, “अब आउनुहुने आइहाल्नुहुनेछ, बियाँलो गर्नुहुनेछैन।”
38
“मेरो अघि धर्मी ठहरिएका जनहरूले चाहिँ विश्वास गर्नेछन् र बाँच्नेछन्, तर तीमध्ये कसैले मलाई त्यागेर गयो भने म त्यसलाई मन पराउनेछैनँ।”
39
हामीहरू फर्केर बिनाशमा पुग्ने मानिसहरू होइनौं तर विश्वास गर्नेहरू र बचाइएकाहरू हौं।
← Chapter 9
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 11 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13