bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Hebrews 4
Hebrews 4
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 5 →
1
हामीहरूलाई विश्राम दिन्छु भनेर परमेश्वरले गर्नुभएको प्रतिज्ञा अझै पनि छ। त्यसकारण होश राखौं र त्यस विश्राम पाउने ठाउँमा पस्न नपाउने तिमीहरूमा कोही पनि नहोस्
2
किनभने पुर्खाहरूलाई जस्तै हामीलाई पनि सुसमाचार सुनाइएको छ। तर तिनीहरूलाई दिइएको सुसमाचार व्यर्थ भयो किनभने उनीहरूले सुनेका कुरामा विश्वास गरेनन्।
3
अब हामी विश्वास गर्नेहरूचाहिँ परमेश्वरले प्रतिज्ञा गर्नुभएको त्यस विश्रामको ठाउँमा पस्नेछौं। जसो उहाँले भन्नुभयो, “यसकारण मैले रिसमा शपथ खाएर भनें, ‘तिनीहरू कहिल्यै पनि मेरो विश्रामको ठाउँमा पस्न पाउनेछैनन्’!” सृष्टि गरिसक्नुभएदेखि नै परमेश्वरका सबै काम पूरा भए तापनि उहाँले यसो भन्नुभयो।
4
धर्मशास्त्रमा कुनै ठाउँमा सातौँ दिनको बारेमा यसरी भनिएको छ, “सबै कामबाट परमेश्वरले सातौँ दिनमा विश्राम लिनुभयो।”
5
फेरि उहाँले यसबारे यसो भन्नुभएको छ, “तिनीहरू मेरो विश्राममा पस्न पाउनेछैनन्।
6
उहिले सुसमाचार सुन्नेहरूचाहिँ अट्टेरी भएकाले उहाँको विश्रामको त्यो ठाउँमा पस्न पाएनन्। तब त्यहाँ अरूहरू छन्, जो त्यो विश्राम पाउने ठाउँमा पस्न पाउँछन्।
7
त्यसकारण परमेश्वरले अर्को दिनलाई फेरि ‘आज’ भनेर तोक्नुभयो। अघि भनेझैँ धेरै वर्षपछि परमेश्वरले दाऊद राजालाई भन्न लाउनुभयो, “आज तिमीहरूले परमेश्वरको आवाज सुन्यौ भने मन कठोर नपार।”
8
यहोशूले इस्राएलीहरूलाई परमेश्वरले प्रतिज्ञा गर्नुभएको विश्रामको ठाउँमा पुर्याएका भए उहाँले पछिबाट अर्को दिनको कुरै गर्नुहुनेथिएन।
9
तर परमेश्वरले सातौं दिनमा विश्राम लिनुभएझैँ परमेश्वरका मानिसहरूका निम्ति विश्राम राखिएको छ।
10
परमेश्वरले काम सक्नुभएर विश्राम लिनुभएझैँ विश्रामको ठाउँमा पस्नेहरूले पनि कामबाट विश्राम पाउनेछन्।
11
त्यसो हुँदा त्यस विश्रामको ठाउँमा पस्न सक्दो कोसिस गरौं र हामी कोही पनि अविश्वासको कारणले अट्टेरी भएका मानिसहरूजस्ता छोडिनेछैनौं।
12
परमेश्वरको वचन त काम गरिरहने र जिउँदो छ। यो दुईधारे तरवारभन्दा पनि धारिलो छ। यसले भित्र पुगी प्राण र आत्मालाई छुट्याइदिन्छ। जोर्नी र मज्जालाई अलग पारिदिन्छ। परमेश्वरको वचनले मानिसहरूको हृदयको विचार र चाहनालाई केलाएर जाँच गर्छ।
13
परमेश्वरले देख्न नसक्ने कुनै कुरा छैन। उहाँका अघि सबै कुरा खुल्ला छन् र छर्लङ्गै देखिन्छन्। उहाँलाई नै हामी आफैंले गरेका कामको लेखा दिनुपर्छ।
14
यसकारण हामीले मान्दैआएको विश्वासमा अझ दरिलो भएर बसौं किनभने स्वर्गमा जानुभएका परमेश्वरका पुत्र येशू नै हाम्रा महान् प्रधान पूजाहारी हुनुहुन्छ।
15
हाम्रा प्रधान पूजाहारी हाम्रो कमजोरीलाई बुझिदिन नसक्ने पूजाहारी हुनुहुन्न। हाम्रा पूजाहारी पापले फसाउने सबै कुरामा हामीजस्तै जाँचिनुभयो, तर पाप गर्नुभएन।
16
त्यसो हुँदा हामीले पटक्कै डर नमानी परमेश्वरको सिंहासनअघि जाऔं। त्यहाँ खाँचो परेको बेला हामीले कृपा र अनुग्रह पाउनेछौं।
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 5 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13