bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Hebrews 13
Hebrews 13
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 12
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
1
एक-अर्कालाई दाजुभाइलाई जस्तै माया गर्न नछोड।
2
पाहुनाहरूको सेवा-सत्कार गर्न नबिर्स। यसरी पाहुनाको सत्कार गर्दा कसै-कसैले थाहै नपाई स्वर्गदूतको पनि सत्कार गरेका थिए।
3
आफू पनि थुनामै परेको सम्झेर थुनामा पर्नेहरूको वास्ता राख्ने गर। दु:ख पाएकाहरूलाई आफैंले दु:ख पाएको जस्तै गरी सम्झ।
4
विवाहको इज्जत सबैले राख्नुपर्छ। लोग्ने-स्वास्नी एक-अर्काप्रति विश्वासयोग्य रहून् किनभने छाडा र अर्काको लोग्ने वा स्वास्नीसँग बिग्रनेहरूलाई परमेश्वरले सजाय दिनुहुनेछ।
5
धन-सम्पत्तिको माया-मोहमा नफस। आफूसँग जे छ, त्यसैमा सन्तोष गर्ने गर किनभने परमेश्वरले नै भन्नुभएको छ, ‘म तिमीलाई कहिल्यै छोड्नेछैनँ, म तिमीलाई कहिल्यै त्याग्नेछैनँ’।”
6
यसकारण हामी ठूलो साहससँग भन्न सक्छौं, “प्रभुले नै मलाई सहायता गर्नुहुन्छ। म कहिल्यै डराउनेछैनँ। मानिसले मलाई के गर्न सक्छन्?”
7
तिमीहरूलाई सुरुमा परमेश्वरको शिक्षा दिने अगुवाहरूलाई याद गर। उनीहरूको जीवन कस्तो थियो र कसरी उनीहरूले यस संसारलाई छोडेर गए, त्यो विचार गर। तिमीहरूले पनि उनीहरूले गरेजस्तै विश्वास गर।
8
येशू ख्रीष्ट त हिजो, आज र सधैँभरि एकैनास हुनुहुन्छ।
9
धेरै किसिमका अनौठा शिक्षाहरूले तिमीहरूलाई सत्य कुरादेखि गलत बाटोमा नलैजाओस्। खानपानका नियमले होइन, परमेश्वरकै अनुग्रहले भित्री मनलाई बलियो बनाएको हो। खानपानका नियमहरू मानेर त आत्माको काममा कहिल्यै कसैलाई फाइदा भएको छैन।
10
हाम्रो एउटा वेदी छ, जसमा चढाएको बलिहरूबाट पवित्र पालमा काम गर्ने पूजाहारीहरूले खानुहुँदैनथ्यो।
11
इस्राएली प्रधान पूजाहारीले भित्र महापवित्र स्थानमा पापको लागि बलि चढाउने पशुको रगत लिएर आउँछन्। तर पशुको शरीरचाहिँ छाउनीबाहिर लगेर आगोमा डढाउँछन्।
12
त्यसै गरी आफ्नै रगतले मानिसहरूलाई पापदेखि शुद्ध पार्न येशू पनि सहरको बाहिर मर्नुभयो।
13
हामी पनि उहाँकहाँ सहरबाहिर गएर उहाँको निम्ति अपमान सहौं
14
किनभने यस संसारमा सधैँभरि रही रहने हाम्रो लागि सहर छैन। हामी त पछि आउने सहरको बाटो हेरेर बसिरहेका छौं।
15
यसकारण हामी सधैँ येशूको नाउँमा परमेश्वरलाई स्तुतिको बलिदान चढाऔं। यो त उहाँको नाउँ लिनेहरूका ओठले चढाएको भेटी हो।
16
एक-अर्काको भलाइ गर्न र मद्दत गर्न नबिर्स। परमेश्वरलाई मन पर्ने बलिदान यही नै हो।
17
तिमीहरूका अगुवाहरूको कुरा मान। उनीहरूले सधैँ तिमीहरूका आत्माको देखरेख गर्छन् कारण तिनीहरूले आफ्नो कामको लेखा परमेश्वरलाई दिनुपर्नेछ। तिनीहरूका कुरा मान्यौ भने तिनीहरूले आफ्नो काम खुसीसँग गर्नेछन्, होइन भने दु:खी भएर काम गर्नेछन्। तिनीहरूलाई दु:खी बनायौ भने तिमीहरूलाई केही फाइदा हुँदैन।
18
हाम्रो लागि प्रार्थना गर्न नछोड। हामीलाई विश्वास छ, हाम्रो भित्री मन चोखो छ किनभने हामी सधैँ राम्रो काम गर्न मात्र चाहन्छौं।
19
परमेश्वरले मलाई छिट्टै तिमीहरूसँग भेट गर्ने मौका देऊन् भनी प्रार्थना गरिदेओ भनेर बिन्ती गर्दछु।
20
मृत्यु भोगेर भेडाहरूका महान् गोठाला हुनुभएका र आफ्नै रगतले सधैँ रहिरहने करार पूरा गर्नुभएका हाम्रा प्रभु येशूलाई शान्तिका परमेश्वरले मरेकोबाट बिउँताउनुभयो।
21
तिमीहरूले परमेश्वरको इच्छा पूरा गर्न सक भनेर उहाँले तिमीहरूलाई हरप्रकारका गुणहरू जुटाइदेऊन्। तिमीहरूले उहाँलाई मन पर्ने काम गर्न सक भनेर उहाँले तिमीहरूको हृदयमा काम गरून्। येशू ख्रीष्टको सधैँभरि जयजयकार होस्। आमेन।
22
भाइहरू हो, म तिमीहरूसँग बिन्ती गर्दछु कि तिमीहरूले यी उत्साहका अर्तीहरूलाई झर्को नमानी सुनिदेओ। मैले तिमीहरूलाई लेखेको यो पत्र छोटो छ।
23
हाम्रा भाइ तिमोथी त कैदबाट छुटिसकेका छन् भन्ने खबर तिमीहरूलाई दिन चाहन्छु। उनी चाँडै यहाँ आए भने म तिमीहरूकहाँ आउँदा उनलाई लिएर आउनेछु।
24
मण्डलीका सबै गुरुहरू र परमेश्वरका भक्तहरूलाई हाम्रो अभिवादन भनिदेओ। इटालियामा भएका भाइहरूले पनि तिमीहरूलाई अभिवादन पठाएका छन्।
25
परमेश्वरको अनुग्रह तिमीहरू सबैमा रहिरहोस्।
← Chapter 12
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
Recommended Reading
Commentary
Hebrews Commentaries
→
Devotional
Hebrews Devotional Guide
→
Get This Bible
Nepali - (सरल नेपाली पवित्र बाइबल) Study Bible
→