bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Hebrews 3
Hebrews 3
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 4 →
1
त्यसैकारण परमेश्वरले बोलाउनुभएका पवित्र दाजुभाइहरू हो, राजदूत र प्रधान पूजाहारी भनेर हामीले मानेका येशूमा मन लगाओ।
2
मोशा परमेश्वरका घरमा सेवाका लागि भरपर्दो भएझैँ येशू आफूलाई काममा लगाउनुहुने परमेश्वरको लागि भरपर्दो हुनुभयो।
3
घरभन्दा घर बनाउनेको इज्जत ठूलो भएझैँ मोशाभन्दा येशू धेरै ठूलो इज्जतयोग्य हुनुहुन्छ।
4
कुनै पनि घर कसैले न कसैले बनाएको हुन्छ। त्यस्तै सबै थोक बनाउनुहुनेचाहिँ परमेश्वर नै हुनुहुन्छ।
5
मोशा परमेश्वरका घरको काम गर्ने भएर भरपर्दो भए अनि पछि दिइने परमेश्वरको शिक्षाको साक्षी दिए।
6
तर ख्रीष्टचाहिँ घरको अधिकार पाएको छोराजस्तै भरपर्दो हुनुहुन्छ। हाम्रो आशामाथि हामीले साहस र भरोसा कायम राख्यौं भने हामी परमेश्वरका घर हुन्छौं।
7
त्यसो हुँदा पवित्र आत्माले भन्नुभएझैँ: “आज तिमीहरूले परमेश्वरका आवाज सुन्यौ भने
8
तिमीहरूका पुर्खाले परमेश्वरको विरोध गरेर मन कठोर भएजस्तो नहोओ। तिनीहरूले मरुभूमिमा परमेश्वरको जाँच गरेर उहाँको विरोध गरे।
9
त्यहाँ तिमीहरूका पुर्खाले चालीस वर्षसम्म मैले गरेको काम देखेर पनि पत्याएनन् र मलाई जाँचे।
10
त्यसैले ती मानिसहरूसँग मलाई रिस उठ्यो र मैले भनें, ‘यी मानिसहरू कति धेरै अविश्वासी छन्। तिनीहरू मेरो बाटोमा हिंड्नै मानेनन्।
11
यसैकारण मैले रिसमा शपथ खाएर भनें, “तिनीहरू मैले विश्राम दिने ठाउँमा कहिल्यै पस्न पाउनेछैनन्।”
12
दाजुभाइहरू, होश राख। तिमीहरूमा कोही पनि विश्वास नगर्ने पापी हृदयको भएर जिउँदा परमेश्वरलाई नछोडोस्।
13
तर धर्मशास्त्रमा ‘आज’ भनेको समय रहुञ्जेल प्रत्येक दिन एक-अर्कालाई हौसला देओ। नत्रता पापको छलछामले हृदय नै कठोर पारिदिन्छ।
14
हाम्रो सुरुको भरोसामा हामी आखिरिसम्म दिगो रह्यौं भने हामी ख्रीष्टसँग साझे हकदार हुनेछौं।
15
धर्मशास्त्रले भन्दछ, “आज तिमीहरूले परमेश्वरको आवाज सुन्यौ भने तिमीहरूका पुर्खाले परमेश्वरको विरोध गरेर मन कठोर भएजस्तो नहोओ।”
16
कसले परमेश्वरको कुरा सुनेर उहाँको विरोध गर्यो? मोशाले मिश्रदेशबाट निकालेर ल्याएका मानिसहरूले नै होइन र?
17
कोसँग चालीस वर्षसम्म परमेश्वर रिसाउनुभयो? मरुभूमिमा सोत्तर पारिएका तिनै पाप गर्नेहरूसँग नै हो।
18
“तिनीहरू मैले दिने विश्रामको ठाउँमा पस्न पाउनेछैनन्,” भनी परमेश्वरले शपथ खानुभएको थियो। के उहाँले यो कुरा ती अट्टेरी मानिसहरूकै बारेमा भन्नुभएको होइन र?
19
यसैले हामी देख्तछौ, विश्वास नगरेको कारण तिनीहरू विश्रामको ठाउँमा पस्न पाएनन्।
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 4 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13