bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Hebrews 7
Hebrews 7
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 6
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 8 →
1
मल्कीसेदेकचाहिँ शालेमका राजा र सर्वोच्च परमेश्वरका पूजाहारी थिए। अब्राहामले चार जना राजाहरूलाई लडाइँमा हराएर फर्कंदैगर्दा मल्कीसेदेकले उनलाई भेटेर आशीर्वाद दिए।
2
अब्राहामले राजाहरूलाई जितेर ल्याएका सबै धनको दशांश मल्कीसेदेकलाई दिए। मल्कीसेदेक नाउँको अर्थ ‘धार्मिकताको राजा’ हो र उनी शालेमका राजा भएकोले उनको नाउँले ‘शान्तिका राजा’ भन्ने पनि बुझाउँछ।
3
मल्कीसेदेकका बुबा, आमा र पिता-पुर्खा कसैको बारेमा केही जानकारी छैन। उनको जन्म र मरणको बारेमा पनि केही जानकारी छैन। परमेश्वरका पुत्रजस्तै उनी सदाकालका पूजाहारी हुन्।
4
उनी कति ठूला थिए भन्ने कुरा तिमीहरू नै बुझ्छौ। हाम्रा पुर्खा अब्राहामले समेत लडाइँबाट जितेर ल्याएका चीजबाट दशांश उनलाई बुझाए।
5
लेवीको सन्तानका पूजाहारीहरू आफ्ना दाजुभाइ इस्राएलीबाट कमाइको दशांश उठाउँछन्। यो त तिनीहरूलाई व्यवस्थाले अह्राएको हो। लेवीका सन्तान र इस्राएली सबै अब्राहामकै सन्तान हुन्।
6
पूजाहारी मल्कीसेदेक त लेवीका सन्तान होइनन्। तर पनि उनले त पूजाहारीहरूका पुर्खा अब्राहामबाट दशांश लिए अनि तिनले परमेश्वरको प्रतिज्ञा पाउने अब्राहामलाई आशीर्वाद दिए।
7
ठूलाबाट सानाले आशीर्वाद पाउँछ भन्ने कुरा सबैलाई थाहै छ।
8
मरेर जाने पूजाहारीले इस्राएलीहरूमा कमाइको दशांश उठाउने गर्दछन्। तर धर्मशास्त्रले भन्दछ कि सधैँ बाँचिरहने मल्कीसेदेकले दशांश उठाए।
9
अनि यसो पनि भन्न सकिन्छ, अब्राहामले दशांश दिँदा दशांश लिने लेवीले पनि दिए।
10
किनभने मल्कीसेदेकले अब्राहामलाई भेट्दा त लेवी आफ्ना पुर्खा अब्राहामको शरीरभित्रै थिए।
11
लेवीका सन्तानले पूजाहारीको पद पाएका थिए। यसैकारण इस्राएलीहरूले व्यवस्था पाएका थिए। अब लेवी पूजाहारीको सेवाले सबै कुरा सिद्ध हुने भए हारूनको सन्तानजस्तो नभएर मल्कीसेदेकजस्तो अर्को पूजाहारीको खाँचो पर्ने थिएन।
12
कारण पूजाहारी पद फेरियो भने व्यवस्था पनि फेरिनुपर्छ।
13
हाम्रा प्रभु, जसका विषयमा यी कुराहरू भनिएका छन्, उहाँ त भिन्नै कुलका हुनुहुन्छ। उहाँको कुलमा कसैले पनि पूजाहारी भएर काम गरेका थिएनन्।
14
सबैलाई थाहै छ, हाम्रा प्रभु त यहूदाको कुलमा जन्मनुभएको हो। यहूदाको कुलबाट पूजाहारी छानिने बारेमा मोशाले केही पनि भनेका थिएनन्।
15
अब यो कुरो झन् सफा हुन्छ कि मल्कीसेदेकजस्तै अर्का पूजाहारी आइसकेका छन्।
16
उहाँ मानिसहरूलाई दिएको आज्ञा र नियमबाट पूजाहारी हुनुभएको होइन, तर कहिल्यै नाश नहुने जीवनको शक्तिले बनाइनुभएको पूजाहारी हुनुहुन्छ।
17
धर्मशास्त्रले नै यसरी भनेको छ, “मल्कीसेदेकजस्तै तपाईं सधैँका लागि पूजाहारी हुनुहुन्छ।”
18
केही गर्न नसक्ने र काम नलाग्ने भएकोले पुरानो व्यवस्था खारेज गरिएको छ
19
किनभने मोशाको व्यवस्थाले त केही पनि सिद्ध पार्न सकेन। तर अब त अझ असल आशा हामीलाई दिइएको छ, जसले हामीलाई परमेश्वरको नजिकै पुर्याउँछ।
20
अरूलाई चाहिँ परमेश्वरले शपथ खाएर पूजाहारी बनाउनुभएको थिएन, तर उहाँलाई शपथ खाएर पूजाहारी बनाउनुभएको हो।
21
तर येशूलाई भने उहाँले शपथ खाएरै पूजाहारी बनाउनुभयो, जसरी धर्मशास्त्रमा लेखिएको छ, “परमप्रभुले शपथ खाएर भन्नुभएको छ र उहाँले आफ्नो मन बदल्नुहुन्न। तिमी सधैँको लागि पूजाहारी हुनेछौ।”
22
यही शपथले नै येशूलाई उत्तम करारको जमानत बनाउँदछ।
23
अर्को भिन्नता के थियो भने ती अरू पूजाहारीहरूको सङ्ख्या धेरै भएको थियो, कारण तिनीहरू मरेर जानुपरेकोले आफ्नो सेवा सधैँभरि गर्न सकेनन्।
24
तर येशू भने सधैँ बाँचिरहनुहुन्छ, उहाँ सधैँभरिका लागि पूजाहारी हुनुहुन्छ।
25
यसैकारण येशूमा विश्वास गरेर परमेश्वरकहाँ आउनेहरूलाई उहाँले अहिले र सधैँभरिका लागि बचाउन सक्नुहुन्छ किनभने तिनीहरूका लागि परमेश्वरसँग प्रार्थना गर्न उहाँ सधैँभरि रहनुहुन्छ।
26
हामीलाई चाहिएको प्रधान पूजाहारी पनि यस्तै नै हो। उहाँ पवित्र, निर्दोष, शुद्ध हुनुहुन्छ र परमेश्वरले उहाँलाई पापी मानिसहरूबाट छुटाएर सबैभन्दा माथि स्वर्गमा बसाल्नुभयो।
27
अरू प्रधान पूजाहारीहरूले गरेजस्तै उहाँले आफ्नो र अरूको पापलाई मेट्न दिनदिनै बलि चढाइरहनुपर्दैन किनभने उहाँले सधैँभरि पुग्ने गरी एकै चोटि आफैंलाई बलि चढाउनुभयो।
28
व्यवस्थाले कमजोर मानिसलाई प्रधान पूजाहारीहरू हुन नियुक्त गर्यो, तर व्यवस्थाभन्दा पछि परमेश्वरले शपथ खाएर दिनुभएको प्रतिज्ञाले सधैँको लागि सिद्ध बनाइनुभएको पुत्रलाई नियुक्त गरेको छ।
← Chapter 6
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 8 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13