bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Hebrews 11
Hebrews 11
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 10
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 12 →
1
विश्वास गर्नु भनेको आशा गरेको कुरामा ढुक्क हुनु र नदेखेको कुरामा पक्का भरोसा गर्नु हो।
2
तिनीहरूको विश्वासद्वारा नै उहिलेका मानिसहरूलाई परमेश्वरले मन पराउनुभयो।
3
परमेश्वरकै वचनले संसारको सृष्टि भयो र नदेखिने कुरा देखिने भयो भनी हामी विश्वासले नै बुझ्न सक्छौं।
4
विश्वासको भरमा नै हाबिलले परमेश्वरलाई कयिनले भन्दा राम्रो बलिदान चढाए। विश्वासकै भरमा उनी परमेश्वरका सामु धर्मी ठहरिए र उनले चढाएको बलि परमेश्वरलाई मन पर्यो। हाबिल मरिसकेका भए पनि विश्वासले गर्दा उनले अझै हामीलाई शिक्षा दिन्छन्।
5
विश्वास गरेकोले नै हनोकले मृत्यु चाखेनन् तर उनी परमेश्वरकहाँ उठाई लगिए र कसैले उनलाई भेट्टाएन। धर्मशास्त्रले भन्छ, “उनी विश्वासले नै परमेश्वरका मन पर्दा भएका थिए र उहाँकहाँ लगिए।”
6
विश्वास नगरीकन कसैले पनि परमेश्वरलाई खुसी बनाउन सक्दैन किनभने परमेश्वरकहाँ आउनेहरूमा त विश्वास हुनैपर्दछ। परमेश्वर हुनुहुन्छ र उहाँको खोजी गर्नेहरूलाई उहाँले इनाम दिनुहुन्छ भनेर विश्वास गर्नुपर्दछ।
7
विश्वास गरेर नै नोआले परमेश्वरको चेतावनीलाई सुने। देख्दै नदेखिएको तर पछि हुने कुराको बारेमा परमेश्वरले उनलाई भन्नुभएको थियो। उनले परमेश्वरले अह्राउनुभएको कुरालाई मानेर एउटा ठूलो काठको जहाज बनाए अनि त्यसमा पसेर आफ्ना परिवारलाई बचाए। यसरी विश्वास गरेर उनले संसारको भुल देखाइदिए। आफूचाहिँ परमेश्वरका धर्मी जन ठहरिए।
8
विश्वास गरेर नै अब्राहामले परमेश्वरले भन्नुभएको माने। परमेश्वरले उनलाई बोलाएर आफूले प्रतिज्ञा गर्नुभएको देशमा जानू भनेर अह्राउनुभयो। कहाँ जाने थाहै नभई उनी आफ्नो देश छोडेर हिंडे।
9
विश्वासकै भरमा परमेश्वरले उनलाई प्रतिज्ञा गर्नुभएको बिरानो देशमा अब्राहाम गए अनि परदेशीझैँ पाल टाँगेर बसे। त्यसै गरी परमेश्वरले इसहाक र इसहाकका छोरा याकूबलाई पनि प्रतिज्ञा गर्नुभयो र उनीहरू पनि त्यसै गरी बसे।
10
अब्राहामले त परमेश्वर आफैंले योजना गरेर सधैँभरि रहने जगमा बनाउनुभएको सहरलाई पो पर्खिरहेका थिए।
11
विश्वासकै भरमा अब्राहाम धेरै बुढो भएर पनि बुबा बन्न सके। सारा पनि सन्तान हुनै नसक्ने गरी बुढी भइसकेकी थिइन्। तैपनि अब्राहामले परमेश्वरले आफ्नो प्रतिज्ञा पूरा गर्नुहुन्छ भनेर विश्वास गरे।
12
बुढो भएर मर्न लागेको एक जना मानिसबाट आकाशका ताराझैँ धेरै अनि समुद्रका बालुवाझैँ गन्नै नसकिने गरी सन्तान भए।
13
यी सबै मानिसहरू विश्वास गरेर मरे। परमेश्वरले दिन्छु भनेर प्रतिज्ञा गर्नुभएको कुरा तिनीहरूले पाएनन्। तैपनि परमेश्वरले गर्नुभएको प्रतिज्ञालाई तिनीहरूले टाढैबाट देखे अनि स्वागत गरे। तिनीहरूले आफूलाई यस पृथ्वीमा बाटो हिंड्ने परदेशी र शरणार्थी सम्झे।
14
यसो भन्नेहरूले त आफ्नै एउटा देश खोजिरहेका छन् भनी बुझिन्छ।
15
आफूले छोडेर आएकै पहिलेको देशलाई तिनीहरूले सम्झिरहेनन्। त्यही देशलाई सम्झेका भए त फेरि तिनीहरू त्यहीं जान सक्थे।
16
तर तिनीहरूले त यसभन्दा पनि राम्रो स्वर्गको देशको चाहना गरेका थिए। यसकारण तिनीहरूका परमेश्वर हुँ भन्न पनि परमेश्वर लजाउनुभएन किनभने उहाँले त तिनीहरूलाई दिने सहर तयार पारिदिनुभएको छ।
17
परमेश्वरले अब्राहामको जाँच गर्नुहुँदा विश्वासकै भरमा अब्राहाम आफ्ना छोरा इसहाकलाई बलिदान गर्न तयार भए। परमेश्वरले अब्राहामलाई नै प्रतिज्ञा गर्नुभएको थियो, तर पनि अब्राहाम आफ्नो एउटै छोरालाई बलिदान चढाउन राजी भए।
18
परमेश्वरले उनलाई प्रतिज्ञा गर्नुभएको थियो, “इसहाकबाट नै तेरो वंश बढ्नेछ।”
19
इसहाक मरे पनि परमेश्वरले बिउँताउन सक्नुहुन्छ भनेर अब्राहामले विश्वास गरे अनि साँच्चै एक किसिमले इसहाकलाई मृत्युबाट बिउँतेको जस्तै नै फेरि पाए।
20
विश्वासको भरमा इसहाकले याकूब र एसावलाई पछि हुने कुराका लागि आशीर्वाद दिए।
21
विश्वासकै भरले मर्ने बेलामा याकूबले योसेफका दुई छोराहरूलाई आशीर्वाद दिए अनि लौरोमा अडिएर परमेश्वरलाई भक्ति चढ़ाए।
22
विश्वासकै भरले योसेफले आफू मर्ने बेलामा इस्राएलीहरूले मिश्रदेश छोड्ने विषयमा भनेका थिए। उनले तिनीहरूलाई आफ्नो मृत देहलाई के गर्नुपर्ने हो, त्यो पनि भनेका थिए।
23
विश्वासकै भरमा मोशाका आमा-बुबाले मोशालाई जन्मेको तीन महिनासम्म लुकाइराखे। आफ्नो बालकलाई राम्रो देखेर तिनीहरूले राजाको हुकुमको डरसमेत मानेनन्।
24
विश्वासकै भरमा मोशा ठूलो भएपछि राजाको छोरा हुँ भनी चिनिन मानेनन्।
25
पापमा एक छिनको सुख भोग्नुभन्दा परमेश्वरकै भक्तहरूसँग दु:ख भोग्न उनले मन पराए।
26
मिश्रदेशका सारा सम्पत्तिभन्दा बरु मुक्ति दिने ख्रीष्टको लागि निन्दा सहनु नै उनले ठूलो कुरा सम्झे किनभने उनले त परमेश्वरले दिनुहुने इनामको बाटो हेरिरहेका थिए।
27
विश्वासकै भरमा राजाको रिसको पनि वास्तै नराखेर मोशाले मिश्रदेश छोडेर हिंडे अनि देख्न नसकिने परमेश्वरलाई देखेझैँ गरी उनी पटक्कै पछि फर्केनन्।
28
विश्वासकै भरमा उनले मुक्ति दिवस मनाए, ढोकामा बलिको रगत छर्के। जेठाहरू मार्ने मृत्युदूतले इस्राएलीहरूका जेठाहरूलाई नछोओस् भनी उनले यसो गरेका थिए।
29
विश्वासकै भरमा इस्राएलीहरूले सुख्खा भूइँबाट हिंडेझैँ लाल समुद्रमा हिंड़ेर पार गरे। तर मिश्रदेशका मानिसहरूचाहिँ त्यसै गरी समुद्र तर्न खोज्दा डुबेर मरे।
30
विश्वासकै भरमा इस्राएलीहरू सात दिनसम्म यरीहो सहरको वरिपरि घुम्दा यरीहोका पर्खालहरू पनि भत्किएर लडे।
31
वेश्या भएर पनि राहाबले विश्वासकै भरमा परमेश्वरका कुरा नमान्नेहरूका साथमा मर्नुपरेन किनभने तिनले त्यहाँ सुराक लिन गएका इस्राएलीहरूलाई स्वागत गरेकी थिइन्।
32
यसभन्दा बढी के भनौं? गिदोन, बाराक, शिमशोन, यिप्ता, दाऊद, शमूएल र अगमवक्ताहरूका बारेमा त बताउनै भ्याइँदैन।
33
विश्वासले नै तिनीहरूले सबै देशहरू जिते र न्यायसँग राज्य गरे। परमेश्वरले प्रतिज्ञा गर्नुभएका कुराहरू पनि पाए। विश्वासले नै तिनीहरूले सिंहहरूका मुख थुनिदिए।
34
दन्किरहेको आगोलाई निभाइदिए। तरवारको धारबाट पनि उम्के। तिनीहरू निर्धा थिए तर अब शक्तिशाली भए। लडाइँमा साहससँग लडेर सबै विदेशी शत्रुहरूलाई जिते।
35
विश्वासले नै स्त्रीहरूले आफन्तहरूलाई मरेकोबाट बिउँतेका पाए। अरू कतिले चाहिँ मरेपछि फेरि बिउँतेर अझै राम्रो जीवन पाउन सास्ती सहेर मर्न रुचाए।
36
कतिले गिल्ला सहनुपर्यो, कोर्रा खानुपर्यो अनि अरूले चाहिँ बाँधिएर कैदी हुनुपर्यो।
37
मानिसहरूले तिनीहरूलाई ढुङ्गाले हानेर मारे, आराले चिरे अनि तरवारले काटे। तिनीहरूले गरीब भएर भेडाबाख्राका छाला बेरेर जिउ ढाके अनि थिचोमिचोमा परेर दु:ख पाउँदै हिंड्नुपर्यो।
38
संसार तिनीहरूको लागि लायकको थिएन। तिनीहरूले उजाड-स्थान, पखेरामा भाग्दै हिंड्नुपर्यो, गुफा र ओढारतिर बस्नुपर्यो।
39
विश्वास गरेकोले तिनीहरूको मान भयो। तैपनि परमेश्वरले प्रतिज्ञा गरेका कुरा कसैले पाएका थिएनन्
40
किनभने परमेश्वरले हाम्रा लागि अझ राम्रो कुराको बन्दोबस्त गर्नुभएको थियो। हामीहरूसँगै तिनीहरू पनि सिद्ध होऊन् भन्ने उहाँको इच्छा थियो।
← Chapter 10
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 12 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13