bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Hebrews 9
Hebrews 9
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 8
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 10 →
1
पहिलेको करारमा परमेश्वरको भक्ति गर्ने बारेमा नियमहरू राखिएका थिए। मानिसहरूले नै बनाएको भक्ति गर्ने एउटा पवित्र स्थान पनि थियो।
2
एउटा पवित्र पाल बनाइएको थियो र त्यसको बाहिरपट्टिको भागलाई पवित्र स्थान भनिन्थ्यो। यसमा चाहिँ बत्ती, टेबिल र परमेश्वरलाई चढाइएका रोटीहरू राखिएका थिए।
3
दोस्रो पर्दाको पछाडिपट्टिको ठाउँलाई महापवित्र स्थान भनिन्थ्यो।
4
यसमा धूप बाल्ने सुनको वेदी राखिएको थियो। सुनले नै मोहोरेको करारको सन्दुक पनि थियो। त्यस सन्दुकमा सुनको भाँडामा मन्न राखिएको थियो। कोपिला लागेको हारूनको एउटा लौरो र परमेश्वरका करारका आज्ञाहरू लेखिएका दुई ओटा ढुङ्गाका पाटीहरू पनि यसैमा थिए।
5
परमेश्वर नै त्यहाँ हुनुहुन्छ भनेर देखाउन त्यस सन्दुकमाथि चहकिला स्वर्गदूतहरूका पखेटाहरू पाप क्षमा गर्ने ठाउँमाथि फैलिएका थिए। तर अहिलेचाहिँ ती सबै कुरा एक-एक गरेर बताउन सकिंदैन।
6
यसरी सबै कुरा मिलाइएका थिए। बाहिरपट्टिको पवित्र स्थानमा चाहिँ पूजाहारीहरू दिनदिनै पूजा गर्न जाने गर्छन्।
7
भित्रपट्टिको महापवित्र स्थानमा चाहिँ प्रधान पूजाहारी मात्र जान पाउँछन्, त्यो पनि वर्षमा एक पटक मात्र। उनले रगत नलिईकन त्यो महापवित्र स्थानमा पस्न पाउँदैनन्। उनले त्यो रगत आफूले गरेको पापको लागि र मानिसहरूले नजानी गरेका पापको लागि चढाउने गर्छन्।
8
पवित्र पालको बाहिरको पवित्र स्थान नहटाएसम्म भित्रपट्टिको महापवित्र स्थान खुल्ला हुन सक्नेछैन भनेर पवित्र आत्माले यी सबै कुराहरूबाट सिकाउनुहुन्छ।
9
यो त अहिलेको समयलाई देखाउने नमुना मात्र हो। परमेश्वरलाई चढाएका भेटी र बलिले भेटी चढाउने मान्छेको हृदय चोखो बनाउन सक्दैन भनी यसले बुझाउँछ।
10
तिनीहरू खानपान गर्ने र धेरै किसिमका चोखिने दस्तुर मात्र हुन्। परमेश्वरबाट एउटा नयाँ व्यवस्था नआउनञ्जेल चलाइने यी बाहिरी दस्तुर मात्र हुन्।
11
तर ख्रीष्ट त यहाँ भएका सबै असल कुराहरूका प्रधान पूजाहारी भएर आइसक्नुभएको छ। उहाँ झन् ठूलो र सिद्ध मन्दिरमा पूजाहारी हुनुहुन्छ। यो मानिसले बनाएको मन्दिर होइन र सृष्टि गरिएको यस संसारको कुरो पनि होइन।
12
उहाँ सोझै यस मन्दिरको महापवित्र ठाउँमा सधैँको निम्ति एकैपल्ट पस्नुभयो। उहाँले बोका र साँढेको बलि चढाएको रगत लिएर पस्नुभएन। तर आफ्नै बलि चढाएको रगत लिएर पस्नुभयो र हामीलाई सधैँभरि रहने मुक्ति दिनुभयो।
13
बोका वा साँढेको रगत र होमेको कोरेली बाछोको खरानी अशुद्ध मानिसहरूमाथि छर्केर तिनीहरूलाई बाहिरी रूपले शुद्ध पारिन्छ।
14
तर ख्रीष्टको रगतमा हामीलाई शुद्ध तुल्याउने अझ ठूलो शक्ति छ। सधैँभरि रहिरहनुहुने परमेश्वरका आत्माद्वारा उहाँले सिद्ध बलि भएर आफैंलाई परमेश्वरकहाँ चढाउनुभयो। त्यसो हो भने हामीले जीवित परमेश्वरको सेवा गर्न सकौं भनी व्यर्थैका विधिबाट हाम्रा विवेकलाई ख्रीष्टको रगतले झन् कति ज्यादा गरी शुद्ध पार्न सक्छ।
15
परमेश्वरले प्रतिज्ञा गर्नुभएको सधैँभरि रहिरहने आशिष्हरू उहाँद्वारा बोलाइएकाहरूले पाऊन् भनेर नै यो नयाँ करार मिलाउनुहुने ख्रीष्ट हुनुहुन्छ। पहिलो करारको बेलामा मानिसहरूले गरेका अपराधबाट अब छुटकारा पाइन्छ किनभने यही कामको लागि उहाँ मरिसक्नुभएको छ।
16
मानिसले ल्याइआएको इच्छा-पत्रको नियमलाई हेर्यौं भने इच्छा-पत्रलाई पक्का गर्न त्यो लेख्ने मानिस मरिसकेको छ भनेर पहिला देखाउनुपर्छ।
17
इच्छा-पत्र लेख्ने मानिस बाँचुञ्जेल यस इच्छा-पत्रलाई काममा ल्याउन सकिंदैन। इच्छा-पत्र लेख्नेको मृत्यु भएपछि मात्र यो काममा ल्याउन सकिन्छ।
18
त्यसैले पहिले बाँधिएको पुरानो करार पनि रगतले नै पक्का गरिएको थियो।
19
मोशाले व्यवस्थामा लेखिएका सबै आज्ञाहरू मानिसहरूलाई सुनाएपछि पानीसँग बोका र साँढेको रगत मिसाएर हिसपको बोट र रातो ऊन लिएर सबै मानिस र धर्मशास्त्रका पुस्तकमाथि यसो भन्दै छर्के,
20
“तिमीहरूले पालन गर्न परमेश्वरले बाँध्नुभएको करारलाई पक्का गर्ने रगत यही हो।”
21
यसरी नै मोशाले मन्दिर र पूजाका सबै सामानहरूमाथि रगत छर्के।
22
साँच्चै व्यवस्थाले भनेझैँ बलि चढाएको रगतले सबै थोकलाई शुद्ध पार्छ र रगत नबगाईकन पाप मेटिंदैन।
23
स्वर्गका नकल गरिएका ती चीजहरूलाई यसरी चोख्याउनैपर्थ्यो। तर स्वर्गकै चीजहरूलाई अझै राम्रो बलिदानको खाँचो थियो।
24
ख्रीष्ट त मानिसले बनाएको महापवित्र स्थानभित्र जानुभएन, जुनचाहिँ खास कुराको नकल मात्र थियो। उहाँ त सकली ठाउँ स्वर्गमा जानुभयो। उहाँ अहिले हाम्रा लागि परमेश्वरको सामु त्यहाँ हाजिर हुनुहुन्छ।
25
इस्राएलीहरूका प्रधान पूजाहारी त आफ्नो होइन तर पशु बलिको रगत लिएर वर्षेनी महापवित्र स्थानभित्र पस्छन्। तर ख्रीष्ट त घरीघरी आफैं बलिदान हुन जानुभएन।
26
यदि सधैँ जानुपर्ने भए संसार सृष्टि भएदेखि उहाँले घरीघरी दु:ख भोग्नुपर्ने थियो। तर यी आखिरी दिनहरूमा ख्रीष्ट सधैँको लागि एकैपल्ट आउनुभयो र पापलाई हटाउन आफैंलाई बलिदान गर्नुभयो।
27
मानिस एकपल्ट मर्छ र मरेपछि परमेश्वरद्वारा उसको न्याय हुन्छ।
28
त्यसरी नै धेरै जनाको पाप मेट्न ख्रीष्टको पनि एकपल्ट बलिदान भयो। उहाँ दोस्रो पटक पनि आउनुहुन्छ। त्यस पटक त उहाँ पाप मेट्न होइन तर उहाँको बाटो हेरेर बस्नेहरूलाई बचाउन आउनुहुनेछ।
← Chapter 8
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 10 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13