bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Hebrews 8
Hebrews 8
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 7
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 9 →
1
हामीले भनेका मुख्य कुरा पनि यिनै हुन्, हाम्रा यस्ता प्रधान पूजाहारी हुनुहुन्छ, जो स्वर्गमा परमेश्वरको सिंहासनको दाहिनेपट्टि बस्नुभएको छ।
2
उहाँले महापवित्र स्थानमा प्रधान पूजाहारी भएर सेवा गर्नुहुन्छ। यो महापवित्र स्थानचाहिँ मानिसले होइन तर परमेश्वरले टाँग्नुभएको साँचो पाल हो।
3
सबै प्रधान पूजाहारीहरू परमेश्वरलाई दिएको भेटी र पशुबलि चढाउन खटिएका हुन्छन्। यसकारण हाम्रो प्रधान पूजाहारीले पनि केही कुरा त चढाउनैपर्यो।
4
उहाँ यस पृथ्वीमा नै हुनुभएको भए पूजाहारी बन्नुहुने थिएन किनभने व्यवस्थाले भनेझैँ भेटी चढाउने पूजाहारीहरू त यहाँ अघिदेखि नै छँदैछन्।
5
तिनीहरूले गर्ने काम स्वर्गमा भएको साँचो कुराको नकल र छायाँ मात्र हो। मोशालाई पनि यस्तै गर्न अह्राइएको थियो, जसले पवित्र पाल बनाउन लाग्दा परमेश्वरले उनलाई यसो भन्नुभएको थियो, “हेर, तँलाई पहाडमा देखाइएको नमुनाजस्तै सबै कुरा बनाउनू।”
6
येशूलाई दिइएको पूजाहारीको काम ती अरू प्रधान पूजाहारीको कामभन्दा अझ ठूलो छ। त्यसरी नै परमेश्वर र उहाँका मानिसहरूबीच येशूले बाँध्नुभएको नयाँ करार पनि पहिले गरिएको पुरानो करारभन्दा ठूलो हो कारण यो करारमा अझ राम्रा कुराहरूको प्रतिज्ञा छ।
7
पहिलो करार अपूरो नहुँदो हो त दोस्रो करार बाँध्नु नै पर्नेथिएन।
8
तर परमेश्वरले आफ्ना मानिसहरूमा दोष भेट्टाउनुभयो अनि भन्नुभयो, “ती दिनहरू आउँदै छन्, परमप्रभु भन्नुहुन्छ, जब म इस्राएल र यहूदाका घरानासँग नयाँ करार बाँध्नेछु।”
9
यो करारचाहिँ तिनीहरूका पिता-पुर्खाहरूसँग मैले बाँधेको करारजस्तो हुनेछैन। त्यस बेला त मैले हातमा समातेर तिनीहरूलाई मिश्रदेशबाट निकालेको थिएँ। तर मैले तिनीहरूसँग बाँधेको करार तिनीहरूले पालन गरेनन्। यसकारण मैले पनि तिनीहरूको वास्तै गरिनँ।
10
प्रभु भन्नुहुन्छ कि अब आउने दिनहरूमा इस्राएलीहरूसँग बाँध्ने नयाँ करार कस्तो हुन्छ भने, म मेरा नियमहरू तिनीहरूका मनमा राखिदिनेछु र तिनीहरूका हृदयमै म ती नियमहरू लेखिदिनेछु, म तिनीहरूका परमेश्वर हुनेछु र तिनीहरूचाहिँ मेरा प्रजा हुनेछन्।
11
त्यस बेला कसैले पनि आफ्ना दाजुभाइ र छिमेकीलाई ‘परमप्रभु चिन’ भनेर सिकाउनुपर्नेछैन किनभने सानादेखि लिएर ठूलासम्म सबैले मलाई चिन्नेछन्।
12
तिनीहरूका पाप म क्षमा गरिदिनेछु र तिनीहरूका अपराधहरूको सम्झना म राख्नेछैनँ।
13
नयाँ करार भन्नेबित्तिकै परमेश्वरले पहिले बाँध्नुभएको करारलाई पुरानो ठहर्याउनुभयो। पुरानो भएर खिइँदैगएको कुरा चाँडै नाश पनि भएर जानेछ।
← Chapter 7
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 9 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13