bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Hebrews 12
Hebrews 12
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 11
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 13 →
1
हाम्रो लागि त हाम्रै वरिपरि साक्षीहरूको भीड छ। त्यसकारण हाम्रो बाटोमा आइपर्ने बाधाहरू र हामीलाई अल्झाइराख्ने पापहरूलाई हामी पन्साऔं अनि हाम्रो सामने भएको दौड दृढतासाथ दौडौं।
2
हाम्रो विश्वास सुरु गर्ने र पूरा पनि गर्ने येशूलाई हेरिरहौं। क्रूसको दु:खको कारण उहाँ पछि हट्नुभएन, तर त्यसको साटो दु:ख भोगेपछि पाइने आनन्दको निम्ति उहाँले क्रूसको बेइज्जती पनि केहीजस्तो मान्नुभएन। अहिले उहाँ परमेश्वरको सिंहासनको दाहिनेपट्टि बस्नुभएको छ।
3
पापी मानिसहरूबाट उहाँले यतिका विरोध कसरी सहनुभयो होला, सो विचार गर र तिमीहरू थाकेर हरेस नखाओ।
4
तिमीहरूले पापको विरोधमा लड्नुपर्दा आफ्नो प्राण गुमाउञ्जेल त लड्नुपरेको छैन।
5
परमेश्वरले छोराहरूलाई झैँ तिमीहरूलाई यसरी अर्ती दिएको तिमीहरूले भुल्यौ, “ए छोरा, प्रभुले तिमीलाई तह लाउन खोज्नुहुँदा ध्यान देऊ अनि उहाँले तिमीलाई हप्काउनुहुँदा हरेस नखाऊ
6
किनभने आफूले प्यार गरेकाहरूलाई नै उहाँले तह लाउन चाहनुहुन्छ अनि आफ्नै छोरा सम्झेका जतिलाई उहाँले सजाय पनि दिनुहुन्छ।”
7
बुबाले नै तह लाउन खोजेका हुन् भन्ने सम्झेर तिमीहरू दु:ख सहने गर। परमेश्वरले तिमीहरूलाई आफ्नै छोरा-छोरीलाई झैँ व्यवहार गर्नुहुन्छ भनेर तिमीहरूले सहनुपरेको दु:खले देखाउँछ।
8
उहाँले तिमीहरूलाई आफ्ना छोरा-छोरीलाई झैँ तह लाउनुभएको छैन भने तिमीहरू उहाँका छोरा-छोरी होइनौ, अर्काका छोरा-छोरी हौ।
9
हाम्रा बुबाहरूले हामीलाई तह लाए र यसका लागि हामी उहाँहरूलाई आदर गर्छौं। हामीहरूका आत्मिक पिता परमेश्वरको अधीनमा झन् कति धेरै बस्नुपर्छ।
10
हाम्रा बुबाहरूले उनीहरूलाई ठीक लागेअनुसार हामीहरूलाई थोरै समयको लागि तह लाउँछन्, तर परमेश्वर पिताले सधैँभरिका लागि हाम्रो भलाइ होस् अनि उहाँजस्तै पवित्र हुन सकौं भनेर नै हामीलाई तह लाउनुहुन्छ।
11
हामीलाई तह लगाएको बेला सुखभन्दा धेरै दु:ख हुन्छ। तर यसले हामी तह लाग्नेहरूलाई परमेश्वरको अघि ठीक राख्दछ र शान्त स्वभावको बनाउँछ।
12
यसकारण गलेका हातहरू उठाऔं। काँपिरहेका गोडाहरू बलिया बनाऔं।
13
सोझो बाटोमा हिंडिरहौं र लुला खुट्टा नखुस्कोस्, बरु निको होस्।
14
सबै मानिसहरूसँग मिलेर बस्न अनि पवित्र जीवन बिताउन बल गर किनभने पवित्र नभई कसैले प्रभुलाई देख्न सक्नेछैन।
15
होश राख, कसैले पनि परमेश्वरको अनुग्रह गुमाउनुनपरोस्, मन तीतो पार्ने विषालु झारझैँ उम्रेर दु:ख दिने नबन, नत्र धेरैलाई अशुद्ध पार्नेछौ।
16
कोही पनि छाडा स्वभावको नबन अनि एसावजस्तै परमेश्वरलाई नखोज्ने नहोओ। एसावले त एक छाक खानाको लागि जेठो छोराले पाउने आफ्नो हकलाई नै बेचेको थियो।
17
तिमीहरूलाई थाहा नै छ, पछि उसले आफ्ना बुबाबाट आशीर्वाद पाउन खोज्यो, तर पाएन। उसले आफूले बेचेको हक रोएर फिर्ता लिन खोज्दा पनि फिर्ता पाउन सकेन।
18
तिमीहरू छुन सकिने सीनै पर्वतको छेउमा आएका होइनौ, जहाँ आगाको ज्वाला निस्किरहेथ्यो, कालो बादलले ढाकेर हुरी चलिरहेको र अन्धकार छाइरहेको थियो।
19
तिनीहरूले त फुकेको तुरही र एउटा ठूलो आवाज सुनेका थिए। यस्तो आवाज सुन्दा तिनीहरूले अब फेरि त्यो आवाज कहिल्यै सुन्नुनपरोस् भनेर बिन्ती गरेका थिए
20
किनभने जनावरले पनि यस डाँडालाई छोयो भने ढुङ्गाले हानेर मार्नू भन्ने कडा आज्ञा तिनीहरूले सहन सकेनन्।
21
त्यो दृश्य अति डरलाग्दो थियो। यसैले “म त डरले काम्दै छु,” भनेर मोशा आफैंले पनि भनेका थिए।
22
तर तिमीहरू त सियोन र जिउँदा परमेश्वरको सहर स्वर्गीय यरूशलेममा आएका छौ। हजारौं-हजार स्वर्गदूतहरू रमाउँदै जम्मा भएको ठाउँमा आएका छौ।
23
तिमीहरू परमेश्वरकै जेठो हक पाउनेहरूको मण्डलीमा पुगेका छौ, जसको नाउँ स्वर्गमा पनि लेखिएको छ। तिमीहरू सबै मानिसहरूका न्यायाधीश परमेश्वरकै अदालतमा र असल मानिसका सिद्ध पारिएका आत्माहरू भएको ठाउँमा आइपुगेका छौ।
24
तिमीहरू र परमेश्वरका बीचमा नयाँ करार बाँधिदिनुहुने येशूकहाँ आएका छौ। तिमीहरू हाबिलले चढाएको रगतले भन्दा अझ असल कुरा प्रतिज्ञा गर्ने येशूको रगतमा आएका छौ।
25
होश राख, तिमीहरूसँग बोल्नुहुनेको आवाजलाई इन्कार नगर। यस पृथ्वीका मानिसबाट दिइएको परमेश्वरको चेतावनी इन्कार गर्नेहरू उम्कन सकेनन् भने झन् स्वर्गबाट बोल्नुहुनेलाई इन्कार गर्यौं भने हामीहरूको गति कस्तो होला?
26
सीनै पहाडमा परमेश्वरले बोल्नुहुँदा पृथ्वी नै हल्लिएको थियो। अहिले त उहाँले यसो भनेर प्रतिज्ञा गर्नुभएको छ, “म पृथ्वीलाई मात्र होइन, स्वर्गलाई समेत अझै एक पटक हल्लाउनेछु।”
27
यी “अझै एक पटक” भन्ने शब्दले सृष्टिका कुराहरू नै हल्लाइने र हटाइनेछ भन्ने बुझिन्छ। त्यसो हो भने नहल्लिने कुराहरू मात्र रहनेछन्।
28
यसकारण हल्लाउनै नसकिने राज्य हामीले पाएकोमा परमेश्वरलाई धन्यवाद चढाऔं अनि उहाँलाई मन पर्ने किसिमले भक्ति र आदरसँग उहाँको आराधना गरौं
29
किनभने साँच्चै हाम्रा परमेश्वर त भस्म गर्ने आगो हुनुहुन्छ।
← Chapter 11
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 13 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13