bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Hebrews 5
Hebrews 5
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 6 →
1
कुनै पनि प्रधान पूजाहारी मानिसहरूबाटै छानिन्छन्, मानिसका तर्फबाट परमेश्वरकहाँ पापबलि र अरू थोक चढाउन खटिएका हुन्छन्।
2
उनले अन्जान र बाटो बिराउनेहरूलाई नम्र भएर सम्झाउन सक्छन् किनभने उनी आफैं पनि कमजोर मानिस हुन्।
3
त्यसैले अरू मान्छेहरूका लागि चोख्याउने पापबलि चढाउँदा उनले आफ्नै पाप चोख्याउने बलि पनि चढाउनुपर्छ।
4
कोही पनि आफैं प्रधान पूजाहारी हुने मान खोज्दैन, तर परमेश्वरले खटाएर मात्र हुन्छ। हारूनलाई परमेश्वरले नै प्रधान पूजाहारी खटाउनुभएको थियो।
5
यसरी नै ख्रीष्टले पनि प्रधान पूजाहारी हुने मान आफैंले लिनुभएन। तर परमेश्वरले भन्नुभयो, “तिमी मेरा पुत्र हौ, आज म तिम्रा पिता भएको छु।”
6
अनि अर्को ठाउँमा परमेश्वर भन्नुहुन्छ, “तिमी मल्कीसेदेकजस्तै सधैँभरि रहिरहने पूजाहारी हौ।”
7
येशू आफ्नो शारीरिक जीवनमा हुनुहुँदा आफूलाई मरेकोबाट बचाउन सक्नुहुनेसँग रुँदै आँसु बगाएर बिन्ती र प्रार्थना चढाउनुभयो। उहाँको नम्रता र भक्तिले गर्दा नै परमेश्वरले उहाँको प्रार्थना सुन्नुभयो।
8
परमेश्वरकै पुत्र भएर पनि आफूले भोगेको दु:ख-कष्टबाट उहाँले परमेश्वरको आज्ञा मान्न सिक्नुभयो।
9
उहाँ पूरा सिद्ध हुनुभएपछि उहाँलाई मान्ने मान्छेहरूका निम्ति उहाँ अनन्त मुक्तिको मूल हुनुभयो।
10
अनि परमेश्वरले नै उहाँलाई मल्कीसेदेकको जस्तै प्रधान पूजाहारीको दर्जा दिनुभयो।
11
यस बारेमा भन्नुपर्ने कुरा धेरै छन्। तर तिमीहरू अबुझ हुनाले बुझाउनै गाह्रो छ।
12
अहिलेसम्म त तिमीहरू अरूलाई सिकाउने भइसक्नुपर्थ्यो, तर अझै परमेश्वरको शिक्षाको बारेमा प्राथमिक कुरा पनि थाहा नभएर अरू कसैले सिकाउनुपर्लाजस्तो छ। अलिक खँदिलो खानेकुराको सट्टा अझै तिमीहरू आमाको दूध चुस्ने बालकजस्तै छौ।
13
आमाको दूध मात्र चुस्छ भने त त्यो अझै बालकै छ। असल र खराबको ज्ञान त्यसले पाएको छैन।
14
तर खँदिलो खानेकुराचाहिँ हुर्किसकेको मान्छेको लागि हो। उसले त असल र खराब कुरा छुट्टयाउन सक्ने तालिम पाइसकेको हुन्छ।
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 6 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13