bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Proverbs 1
Proverbs 1
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 2 →
1
दाऊदका छोरा इस्राएलका राजा सोलोमनका उखानहरू:
2
बुद्धि र शिक्षाका कुरा चिन्न र गहिरो अर्थ भएका उक्तिहरू बुझ्न सिकाउने उखानहरू यहाँ छन्।
3
उखानहरूले जीवनमा कसरी बुद्धिमानीसित चल्ने र इमानदार, न्यायी र सोझो हुने भनी सिकाउँछन्।
4
अनजान मानिसलाई चतुर र जवान व्यक्तिलाई समझदार बनाउँछन्।
5
यी उखानहरूले ज्ञानी मानिसहरूको ज्ञान भण्डार बढाउँछन् र पढे-लेखेकाहरूलाई बाटो देखाउँछन्।
6
त्यसरी तिनीहरूले उखानभित्रका गहिरो अर्थ र बुद्धिमान् मानिसहरूका अड्को बुझ्न सक्नेछन्।
7
ज्ञान प्राप्त गर्न पहिले परमप्रभुको भय राख्नुपर्छ। मूर्खहरूले बुद्धिको कदर गर्दैनन् र शिक्षा लिने मन गर्दैनन्।
8
ए मेरो छोरो, तेरा आमा-बुबाले भनेका कुरा ध्यान दिएर सुन्
9
किनभने ती कुराले तेरा चालचलन त्यसरी नै असल बनाउनेछ, जसरी सुन्दर फेटा वा गलाको हारले तँ सुहाउँदो देखिन्छस्।
10
ए मेरो छोरो, पापीहरूले तँलाई फकाई-फुस्लाई गर्दा तँ तिनीहरूसित नलाग्।
11
तिनीहरूले यसो भन्लान्, “जाऔं, गएर कसैको हत्या गरौं! कोही निर्दोष मानिसहरूमाथि आक्रमण गरौं!
12
हामीले तिनीहरूलाई जिउँदा र असल-कुशल भेट्टाउँला तर हाम्रो काम सिद्धिंदा तिनीहरू मरिसकेका हुनेछन्!
13
हरेक किसिमका धन-सम्पत्ति हामीले फेला पार्नेछौं र लुटेका मालले हाम्रा घरहरू भरिनेछन्!
14
आओ, हाम्रो साथ देओ र लुटेका माल हामी आपसमा बाँडौंला।”
15
ए मेरो छोरो, त्यस्ता मानिसहरूसित नलाग्। तिनीहरूदेखि टाढै बस्।
16
दुष्कर्म गर्न तिनीहरू ढीलो हुँदैनन्, हत्या गर्न तिनीहरू सधैँ तयार रहँदछन्।
17
आफूले पक्रन दाउ गरेको चराले देख्दा-देख्दै जाल बिछ्याउनु व्यर्थ छ,
18
तर त्यस्ता मानिसहरूले आफ्नै निम्ति जाल बिछ्याउँदछन्, जालमा परेर तिनीहरू आफैं मर्छन्।
19
चोरीले सधैँ चोर्नेको ज्यान लिंन्छ। हिँसा गरेर कमाइ गर्ने मानिसको अन्त पनि त्यस्तै हुनेछ।
20
सुन्! बाटो-बाटो र बजारका चोकहरूमा बुद्धिले बोलाइरहेको छ,
21
सहरका ढोकाहरू र मानिसहरू भेला हुने ठाउँहरूमा त्यसले सोर उचालेर यसो भन्दछ—
22
“हे मूर्खहरू हो! कहिलेसम्म तिमीहरू मूर्ख भइरहन चाहन्छौ? कहिलेसम्म बुद्धिलाई तुच्छ ठानी सन्तोष मान्ने? के ज्ञानका कुरा कहिल्यै नसिक्ने?
23
तिमीहरूले मेरो हप्कीको कुरा सुन। म तिमीहरूलाई असल अर्ती दिनेछु र मेरो ज्ञान तिमीहरूसँग बाँड्नेछु।
24
मैले तिमीहरूलाई बोलाइरहेको छु, आओ भनी निम्तो दिइरहेको छु तर तिमीहरूले मेरो कुरा सुन्दैनौ। तिमीहरूले मतिर ध्यानै दिएनौ।
25
तिमीहरूले मेरो सल्लाह सुनेनौ र तिमीहरूलाई सुधार्ने मौका मलाई दिएनौ।
26
जब तिमीहरू कष्टमा पर्नेछौ, म तिमीहरूमाथि हाँस्नेछु, डरलाग्दा विपत्तिहरू आइलाग्दा म तिमीहरूलाई खिसी गर्नेछु–
27
विपत्ति तिमीहरूमाथि आँधीझैँ आउनेछ, दु:खको डरलाग्दो हुरी चल्नेछ र तिमीहरू कष्ट र पीडामापर्नेछौ। त्यस बेला म तिमीहरूलाई खिसी गर्नेछु।
28
त्यस बेला तिमीहरूले बुद्धिलाई पुकार्नेछौ तर म जवाफ दिनेछैनँ। सबै ठाउँहरूमा तिमीहरूले मलाई खोज्नेछौ तर मलाई भेट्टाउनेछैनौ।
29
तिमीहरूले सधैँ बुद्धिको तिरस्कार गरेका छौ र परमप्रभुको आज्ञा मान्न इन्कार गरेका छौ।
30
तिमीहरूले कहिल्यै मेरो सल्लाह लिएनौ अथवा मैले चेतावनी दिँदा ध्यान दिएनौ।
31
यसकारण तिमीहरूले खोजेका भेट्टाउनेछौ र आफ्नै कर्मले दु:खी हुनेछौ।
32
तर अन्जान व्यक्तिहरू बुद्धिको तिरस्कार गरेका हुनाले मरेर जानेछन्, मूर्ख व्यक्तिहरू आफ्नै बेवास्ताले गर्दा नाश हुनेछन्।
33
तर जसले मेरो कुरा सुन्छ, त्यसले सुरक्षा पाउनेछ। त्यो कुशलसाथ रहनेछ र त्यसलाई डरको कुनै कारण हुनेछैन।”
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 2 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31