bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Proverbs 31
Proverbs 31
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 30
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
1
लमूएल राजालाई तिनकी आमाले सिकाएका अर्तीका वचनहरू यी हुन्:
2
“तँ मेरो प्रिय छोरो, मेरो प्रार्थनाको जवाफ! म तँलाई के भनूँ?
3
तेरा सारा बल स्त्रीहरूमाथि खर्च नगर्, तिनीहरूले राजाहरूलाई नाश पारेका छन्।
4
हे लमूएल, सुन्! राजाहरूले मद्य पिउनुहुन्न, त्यसको तल-तल राख्नुहुन्न।
5
तिनीहरूले मद्य पिए भने नियम-कानुन भुल्छन् र दु:खीहरूको हकको वास्ता गर्दैनन्।
6
मद्य जीवनको आशा नभएका, दु:ख र पीरमा परेकाहरूका लागि हो।
7
तिनीहरूले पिएर आफ्ना गरीबी र दु:ख भुल्छन्।
8
“बोल्न नसक्नेहरूका निम्ति तैँले बोलिदे, सबै असहायहरूको हकको रक्षा गर्।
9
तिनीहरूको पक्षमा बोलिदे र ठीक न्याय गर्। दरिद्र र कङ्गालीहरूको हकको रक्षा गर्।”
10
योग्य स्वास्नी पाउनु कति गाह्रो छ! उसको मोल हीरा-मोतीको भन्दा धेरै हुन्छ!
11
लोग्नेचाहिँले उसमाथि भरोसा गर्छ, उसको लोग्ने कहिले गरीब हुँदैन।
12
जीवनभरि उसले लोग्नेको भलाइ गर्छे र कहिल्यै केही खति गर्दिन।
13
ऊनी र सुती कपडा बनाउन ऊ व्यस्त रहन्छे।
14
व्यापारीका जहाजले झैँ उसले टाढाबाट घरमा खानेकुरा ल्याउँछे।
15
आफ्नो परिवारको निम्ति भोजन तयार गर्न र चाकर्नीहरूलाई काम खटाउन घाम झुल्कनुभन्दा अघि ओछ्यानबाट उठ्छे।
16
उसले जमिन हेरेर किन्छे, आफूले कमाएको धनले उसले दाखबारी लाउँछे।
17
ऊ परिश्रमी, बलियो र उद्योगी हुन्छे।
18
आफूले बनाएको हरेक चीजको मूल्य उसले बुझ्छे, राती धेरै बेरसम्म उसले काम गर्छे।
19
ऊ आफैंले धागो कात्छे र आफ्नो कपडा बुन्छे।
20
गरीब र कङ्गालीहरूलाई उसले मुट्ठी खोलेर दिन्छे।
21
हिउँ पर्दा उसले चिन्ता गर्दिन किनभने उसका परिवारका सबैको निम्ति गरम कपडा हुन्छ।
22
उसले पलङ्गको तन्ना बनाउँछे र मिहिन, बैजनी रङ्गका सुती कपडाको वस्त्र लाउँछे।
23
उसका लोग्नेलाई सहरको एउटा मुख्य व्यक्ति हुन् भनी सबैले चिन्छन्।
24
उसले सुती लुगा र पटुका बनाएर व्यापारीहरूलाई बेच्छे।
25
ऊसित बल र इज्जत छ, भोलिको निम्ति उसले चिन्ता गर्दिन।
26
उसको बोली बुद्धिले भरिएको हुन्छ र असल शिक्षा उसको ओठमा हुन्छ।
27
ऊ सधैँ व्यस्त र काम गरिरहेकी हुन्छे र आफ्ना परिवारलाई चाहिने कुराहरूको जोहो गर्छे।
28
उसका छोरा-छोरीहरूले उसको गुण मान्छन् र उसका लोग्नेले उसको प्रशंसा गर्छन्।
29
लोग्नेचाहिँले यसो भन्छन्, “धेरै स्त्रीहरू असल स्वास्नीहरू हुन्छन् तर तिमीचाहिँ सबैभन्दा असल छ्यौ।”
30
सौन्दर्य छली हुन्छ र सुन्दरता ओइलिजाने हुन्छ तर परमप्रभुलाई आदर गर्ने स्त्री प्रशंसाको योग्य हुन्छे।
31
तिनको सबै मिहेनेतको लागि तिनलाई सम्मान देऊ। तिनले सबैबाट आदर पाउन सुहाउँछ।
← Chapter 30
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31