bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Proverbs 24
Proverbs 24
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 23
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 25 →
1
दुष्टहरूको ईर्ष्या नगर, तिनीहरूसित मित्रता पनि नगर।
2
तिनीहरूले झगडा लाउने कुरा मात्र सोच्छन्। तिनीहरूले मुख बायो कि कसैको खति भइहाल्छ।
3
बुद्धि र समझशक्तिको जगमा घर बनाइन्छ।
4
ज्ञान भएको घरमा बहुमूल्य र सुन्दर कुराहरूले कोठाहरू सजाइएका हुन्छन्।
5
शक्तिशाली हुनुभन्दा बुद्धिमान् हुनु धेरै असल हो। हो, ज्ञान बलभन्दा धेरै उत्तम हो।
6
लडाइँ गर्नुभन्दा अघि होशियारीसित सल्लाह लिनुपर्छ र जति धेरै उचित सरसल्लाह लियो उति धेरै विजयी हुने आशा हुन्छ।
7
बुद्धिका कुराहरू गहिरा हुन्छन् र मूर्खले बुझ्न सक्दैन। ठूला-ठूला कुरामा बहस चल्दा त्यसको भन्ने कुरा केही हुँदैन।
8
सधैँ दुष्ट्याइँ गर्ने युक्ति गरे कचिङ्गल लाउने भनी नाम पाउनेछौ।
9
मूर्खले सोचेको हरेक योजनामा पाप हुन्छ। अर्काको गिल्ला मात्र गर्ने मानिसलाई सबैले घृणा गर्छन्।
10
सङ्कष्टको समयमा कमजोर व्यक्ति सधैँ कमजोर हुन्छ।
11
कुनै मानिस अन्यायमा मारिंदै छ भने त्यसलाई छुटाउन आल-टाल नगर।
12
यो मेरो काम होइन भनी भनौला तर परमेश्वरले तिम्रो मन जान्नुहुन्छ र त्यसको जाँच गर्नुहुन्छ। तिम्रो रक्षा गर्नुहुनेले जान्नुहुन्न र? तिम्रो कामअनुसार उहाँले तिमीलाई इनाम दिनुहुनेछ।
13
ए छोरा, मह खाने गर्, त्यो असल कुरा हो। जसरी चाकाको मह जिब्रोलाई मीठो लाग्छ,
14
त्यसरी नै बुद्धि प्राणको निम्ति असल हो। बुद्धि प्राप्त गर् र तेरो भविष्य उज्यालो हुनेछ।
15
इमानदार मानिसलाई वा उसको घरलाई लुट्ने युक्ति गर्ने दुष्टजस्तो नहो।
16
इमानदार मानिस जतिपल्ट लड्छ, उतिपल्ट ऊ खडा हुन्छ तर विपत्तिले दुष्टलाई विनाश गर्छ।
17
शत्रुहरूमाथि विपत्ति आइलाग्दा हर्षित नहोऊ, तिनीहरू लड्दा रमाहट नगर्।
18
परमप्रभुले तँ खुसी भएको थाहा पाउनुहुनेछ र त्यो उहाँले मन पराउनुहुन्न। अनि तिनीहरूलाई दण्ड दिनुहुनेछैन।
19
दुष्ट मानिसहरूका कारणले चिन्ता नगर, तिनीहरूको ईर्ष्या नगर्।
20
दुष्टको भविष्य अँध्यारो हुन्छ त्यसको केही आशा हुँदैन।
21
ए मेरो छोरो, परमप्रभुको भय मान् र राजाको आदर गर्। ईश्वरद्रोही र राजद्रोहीहरूसित केही सम्बन्ध नराख्।
22
त्यस्ता विद्रोहीहरू एकै छिनमा नाश हुन्छन्। परमेश्वर वा राजाले कस्तो किसिमको विनाश ल्याउनुहुन्छ, कसले जान्दछ र?
23
बुद्धिमान् मानिसहरूले यी बुद्धिका कुराहरू पनि भनेका छन्— न्यायाधीशले न्याय गर्दा पक्षपात गर्नु ठीक होइन।
24
उसले कुनै अपराधीलाई निर्दोष छ भन्ने फैसला दियो भने सबैले उसलाई सराप्नेछन् र घृणा गर्नेछन्।
25
दोषीलाई सजायँ दिने न्यायाधीशको फलिफाप र सुनाम हुन्छ।
26
सोझो जवाफ मित्रताको चिनो हो।
27
पहिले खेतबारी तयार गर र आफ्नो जीविकाको मेलो पक्का गर र त्यसपछि मात्र घर बनाऊ।
28
असल कारणबिना कसैका विरुद्धमा गवाही नदेऊ अथवा उसको बारेमा झूटो केही नभन।
29
बदला लिने विचारले यसो नभन, “मलाई त्यसले गरेझैँ म त्यसलाई गर्नेछु! म त्यसलाई साटो फेर्नेछु!”
30
अल्छी र मूर्ख मानिसका खेत र दाखबारीबाट भएर म गएँ।
31
ती काँडाघारी र बेकामका झार-पातले भरिएका थिए। चारैपट्टिका ढुङ्गाका पर्खाल भत्किसकेका थिए।
32
त्यो देखेर मैले सोचें र एउटा पाठ सिकें।
33
अलिबेर आँखा चिम्लेर सुत्, हात बाँधेर आराम गर्,
34
तर सुतिरहेको बेला डाँकाझैँ दरिद्रता तँमाथि आइलाग्नेछ।
← Chapter 23
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 25 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31