bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Proverbs 12
Proverbs 12
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 11
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 13 →
1
जसले ज्ञानलाई प्रेम गर्दछ, त्यसले आफ्ना दोष देखाइदिएको स्वीकार गर्दछ। भुल सुधार मन नपराउने मानिस मूर्ख हो।
2
असल मानिसहरूसित परमप्रभु प्रसन्न हुनुहुन्छ तर दुष्ट युक्ति गर्नेहरूलाई उहाँले दोषी ठहराउनुहुन्छ।
3
दुष्ट्याइँमा सुरक्षा छैन। तर धर्मीहरू दरिला भई खडा रहन्छन्।
4
असल स्वास्नी उसको लोग्नेको गर्व र आनन्द हो तर लोग्नेलाई लाज पार्ने स्वास्नी उसको कुहेको हाडजस्तो हो।
5
इमानदार मानिसहरूले न्यायपूर्ण व्यवहार गर्छन् तर दुष्टहरूले छल्न चाहन्छन्।
6
दुष्टहरूको बोली प्राणघातक हुन्छ। तर धर्मीको बोलीले उनीहरूको उद्धार गर्दछ।
7
दुष्टहरू नाश भएर जान्छन्, तिनीहरूको सन्तानसमेत रहँदैन तर धर्मीहरूको परिवार बाँचिरहन्छ।
8
तिमी समझदार छौ भने प्रशंसा पाउनेछौ तर मूर्ख छौ भने मानिसहरूले तुच्छ ठान्नेछन्।
9
आफूलाई उच्च देखाएर भोकभोकै बस्नुभन्दा सरल भई साधारण जीविकाको मेलो गर्नु असल हो।
10
धर्मी मानिसले आफ्ना पशुहरूको हिफाजत गर्छ तर दुष्टहरू आफ्ना पशुहरूप्रति निष्ठुर हुन्छन्।
11
मेहनत गर्ने किसानसित प्रशस्त खानेकुरा हुन्छ तर व्यर्थका काममा समय फाल्नु मूर्खता हो।
12
दुष्टहरू दुष्ट्याइँ गर्न खोजिहिँड्छन् तर धर्मीहरू दरिला भई खडा रहन्छन्।
13
दुष्ट मानिसलाई उसकै वचनले पासोमा फसाउँछ तर इमानदार मानिस दु:ख-कष्टबाट बाँच्दछ।
14
तिम्रा वचन र कामअनुसार तिमीले इनाम पाउनेछौ। तिमी जे पाउन योग्य छौ, त्यही पाउनेछौ।
15
मूर्खहरूले सधैँ आफैंलाई ठीक छौं भनी सम्झन्छन्। बुद्धिमान्हरूले सल्लाहका कुरा सुन्छन्।
16
मूर्ख रिसाउँदा त्यसले झट्टै आफ्नो रिस पोखाउँदछ। समझदार मानिसहरूले अपमान भएकोमा ध्यान दिँदैनन्।
17
सत्य वचन बोल्दा न्यायको जगेरा हुन्छ, झूटो वचनले अन्याय ल्याउँदछ।
18
नसोची बोलेका शब्दले तरवारले झैँ गहिरो चोट लाउन सक्दछ तर बुद्धिमानीसित बोलेका वचनले चोट निको पार्दछ।
19
झूटो थोरै समयको निम्ति मात्र हो तर सत्य सदा रहिरहन्छ,
20
दुष्ट उपाय निकाल्नेहरू आफूले नचिताएअनुसार धोकामा पर्नेछन् तर जसले भलाइ गर्छन्, तिनीहरू रमाउनेछन्।
21
धर्मी मानिसलाई केही खराबी हुँदैन तर दुष्टमाथि दु:खै-दु:ख मात्र हुन्छ।
22
झूटो बोल्नेहरूलाई परमप्रभुले घृणा गर्नुहुन्छ तर आफ्ना वचन पूरा गर्नेसित उहाँ खुसी हुनुहुन्छ।
23
समझदार मानिसहरूले आफूले जानेका कुरा प्रकट गरिहिँड्दैनन् तर मूर्खहरूले आफ्नो मूर्खता प्रचार गर्छन्।
24
कठोर परिश्रमले शक्ति दिँदछ तर अल्छी बन्नाले कमारो होइन्छ।
25
चिन्ताले तिम्रो आनन्द लुट्छ तर दयालु वचनले हर्षित तुल्याउँदछ।
26
धर्मी मानिस आफ्ना साथीको असल अगुवा हुँन्छ तर दुष्टको बाटोले नजानुपर्ने दिशातिर लैजान्छ।
27
अल्छीले चिताएको पुग्दैन तर मेहनतीले धेरै धन कमाउँछ।
28
धार्मिकता नै जीवनको बाटो हो, दुष्ट्याइँचाहिँ मृत्युको बाटो हो।
← Chapter 11
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 13 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31