bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Proverbs 25
Proverbs 25
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 24
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 26 →
1
सोलोमनका अरू उखानहरू यी नै हुन्। हिजकिया यहूदाको राजाका दरबारियाहरूले ती सारिराखेका थिए।
2
परमेश्वरको सम्मान् उहाँले गुप्तमा राख्नुभएको रहस्यमा छ तर राजाको सम्मान् ती निकाली तिनको अर्थ खोल्नुमा छ।
3
आकाशको उचाइ वा महासागरको गहिराइ नजाने जस्तै राजाका सोचाइ कसैले जान्दैन।
4
चाँदीबाट खार निकाल र शिल्पकारले त्यसबाट सुन्दर चीज बनाउन सक्छ।
5
दुष्ट सल्लाहकारहरूलाई राजाका छेउबाट अलग राख, तब उनको राज्य न्यायको कारण कायम हुनेछ।
6
राजाको सामुन्ने खडा हुँदा म ठूलो मानिस हुँ भन्ने बहाना गरी उनलाई प्रभाव पार्ने चेष्टा नगर।
7
कुनै ठूला मानिसको सामु आफू बसेको ठाउँबाट तल झारिनुभन्दा बरु यता आएर बस भनी माथि आसनमा निम्त्याइनु असल हो।
8
आफूले देखेको कुरो बताउन अदालततिर चाँडो-चाँडो नदगुर। अर्को गवाहीले झूटो हो भनी प्रमाण दियो भने कसो गर्ने?
9
छिमेकीसित झगडा भयो भने आफ्नै बीचमा छलफल गर र गुप्त कुरा प्रकट नगर।
10
नत्रता तिमीले गुप्त कुरा प्रकट गर्छ भनी सबैले जान्नेछन् र त्यो बदनाम कसै गरी मेटिनेछैन।
11
ठीकसँग बोलिएको वचन चाँदीको पाताका बीचमा सुनका स्याउहरू जडेको जस्तै हो।
12
अनुभवी मानिसले ध्यानसित सुन्ने मानिसलाई दिएको चेतावनी सुनका औँठी वा निखुर सुनले बनेको गहनाभन्दा उत्तम हो।
13
बाली काटेको समय गर्मीमा चिसो पानी पाएजस्तै विश्वासयोग्य दूतले त्यसलाई पठाउने मालिकको आत्मालाई ताजा गराउँछ।
14
प्रतिज्ञा गरेर उपहार नदिने मानिस झरी नल्याउने बादल र हावाजस्तै हो।
15
धैर्यको मीठो बोलीले साह्रै विरोध गर्नेलाई शान्त पार्न सक्छ र शासकलाई पनि मनाउन सकिन्छ।
16
चाहिएभन्दा ज्यादा मह कहिल्यै नखानू, मह धेरै खानाले बान्ता गराउँछ।
17
छिमेकीकहाँ घरीघरी नजाऊ, नत्र त्यसले दिक्क मानेर तिमीलाई घृणा गर्नेछ।
18
झूटो दोष लाउने मानिस तरवार, लाठो वा तीखो काँडझैँ हो।
19
सङ्कष्टको समयमा विश्वास गर्न नसकिने मानिसमाथि भर पर्नु दु:खेको दाँतले चपाउनु वा लङ्गडो खुट्टाले हिँड्नुजस्तै हो।
20
उदास भएको मानिसको सामुन्ने गीत गाउनु जाडोको दिनमा उसको वस्त्र फुकालिदिनु अथवा घाउमा नुन छर्किदिनुजस्तै हो।
21
तिम्रो शत्रु भोको छ भने त्यसलाई खुवाऊ, तिर्खाएको छ भने पिउन पानी देऊ।
22
त्यसो गर्नाले त्यो लाजले भुतुक्क हुनेछ र परमप्रभुले तिमीलाई इनाम दिनुहुनेछ।
23
उत्तरको बतासले झरी ल्याएझैँ बेकम्मा कुराले रिस जगाउँछ।
24
कचकचे स्वास्नीसित एउटै घरमा बस्नुभन्दा त कौसीमा एक्लै बस्नु असल हो।
25
टाढाबाट आएको शुभ समाचार तिर्खाएर घाँटी सुकेको बेला चिसो पानी पिएको जस्तै हो।
26
दुष्टलाई मनमानी गर्न छोडिदिने धर्मी मानिस फोहोर परेको पानी वा विषालु कुवाजस्तै हो।
27
धेरै मह खानु ठीक होइन, आफ्नो प्रशंसा धेरै खोज्नु पनि त्यस्तै हो।
28
आफ्नो रिस थाम्न नसक्ने मानिस पर्खालबिनाको सहरजस्तै असहाय हुन्छ।
← Chapter 24
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 26 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31