bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Proverbs 23
Proverbs 23
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 22
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 24 →
1
ठूला मानिससित भोजमा बस्दा तिमी कसको साथमा छौ, त्यो याद राख।
2
खानमा लोभी छौ भने होशियारसित खाओ।
3
तिनले दिएको मीठा भोजनको लोभ नगर। त्यसमा केही छल हुन सक्छ।
4
धनी बन्नलाई साह्रै नघोटिओ, बुद्धिमानी भई त्यसो गर्न छोड।
5
एकछिनमा तिम्रो धन जान सक्छ, चिल उडेझैँ त्यसको पखेटा लाग्न सक्छ।
6
कन्जुस मानिसकहाँ भोज खान नजाओ, त्यसले दिएको मीठो भोजनको लोभ नगर।
7
त्यसले “खाऊ, अझ लेऊ त,” भन्छ तर त्यो भनेको मात्र हो, त्यसको अर्थ त अर्कै हुन्छ। त्यसको जस्तो सोच छ, त्यस्तै त्यो कन्जुस हुन्छ।
8
तिमीले खाएको बान्ता हुनेछ र तिम्रो तारिफ खेर जानेछ।
9
मूर्खलाई बुद्धिका कुरा नभन, त्यसले त्यसको कदर गर्न सक्दैन।
10
पुरानो साँध-सिमाना नसार। टुहुरा-टुहुरीहरूका जमिन नमिच।
11
परमप्रभु तिनीहरूका शक्तिशाली रक्षक हुनुहुन्छ र उहाँले तिम्रो विरुद्ध तिनीहरूको मुद्दामा बहस गर्नुहुनेछ।
12
तिम्रा गुरुको अर्तीमा ध्यान देओ र तिनीबाट सकेसम्म ज्ञान लेओ।
13
बालकहरूलाई अनुशासन गर्न आनाकानी नगर। उचित दण्डले तिनीहरू मर्दैनन्।
14
वास्तवमा त्यस्तो अनुशासनले तिनीहरूको प्राणको रक्षा गर्छ।
15
ए छोरो, तँ बुद्धिमान् भए म औधी प्रसन्न हुनेछु।
16
तैँले बुद्धिका कुराहरू गर्दा म गर्व गर्नेछु।
17
पापीहरूको ईर्ष्या नगर तर आफ्नो जीवनमा परमप्रभुलाई आदर दिनु आफ्नो लक्ष बनाओ।
18
त्यसो भए तिम्रो भविष्य उज्यालो हुनेछ।
19
ए मेरो छोरो सुन्, बुद्धिमान् भई मैले आफ्नो जीवन कुन प्रकारले बिताउँदै छु भनी खुब राम्ररी सोच्।
20
जँड्याहा वा घिचुवा मानिससित सम्बन्ध नराख।
21
जँड्याहा र घिचुवा गरीब हुनेछन्। तिमी खाने र सुत्ने मात्र गर्छौ भने छिटै झुम्रो लाएर हिँड्नेछौ।
22
बुबाका कुरा सुन, जसले तिमीलाई जीवन दिए। तिम्री आमा बुढी हुँदा उनको गुण मान।
23
सत्य, बुद्धि, ज्ञान र समझशक्ति किन, ती किन्ने लायकका बस्तु हुन्; तर तिनलाई नबेच।
24
धर्मी मानिसका बुबा रमाउनेछन्। बुद्धिमान् छोरामा गर्व गर्न सकिन्छ।
25
आफ्ना आमा-बुबालाई गर्व गर्ने कारण बन, आफ्नी आमालाई त्यसमा रमाहट गर्न देऊ।
26
ए छोरो, राम्ररी ध्यान दे, मेरो जीवन तेरो निम्ति नमुना बनोस्।
27
वेश्या र भ्रष्ट स्त्रीहरू प्राणघातक खाडल हुन्।
28
तिनीहरूले डाँकुझैँ ढुकिबस्छन् र धेरै पुरुषहरूलाई भ्रष्ट पार्छन्।
29
[29-30] जँड्याहा र नयाँ मद्य नचाखिनहुने मानिस दु:खी, उदास, सधैँ झगडालु र दोष दिने बानी भएको हुन्छ। त्यसका आँखा राता-राता र शरीरमा टार्न सकिने स-साना चोट लागेका हुन्छन्।
31
कडा रातो मद्यले तिमीलाई नलोभ्याओस्। त्यस्तो मद्य कचौरामा टिलिक्क चम्कने र घाँटीबाट सुलुक्क पेटमा उत्रने खालको हुन्छ तर त्यसको लोभ नगर।
32
भोलिपल्ट बिहान तिमीलाई विषालु साँपले डसेझैँ लाग्नेछ।
33
आँखाका अघि अचम्म-अचम्मका दृश्यहरू देख्नेछौ र तिम्रो सोच र बोली लरबराउनेछ।
34
समुद्रमा छालले तलमाथि हुँदै हुत्याइएको बेला बेसञ्चो भएको यात्रीझैँ तिमीलाई आफू समुद्र यात्रामा गएजस्तो लाग्नेछ।
35
तिमी यसो भन्नेछौ, “मलाई कसैले हिर्काएछ, कसले हिर्कायो, मलाई थाहा छैन। म किन उठ्न सक्दिनँ? फेरि मैले मद्य नपिई हुँदैन।”
← Chapter 22
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 24 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31