bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Proverbs 10
Proverbs 10
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 9
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 11 →
1
सोलोमनका उखानहरू यी नै हुन्: बुद्धिमान् छोराले बुबाको छाती गर्वले फुलाउँदछ तर मूर्ख छोराले आफ्नी आमालाई पीर पार्दछ।
2
बेइमानीले कमाएको धन काम लाग्दैन तर इमानदारीताले तिम्रो ज्यान बचाउँछ।
3
परमप्रभुले असल मानिसहरूलाई भोकै रहन दिनुहुन्न तर दुष्टलाई त्यसले चिताएको कुरा पाउन दिनुहुन्न।
4
अल्छी मानिस गरीब बन्दछ तर परिश्रमी मानिस धनी बन्दछ।
5
ज्ञानी मानिसले बाली काट्ने समयमा अन्न बटुल्दछ, बाली काट्ने समयमा सुतिबस्नु बदनामी हो।
6
असल मानिसहरूमाथि आशिष् बर्सन्छ तर दुष्टका वचनले त्यसको हिँसालु बानी लुकाइराख्दछ।
7
असल मानिसहरूलाई आशिष्कै रूपमा सम्झना गरिंदछ तर दुष्टलाई छिट्टै बिर्सिइन्छ।
8
ज्ञानी मानिसहरूले अर्तीका कुरा सुन्छन् तर मूर्ख कुरा गर्नेहरूचाहिँ नष्ट भएर जान्छन्।
9
इमानदार मानिसले कुशल र सुरक्षा पाउँछ तर बेइमानीचाहिँ पक्राउ पर्छ।
10
सत्य कुरा लुकाउनेले आपत्ति ल्याउँछ तर खुलस्त हप्काउनेले शान्ति कायम गर्दछ।
11
असल मानिसको बोली जीवनको मूल हो, तर दुष्टको वचनले हिँसालु बानीलाई लुकाउँदछ।
12
घृणाले झगडा बढाउँदछ तर प्रेमले सबै दोष ढाक्दछ।
13
समझदार मानिसले बुद्धिको कुरा गर्छ तर मूर्ख मानिसलाई कोर्रा लाउनुपर्छ।
14
बुद्धिमान् मानिसले सकेसम्म ज्ञान बटुलेर राख्दछ तर मूर्ख बोल्दा अशान्ति नजिक आउँदछ।
15
धनले धनीको रक्षा गर्दछ, दरिद्रताले दरिद्रलाई नाश गर्दछ,
16
असल कामको इनाम जीवन हो तर पापले पाप बढाउँछ।
17
सुधार ग्रहण गर्नेले जीवन पाउँदछ तर आफ्नो भुल स्वीकार नगर्ने खतरामा पर्छ।
18
मनमा आफ्नो घृणा लुकाउने मानिस ढँटुवा हो, व्यर्थका कुरा फैलाउने मानिस मूर्ख हो।
19
जति धेरै बोल्छौ, उति नै धेरै पाप गर्ने सम्भावना हुन्छ, बुद्धिमान् मानिस चुप भई बस्छ।
20
धर्मी मानिसको बोली निखुर चाँदीजस्तो हुन्छ, दुष्टको विचार बेकामको हुन्छ।
21
धर्मी मानिसको बोलीले धेरैलाई लाभ गराउँछ तर मूर्खताले आफ्नै नाश गर्दछ।
22
परमप्रभुको आशिष्ले तिमी धनी बन्दछौ तर कठोर परिश्रमले तिमीलाई धनी पार्दैन।
23
दुष्कर्ममा आनन्द पाउनु मूर्खता हो, समझदार मानिसहरू बुद्धिमा आनन्दित र खुसी हुन्छन्।
24
धर्मीले चिताएको पूरा हुन्छ तर दुष्ट जे कुरासित डराउँछ, त्यही त्यसले पाउँदछ,
25
आँधी आएर दुष्टलाई उडाइलैजान्छ तर इमानदार मानिसहरू सधैँ सुरक्षित नै रहन्छन्।
26
अल्छीलाई आफ्नो काम गर्न कहिले नलगा, दाँतमा सिर्का वा आँखामा धुवाँ परेझैँ त्यसले तँलाई पिरोल्नेछ।
27
परमप्रभुको आज्ञापालन गर र तिमी दीर्घायु हुनेछौ, दुष्टहरू समय नपुगी मरिजान्छन्।
28
धर्मीको आशाको अन्त आनन्द हुन्छ तर दुष्टले केही कुराको पनि आशा राख्न सक्दैन।
29
परमप्रभुले इमानदार मानिसहरूको रक्षा गर्नुहुन्छ तर दुष्टहरूको नाश गर्नुहुन्छ।
30
धर्मीहरू सधैँ सुरक्षित रहन्छन् तर दुष्टहरू पृथ्वीमा रहनेछैनन्।
31
धर्मीहरूले बुद्धिका कुरा गर्छन् तर दुष्ट बोली निकाल्ने जिब्रो काटिनेछ।
32
धर्मीहरूले दयाका कुरा गर्न जान्दछन् तर दुष्टहरूले सदा चोट पुर्याउने कुरा मात्र गर्दछन्।
← Chapter 9
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 11 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31