bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Proverbs 15
Proverbs 15
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 14
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 16 →
1
नरम जवाफले रिस शान्त गराउँछ। तर रूखो जवाफले रिस बढाउँछ।
2
बुद्धिमान् मानिसहरू बोल्दा ज्ञानका कुराहरू निस्कन्छ तर मूर्खहरूले मूर्खै कुरा निकाल्दछन्।
3
कहाँ, के हुँदै छ, परमप्रभुले हेरिरहनुहुन्छ, असल र दुष्ट मानिसहरूका काम उहाँले आफ्ना नजरमा राख्नुहुन्छ।
4
दयाको वचनले जीवन दिन्छ तर निष्ठुर वचनले आत्मा दु:खित पार्दछ।
5
बुबाको शिक्षा नलिनु मूर्खता हो, उनको सुधारको कुरा सुन्नु बुद्धिमान् हो।
6
धर्मी मानिसहरूले आफ्नो धन साँचेर राख्छन् तर दुष्टहरूको धनले तिनीहरूमाथि दु:खै मात्र ल्याउँछ।
7
बुद्धिमान् मानिसहरूले ज्ञान फैलाउँदछन्, मूर्खहरूले होइन।
8
सोझा मानिसहरूले प्रार्थना गर्दा परमप्रभु खुसी हुनुहुन्छ तर दुष्टहरूले चढाएको बलिदानलाई उहाँले घृणा गर्नुहुन्छ।
9
दुष्टहरूका चाल परमप्रभुले घृणा गर्नुहुन्छ तर उचित काम गर्नेहरूलाई उहाँले प्रेम गर्नुहुन्छ।
10
भुल काम गर्यौ भने कठोर सजायँ पाउनेछौ, सुधारको कुरा ग्रहण गरेनौ भने मर्नेछौ।
11
मृत्यु-लोकले पनि त्यहाँका कुरा परमप्रभुदेखि लुकाउन सक्दैन, त कसरी एउटा मानिसले उहाँदेखि आफ्ना सोचविचार लुकाउन सक्छ?
12
अहङ्कारी मानिसहरूले भुल सुधार गर्न मन पराउँदैनन्, तिनीहरूले आफूभन्दा बुद्धिमान् मानिसहरूका सर-सल्लाह कहिल्यै मान्दैनन्।
13
प्रसन्न हृदयले अनुहार हँसिलो बनाउँछ तर अफसोसी हृदयले आत्मालाई खिन्न पार्छ।
14
समझदार मानिसहरू शिक्षा प्राप्त गर्न चाहन्छन् तर मूर्खहरू अज्ञानतासित सन्तुष्ट रहन्छन्।
15
गरीबको जीवनमा अटुट सङ्घर्ष हुँदछ तर खुसी मानिसहरूले जीवनमा सधैँ आनन्द गर्दछन्।
16
धनी भएर सङ्कष्टमा पर्नुभन्दा दरिद्र भई परमप्रभुको भय मान्नु उत्तम हो।
17
घृणाले भरिएको ठाउँमा स्वादिष्ट मासु खानुभन्दा आफूले प्रेम गरेका मानिसहरूसित साग-सब्जी खानु उत्तम हो।
18
तातो रिसले विवाद ल्याउँदछ तर धैर्यले मिलाप गराउँदछ।
19
अल्छीको बाटोमा काँढै-काँढा हुन्छ तर इमानदारको मार्ग मूल-बाटो हो।
20
बुद्धिमान् छोराले बुबालाई खुसी पार्छ तर मूर्ख छोराले आमालाई तुच्छ ठान्छ।
21
मूर्खहरू आफ्ना मूर्खतामा खुसी रहन्छन् तर बुद्धिमान्ले उचित काम गर्दछ।
22
पाउन सकेजति सरसल्लाह लिनू र आफ्नो काममा सफल हुनेछौ, सल्लाहबिना विफल हुनेछौ।
23
ठीक समयमा ठीक शब्द निक्लेको कति आनन्दको कुरा हो!
24
बुद्धिमान् मानिसहरूले जीवनमा पुर्याउने उकालो बाटो लिंदछन्, मृत्युमा पुर्याउने ओह्रालो बाटो होइन।
25
अहङ्कारीहरूका घरहरू परमप्रभुले नाश पार्नुहुन्छ तर उहाँले विधवाको साँध-सिमानाको रक्षा गर्नुहुन्छ।
26
दुष्ट विचारहरू परमप्रभुले घृणा गर्नुहुन्छ तर शुद्ध बोलीसित उहाँ प्रसन्न हुनुहुन्छ।
27
बेइमानदारसित धन लाभ गर्न चेष्टा गरे, तिम्रो परिवार सङ्कटमापर्नेछ, घुस नलेऊ र तिमी दीर्घायु हुनेछौ।
28
धर्मी मानिसहरूले जवाफ दिनुअघि सोच्दछन्। दुष्ट मानिसहरूले झट्टै दुष्ट जवाफ दिन्छन् र समस्या उत्पन्न गराउँछ।
29
धर्मी मानिसहरूले प्रार्थना गर्दा परमप्रभुले कान थाप्नुहुन्छ तर दुष्टदेखि उहाँ टाढा रहनुहुन्छ।
30
हँसिलो चेहराले हृदयलाई आनन्दित पार्दछ, शुभ-समाचारले शरीरलाई स्फुर्ती दिन्छ।
31
तिम्रो भुल सुधार गरिंदा ध्यान दियौ भने तिमी बुद्धिमान् हौ।
32
शिक्षा नलिनेले आफ्नै खति गर्छ, भुल सुधार ग्रहण गर्ने बुद्धिमान् बन्छ।
33
परमप्रभुको आदर गर्नु नै शिक्षा पाउनु हो। आदर पाउनलाई नम्रताको बाटो हिँड्नुपर्छ।
← Chapter 14
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 16 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31