bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Proverbs 5
Proverbs 5
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 6 →
1
ए मेरो छोरो, बुद्धि र अन्तर्दृष्टिका कुरामा ध्यान दे अनि मेरा कुरामा कान थाप्।
2
त्यसो भए, कसरी उचित चालमा चल्नुपर्छ, सो तैँले जान्नेछस् र तेरा वचनहरू ज्ञानपूर्ण हुनेछन्।
3
अर्काकी स्वास्नीको ओठ महजस्तो मीठा र त्यसको बोली जैतुनको तेलझैँ चिप्ला होलान्,
4
तर अन्तमा त्यो पित्तजस्तै तीतो र दुईधारे तरवारजस्तै हुन्छ।
5
त्यसले तँलाई ओह्रालो मृत्यु-लोकमा पुर्याउँछे, त्यसका पाउहरू मृत्युको बाटोतिर लागेका हुन्छन्।
6
तिनी जीवनको बाटोमा हिँड्दिन तर त्यो त्यागेर कुबाटो हिँड्छे र आफूलाई के हुँदै छ, त्यसले चाल पाउँदिन।
7
ए मेरा छोराहरू हो! अब मेरा कुरा सुन र ती कहिल्यै नछोड।
8
त्यस्ती आइमाईबाट टाढा बस! त्यसको घरको ढोकाको नजिक पनि नजाओ!
9
नत्र त तिमीहरूले आफ्नो इज्जत अर्काका हातमा र आफ्नो प्राण जवान छँदै निष्ठुर मानिसहरूका हातमा गुमाउनेछौ।
10
अँ, विदेशीहरूले तिमीहरूका धन-सम्पत्ति लिनेछन् र तिम्रा मिहिनेतको फल अरूलाई हुनेछ।
11
अनि मर्ने बेलामा तिमीले पीडाले छटपटिएर सोर निकाल्नेछौ र हाड र छाला मात्र हुनेछौ।
12
अनि तिमीले भन्नेछौ, “हाय! मैले किन समयमा शिक्षा लिइनँ? किन कसैबाट सुधारको कुरा ग्रहण गरिनँ?
13
मेरा शिक्षकहरूका कुरा सुनिनँ। तिनीहरूका कुरामा ध्यानै दिइनँ
14
र अचानक सारा समाजअघि मेरो बेइज्जत भएको थाहा पाएँ।”
15
आफ्नी स्वास्नीप्रति विश्वासयोग्य भइरह र उसलाई मात्र प्रेम गर।
16
अरू आइमाईहरूबाट जन्मेका तेरा सन्तानहरूले केही लाभ दिँदैनन्।
17
तेरो आफ्नै सन्तानहरू ठूला भएर तँलाई सहायता गर्नुपर्छ, अरूहरूलाई होइन।
18
[18-19] यसकारण आफ्नी स्वास्नीसँग प्रसन्न भइबस र आफूले विवाह गरेकी हरिणीझैँ सुन्दरी र शोभावती स्त्रीसित आनन्दित हो। त्यसको शोभाले तँलाई खुसी राखोस् र त्यसले आफ्नो प्रेममा तँलाई डुबाइराखोस्।
20
ए मेरो छोरो, तँ किन अर्की आइमाईलाई प्रेम गर्छस्? किन अर्काकी स्वास्नीको मोहनीमा भुल्छस्?
21
तेरा सबै काम परमप्रभुले देख्नुहुन्छ। तँ जहाँ जान्छस्, उहाँले तँलाई हेरिरहनुहुन्छ।
22
दुष्ट मानिसका पाप एउटा पासो हो, त्यो आफ्नै पापको जालमा फस्छ।
23
आत्म-संयम नभएकाले त्यो नाश हुन्छ, आफ्नो अघोर मूर्खतामा त्यो मरेर जान्छ।
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 6 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31