bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
/
Proverbs 14
Proverbs 14
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
← Chapter 13
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 15 →
1
बुद्धिमती स्त्रीले आफ्नो घर बनाउँछे तर निबुर्द्धि स्त्रीले त्यसलाई आफ्नै हातले भत्काउँछे।
2
इमानदार मानिसले परमप्रभुको भय मान्दछ, बेइमानीले उहाँको तिरस्कार गर्दछ।
3
मूर्खले घमण्डी भई ज्यादा बोल्दछ तर बुद्धिमान् मानिसको वचनले तिनीहरूको रक्षा गर्छ।
4
खेत-बारी जोत्नलाई गोरुहरू नभए भकारी खाली रहन्छ। तर हलो जोत्ने गोरुहरू भए त्यहाँ पूरा अन्न हुन्छ।
5
साँचो साक्षीले छल गर्दैन तर झूटा साक्षीले झूटा कुराहरू फैलाउँछ।
6
अहङ्कारी कहिल्यै बुद्धिमान् बन्न सक्दैन तर समझदार मानिसले चाँडै सिक्छ।
7
मूर्खबाट टाढा बस्, त्यसले केही कुराको ज्ञान दिन सक्दैन।
8
चतुर मानिस कसरी बुद्धिमान् हुन्छ? किनभने उसले आफ्नो कर्तव्य जान्दछ। मूर्ख कसरी बुद्धु हुन्छ? किनभने त्यसले जान्दछ भनी विचार मात्र गर्छ।
9
मूर्खहरूले आफूले पाप गरेको वास्ता राख्दैनन् तर असल मानिसहरूले क्षमा पाउने चाहना गर्छन्।
10
तिमी हाँस्दा एक्लै हाँस्छौ, तिमी रुँदा पनि एक्लै रुन्छौ। कसैले तिम्रो हाँसो र आँसुमा साथ दिँदैन।
11
दुष्टको घर भत्केर जान्छ तर धर्मीको घर खडै रहन्छ।
12
जुन बाटो ठीक छ भनी तिमी सोच्दछौ, त्यसले तिमीलाई मृत्युमा पुर्याउला।
13
मुखको हाँसोले मनको पीरलाई ढाक्ला तर आनन्द हराएपछि त्यहाँ अफसोस रहिरहन्छ।
14
खराब मानिसले भोग्नुपर्ने फल भोग्ने नै छ तर असल मानिसले आफ्नो कामको इनाम पाउनेछ।
15
मूर्खले जे कुरा पनि विश्वास गर्छ तर विवेकी समझदारले होश गरेर कदम बढाउँछ।
16
बुद्धिमान्ले होश गरेर दुष्टतादेखि टाढै रहन्छ। तर मूर्खले होश गर्दैन र त्यो काम गर्न साह्रै हतार गर्छ।
17
रिसाहा मानिसले मूर्ख काम गर्छ र धूर्त मानिस घृणित हुन्छ।
18
निर्बोध मानिसले आफ्नो मूर्खताको सुहाउँदो फल पाउँछ तर चतुर मानिसले ज्ञान लाभ गर्दछ।
19
दुष्ट मानिसहरूले असल मानिसहरूको अघि शिर झुकाउनुपर्छ र नम्र भई दया माग्नुपर्छ।
20
गरीबलाई उसको छिमेकीहरूले समेत मन पराउँदैनन् तर धनीका धेरै साथीहरू हुन्छन्।
21
आनन्द पाउनलाई दरिद्रलाई दया गर, कसैलाई हेला गर्नु पाप हो।
22
भलाइ गर्नेले अरूबाट आदर र पत्यार पाउँदछ। दुष्ट्याइँ गर्नेले भुल गर्दछ।
23
परिश्रम गर, तिम्रो जीविका राम्ररी चल्नेछ। एउटै थलोमा कुरा मात्र गरेर बसिरहे दरिद्र बन्नेछौ।
24
बुद्धिमान् मानिसहरूले धन-सम्पत्ति कमाउँछन् तर मूर्खहरूले मूर्खता मात्र निकाल्दछन्।
25
साँचो साक्षीले जीवन बचाउँछ तर झूटो साक्षीले विश्वासघात गर्छ।
26
परमप्रभुलाई आदर गर्नेले आफ्नो र परिवारको निम्ति सुरक्षा र भरोसा प्राप्त गर्दछ।
27
के मृत्युदेखि बाँच्न चाहन्छौ? परमप्रभुको आदर गर्नु जीवनको मूल हो।
28
राजाको महान्ता प्रजाका सङ्ख्यामा निर्भर गर्दछ, प्रजाबिना राजा केही होइन।
29
शान्त भई बस्ने मानिस बुद्धिमान् हो, तातो रिस देखाउनेले आफ्नो मूर्खता मात्र देखाउँछ।
30
मनको शान्तिले शरीरलाई स्वास्थ्य बनाउँदछ तर डाहा गर्नु हाड कुहेको जत्तिकै हो।
31
गरीबलाई सताउनेले तिनीहरूलाई बनाउनुहुने परमेश्वरको अपमान गर्छ तर दरिद्रमाथि दया गर्नेले परमेश्वरको आदर गर्छ।
32
दुष्टलाई आफ्ना दुष्कर्मले नै पतन गराउँदछ तर असल मानिसहरूले आफ्ना इमानदारीले गर्दा रक्षा पाउँछन्।
33
समझदार मानिसको हरेक सोच बुद्धिले भरिएको हुन्छ, तर मूर्खले बुद्धिबारे केही जान्दैन।
34
धार्मिकताले राष्ट्रलाई महान् बनाउँदछ, पापले राष्ट्रको अपमान हुन्छ।
35
योग्य अधिकारीसित राजा खुसी हुन्छन् तर अयोग्यलाई तिनले दण्ड दिन्छन्।
← Chapter 13
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 15 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31