bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Hebrews 1
Hebrews 1
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 2 →
1
प्राचीन कालमा हाम्रा पितापुर्खाहरूसँग अगमवक्ताहरूद्वारा धेरै र विभिन्न किसिमले परमेश्वर बोल्नुभयो।
2
तर यी आखिरी दिनहरूमा उहाँ आफ्ना पुत्रद्वारा हामीसँग बोल्नुभएको छ। पुत्रलाई नै उहाँले सबै कुराका उत्तराधिकारी नियुक्त गर्नुभयो, उहाँद्वारा नै समस्त सृष्टि रच्नु पनि भयो।
3
उहाँ नै परमेश्वरका महिमाको प्रतिबिम्ब र परमेश्वरकै स्वभावको वास्तविक प्रतिरूप हुनुहुन्छ, र सम्पूर्ण विश्वलाई आफ्नो शक्तिको वचनले सम्हाल्नुहुन्छ। पापको शुद्धि गर्नुभएपछि महिमित परमेश्वरको दाहिने बाहुलीपट्टि उच्च स्थानमा उहाँ विराजमान हुनुभयो।
4
जसरी उहाँले प्राप्त गर्नुभएको नाउँ स्वर्गदूतहरूका भन्दा उत्तम छ, त्यसरी नै उहाँ तिनीहरूभन्दा अझ उच्च ठहरिनुभएको छ।
5
“तिमी मेरा पुत्र हौ, मैले नै आज तिमीलाई जन्माएको छु” भनी के कुनै स्वर्गदूतलाई परमेश्वरले कहिल्यै भन्नुभयो? र फेरि, “म तिनका पिता हुनेछु, र तिनी मेरा पुत्र हुनेछन्” भनी कुनै स्वर्गदूतलाई कहिल्यै भन्नुभयो?
6
आफ्नो प्रथम जन्मेकालाई संसारमा ल्याउनुहुँदा उहाँ फेरि भन्नुहुन्छ, “परमेश्वरका सारा स्वर्गदूतहरूले उहाँलाई नै पुजून्।”
7
स्वर्गदूतका विषयमा उहाँ भन्नुहुन्छ, “उहाँले आफ्ना स्वर्गदूतहरूलाई बतास र आफ्ना दासहरूलाई आगोको ज्वाला तुल्याउनुहुन्छ।”
8
तर पुत्रको विषयमा चाहिँ उहाँ भन्नुहुन्छ, “हे परमेश्वर, तपाईंको सिंहासन सदासर्वदाको निम्ति रहिरहन्छ, र न्यायको राजदण्ड तपाईंका राज्यको राजदण्ड हो।
9
तपाईंले धार्मिकतालाई प्रेम गर्नुभएको छ, र अधर्मलाई घृणा गर्नुभएको छ। यसकारण परमेश्वर, तपाईंका परमेश्वरले तपाईंलाई आफ्ना साथीहरूभन्दा बढ्ता गरेर हर्षको तेलले अभिषेक गर्नुभएको छ।”
10
उहाँ फेरि भन्नुहुन्छ, “हे परमप्रभु, तपाईंले आदिमा पृथ्वीको जग बसाल्नुभयो, र आकाशमण्डल तपाईंका बाहुलीको काम हो।
11
तिनीहरू त नष्ट हुनेछन्, तर तपाईंचाहिँ रहिरहनुहुन्छ। तिनीहरू वस्त्रझैँ पुराना भइहाल्नेछन्,
12
खास्टोझैँ तपाईंले तिनीहरूलाई लपेट्नुहुन्छ, वस्त्रझैँ ती फेरिनेछन्। तर तपाईं एकैनास हुनुहुन्छ, र तपाईंका वर्षहरूको अन्त्य कहिल्यै हुनेछैन।”
13
तर कुन स्वर्गदूतलाई उहाँले कहिले यसो भन्नुभयो, “तिमी मेरो दाहिने हातपट्टि बस, जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रा खुट्टाको पाउदान तुल्याउँदिनँ”?
14
के ती सबै स्वर्गदूतहरू मुक्ति पाउनेहरूका खातिर सेवा गर्नलाई पठाइएका सेवा गर्ने आत्माहरू होइनन्?
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 2 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13