bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Hebrews 11
Hebrews 11
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 10
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 12 →
1
अब विश्वासचाहिँ आशा राखिएका कुराको निश्चय र नदेखिएका कुराको ढृढ़ भरोसा हो।
2
किनकि यसै विश्वासद्वारा प्राचीन मानिसहरूलाई परमेश्वरले ग्रहण गर्नुभयो।
3
विश्वासद्वारा हामी बुझ्दछौं कि सारा विश्व परमेश्वरको वचनद्वारा सृष्टि भयो, र जो दृश्य छ त्यो अदृश्य कुराबाट बन्यो।
4
विश्वासद्वारा हाबिलले परमेश्वरलाई कयिनले भन्दा अझ ग्रहणयोग्य बलि चढ़ाए, र त्यसद्वारा नै हाबिल धर्मी ठहरिए। तिनको बलि स्वीकार गरेर परमेश्वरले आफ्नो सम्मति जनाउनुभयो। तिनी मरे तापनि विश्वासद्वारा नै तिनी अझै बोलिरहेका छन्।
5
विश्वासद्वारा मृत्यु नचाखी हनोक स्वर्गमा उठाइलगिए, र तिनी कतै फेला परेनन्, किनकि परमेश्वरले तिनलाई लानुभएको थियो। तिनी उठाइलगिनुभन्दा अघि परमेश्वरलाई तिनले प्रसन्न पारेका कुराको पुष्टि भएको थियो।
6
विश्वासविना परमेश्वरलाई प्रसन्न पार्नु असम्भव छ। किनकि जो परमेश्वरको नजिक आउँछ, त्यसले परमेश्वर हुनुहुन्छ र उहाँलाई खोज्नेहरूलाई उहाँले प्रतिफल दिनुहुन्छ भन्ने पक्का विश्वास गर्नुपर्छ।
7
विश्वासद्वारा नोआले त्यति बेलासम्म अदेख रहेका घटनाका बारेमा परमेश्वरबाट चेताउनी पाएर भक्तिसाथ आफ्नो घरानालाई बचाउन एउटा जहाज बनाए। यसरी संसारलाई दोषी ठहराएर विश्वासद्वारा उनी आउने धार्मिकताका उत्तराधिकारी भए।
8
विश्वासद्वारा अब्राहामले आज्ञापालन गरे, र जाऊ भनेको ठाउँतिर गए, जुन ठाउँ उत्तराधिकारको रूपमा उनले पछि पाउनेथिए, यद्यपि उनी कतातिर गइरहेका थिए, त्यो उनलाई थाहा थिएन।
9
विश्वासैद्वारा उनी एक परदेशीझैँ प्रतिज्ञाको देशमा इसहाक र याकूबजस्तै तम्बूहरूमा बसोबास गरे। उनीहरू अब्राहामसँगसँगै उही प्रतिज्ञाका हकदार थिए।
10
किनकि उनले एउटा जग भएको सहरको प्रतीक्षा गर्थे, जसलाई बनाउनुहुने र निर्माण गर्नुहुने परमेश्वर नै हुनुहुन्छ।
11
विश्वासैद्वारा साराले पनि आफ्नो उमेर ढल्किसकेपछि गर्भधारण गर्ने शक्ति प्राप्त गरिन्। किनभने प्रतिज्ञा गर्नुहुनेलाई तिनले विश्वासयोग्य ठानेकी थिइन्।
12
यसैकारण मरेतुल्य शरीर भइसकेको एउटै मानिसबाट आकाशका तारा जत्तिकै असंख्य र समुद्रका किनारका अनगिन्ती बालुवाका कण जत्तिकै सन्तान उत्पन्न भए।
13
प्रतिज्ञा गरिएको कुरा प्राप्त नगरी यिनीहरू सबै विश्वासैमा मरे, तर टाढ़ैबाट त्यसलाई देखेर स्वागत गरी तिनीहरूले मानिलिए, कि तिनीहरू यस पृथ्वीमा परदेशी र प्रवासी थिए।
14
यस्ता कुरा भन्ने मानिसहरूले आफ्नो निम्ति एउटा देश खोजिरहेका छन् भन्ने कुरा प्रष्ट हुन्छ।
15
जुन देशबाट तिनीहरू निस्केर गएका थिए, यदि तिनीहरूले त्यही देशको विषयमा सोचेका भए तिनीहरूलाई फर्किजाने मौका मिल्ने थियो।
16
तर तिनीहरू अझ उत्तम देश, अर्थात् एक स्वर्गीय देशको इच्छा गर्छन्। यसैकारण परमेश्वर तिनीहरूका परमेश्वर भनी पुकारिनु शर्माउनुहुन्न, किनभने उहाँले तिनीहरूका निम्ति एउटा सहर तयार पारिदिनुभएको छ।
17
विश्वासद्वारा आफ्नो परीक्षा हुँदा अब्राहामले इसहाकलाई बलि चढ़ाए। उनले प्रतिज्ञाहरू पाएका थिए, तापनि आफ्नो एउटै छोराको बलि चढ़ाउन उनी तयार भए।
18
यिनकै विषयमा यसो भनिएको थियो, “इसहाकद्वारा नै तेरो सन्तानको नाउँ रहनेछ।”
19
परमेश्वरले मानिसहरूलाई मरेकोबाट पनि फेरि जीवित पार्न सक्नुहुन्छ भन्ने कुरा अब्राहामले सोचे, र भनौं भने, उनले इसहाकलाई फिर्ता पाए।
20
विश्वासद्वारा इसहाकले याकूब र एसावलाई तिनीहरूका भविष्यको बारेमा आशीर्वाद दिए।
21
विश्वासद्वारा मर्ने बेलामा याकूबले आफ्नो लहुरोको टुप्पामा घोप्टो परेर परमेश्वरको आराधना गरे, र योसेफको प्रत्येक छोरालाई आशीर्वाद दिए।
22
विश्वासद्वारा योसेफले आफ्नो जीवनको अन्त्यतिर इस्राएलीहरूका प्रस्थानको विषयमा उल्लेख गरे, र उनका अस्थिको विषयमा आदेश दिए।
23
मोशा जन्मँदा तिनका आमा-बुबाले तिनलाई सुन्दर देखे, र विश्वासद्वारा तीन महिनासम्म तिनलाई लुकाइराखे, र राजाका हुकुमको तिनीहरूले डरै मानेनन्।
24
जवान भएपछि विश्वासद्वारा मोशाले फारोकी छोरीका छोरा कहलाइन इन्कार गरे।
25
पापको क्षणिक सुख भोग्नुभन्दा बरु परमेश्वरका मानिसहरूसँग थिचोमिचोमा पर्न तिनले रोजे।
26
मिश्रदेशको धन-सम्पत्तिभन्दा ख्रीष्टको निम्ति निन्दित हुन तिनले मूल्यवान् सम्पत्ति ठाने। किनभने तिनले आफ्नो दृष्टि इनामतिर लाएका थिए।
27
राजाको क्रोधसँग नडराएर विश्वासद्वारा तिनले मिश्रदेश छोड़े। किनकि अदृश्य हुनुहुनेलाई देखेझैँ गरी तिनी स्थिर रहे।
28
ज्येष्ठलाई नाश गर्नेले तिनीहरूलाई छुन नपाऊन् भनेर तिनले विश्वासद्वारा निस्तार-चाड़को विधि पालन गरे र रगत छर्के।
29
विश्वासद्वारा ओबानो भूमिमाझैँ गरी हिँड़ेर तिनीहरूले लाल समुद्र पार गरे, जुन कुरो मिश्रीहरूले प्रयत्न गर्दा डुबेर मरे।
30
सात दिनसम्म परिक्रमा गरेपछि विश्वासैबाट यरीहोका पर्खालहरू ढले।
31
जासूसहरूलाई राम्रो स्वागत गरेकी हुनाले अनाज्ञाकारीहरूका साथमा राहाब वेश्या नाश भइनन्।
32
अरू बढ़ी म के भनूँ? किनकि गिदोन, बाराक, शिमशोन, यिप्ताको बारेमा, र दाऊद, शमूएल र अगमवक्ताहरूका विषयमा भनिरहन मलाई समय छैन—
33
जसले विश्वासद्वारा राज्यहरू कब्जा गरे, न्याय स्थापना गरे, प्रतिज्ञाहरू हासिल गरे, सिंहका मुखहरू थुनिदिए,
34
आगोका ज्वालाहरू निभाए, तरवारका धारबाट उम्के, कमजोरीबाट बलिया भए, युद्धमा वीर भए, विदेशीहरूका फौजलाई भगाए।
35
स्त्रीहरूले आफ्ना मरेकाहरूलाई पुनरुत्थानद्वारा जीवित पाए। अरूहरूले मृत्युपछि अझ उत्तम जीवन प्राप्त गर्नलाई छुटकारा इन्कार गरेर बरु सास्ती भोगे।
36
अरूहरूले गिल्ला, कोर्राबाजी, बन्धन र कैद पनि भोग्नुपर्यो।
37
तिनीहरूलाई ढुङ्गाले हाने। तिनीहरू करौँतीले चिरिए। तिनीहरू तरवारले मारिए। भेड़ा र बाख्राका छालाहरू लाएर कङ्गाल भई क्लेश र दुःख पाएर तिनीहरू यताउता डुलिहिँड़े।
38
संसार तिनीहरूका निम्ति योग्यको थिएन। मरुभूमि, पहाड़हरू, गुफाहरू र पृथ्वीका ओड़ारहरू हुँदो तिनीहरूलाई घुमिहिँड्नुपर्यो।
39
तिनीहरू सबैले आफ्ना विश्वासको निम्ति ठूलो प्रशंसा पाए, तर प्रतिज्ञा गरिएका कुराचाहिँ पाएनन्।
40
परमेश्वरले हाम्रा लागि अझ असल योजना राख्नुभएको थियो, ताकि हामीसँग मात्रै तिनीहरू सिद्ध तुल्याइऊन्।
← Chapter 10
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 12 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13