bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Hebrews 13
Hebrews 13
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 12
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
1
भातृ-प्रेम बनिरहोस्।
2
परदेशीहरूको अतिथि-सत्कार गर्न नबिर्स, किनकि यसरी नै कसै-कसैले थाहै नपाई स्वर्गदूतहरूको सत्कार गरेका छन्।
3
आफै पनि तिनीहरूसँग कैदमा परेझैँ झ्यालखानमा हुनेहरूको ख्याल राख, र आफैले दुःख-भोग गरेझैँ अत्याचारमा परेकाहरूलाई पनि सम्झ। किनकि तिमीहरू आफै पनि शरीरमा छौ।
4
सबैका बीचमा विवाहचाहिँ आदरणीय होस्, वैवाहिक सम्बन्ध नबिटुलिओस्, किनकि दुराचारी र व्यभिचारीहरूको इन्साफ परमेश्वरले गर्नुहुन्छ।
5
तिमीहरूका जीवन रुपियाँपैसाको मोहबाट अलग्ग राख। तिमीहरूसँग भएका कुरामा सन्तुष्ट बस, किनकि उहाँले भन्नुभएको छ, “म तिमीहरूलाई कुनै रीतिले छोड्नेछैनँ, म तिमीहरूलाई त्याग्नेछैनँ।”
6
यसकारण निर्धक्क भएर हामी भन्दछौं, “प्रभु मेरा सहायक हुनुहुन्छ, म डराउनेछैनँ। मानिसले मलाई के गर्न सक्छ?”
7
आफ्ना अगुवाहरूको सम्झना राख, जसले परमेश्वरको वचन तिमीहरूलाई सुनाए। तिनीहरूका जीवनको परिणामलाई ध्यान देओ, र तिनीहरूका विश्वासको अनुकरण गर।
8
येशू ख्रीष्ट हिजो, आज र सदासर्वदा एकसमान हुनुहुन्छ।
9
विभिन्न र अनौठा शिक्षाको भ्रममा नपर। किनकि खाने-पिउने कुरा सम्बन्धित विधिद्वारा होइन, तर अनुग्रहद्वारा हृदय सुदृढ़ भएको असल हो। त्यस्ता विधि पालन गर्नेहरूको उपकार भएको छैन।
10
हाम्रो एउटा वेदी छ, जसबाट पवित्र वासस्थानमा सेवा गर्नेहरूलाई खाने अधिकार छैन।
11
प्रधान पूजाहारीले पापबलिको निम्ति जनावरको रगत महापवित्र स्थानमा ल्याउँछन्, तर तिनका शरीरचाहिँ छाउनीबाहिर लगेर जलाइन्छन्।
12
यसकारण येशूले पनि उहाँको आफ्नै रगतद्वारा मानिसहरूलाई पवित्र गराउन ढोकाबाहिर कष्ट भोग्नुभयो।
13
यसैकारण हामी पनि छाउनीबाहिर उहाँकहाँ जाऔं, र उहाँले सहनुभएको बेइज्जत हामी पनि सहौं।
14
किनकि हाम्रो यहाँ रहिरहने सहर छैन, तर आउनेचाहिँ सहरको हामी प्रतीक्षा गर्दछौं।
15
यसकारण परमेश्वरलाई येशूद्वारा प्रशंसाको बलि निरन्तर चढ़ाऔं। यो प्रशंसा उहाँको नाउँ स्वीकार गर्ने ओठको फल हो।
16
भलाइ गर्न र आफूसँग भएका कुरा बाँड़चूँड़ गर्न नभुल, किनकि यस्तै बलिहरूमा परमेश्वर प्रसन्न हुनुहुन्छ।
17
तिमीहरूका अगुवाहरूको आज्ञापालन गर, र तिनीहरूका अधीनमा बस। किनकि लेखा दिनुपर्छ भन्ने कुरा जानेर नै तिनीहरूले तिमीहरूका प्राणको हेरचाह गर्छन्। यो काम तिनीहरूले आनन्दसाथ गरून्। दुःख मानेर होइन, नत्रता त्यसबाट तिमीहरूलाई कुनै लाभ हुँदैन।
18
हाम्रो निम्ति प्रार्थना गर। हामीलाई निश्चय छ कि हाम्रो विवेक स्वच्छ छ, र सबै कुरा ईमानदारीसाथ गर्ने हाम्रो अभिलाषा छ।
19
तिमीहरूलाई मेरो विशेष आग्रह यो छ, कि मेरो निम्ति प्रार्थना गरिदेओ, र म फेरि तिमीहरूकहाँ चाँड़ै आउन सकूँ।
20
अब भेड़ाका महान् गोठाला हाम्रा प्रभु येशूलाई अनन्त करारको रगतद्वारा मृत्युबाट जीवित पार्नुहुने शान्तिका परमेश्वरले
21
तिमीहरूलाई हरेक असल गुणले सिद्ध पारून्, र तिमीहरूले उहाँको इच्छा पूरा गर्न सक। जे परमेश्वरलाई मनपर्दो छ येशू ख्रीष्टद्वारा उहाँले तिमीहरूमा गरून्। उहाँको महिमा युगानयुग भइरहोस्। आमेन।
22
भाइ हो, म तिमीहरूलाई निवेदन गर्दछु, कि मेरो अर्तीका कुरालाई मान, किनकि तिमीहरूलाई मैले छोटकरीमा लेखेको छु।
23
तिमीहरूलाई यो थाहा दिन चाहन्छु, कि हाम्रो भाइ तिमोथी कैदबाट छुटेका छन्। यदि उनी चाँड़ै आए भने म उनको साथमा तिमीहरूलाई भेट्न आउनेछु।
24
तिमीहरूका सबै अगुवाहरू र सबै सन्तहरूलाई अभिवादन देओ। इटालियाबाट आएकाहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्।
25
तिमीहरू सबैसँग अनुग्रह रहोस्। आमेन।
← Chapter 12
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13