bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Hebrews 2
Hebrews 2
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 3 →
1
यसकारण जे सुनेका छौं त्यसमाथि हामीले अझ बढ़ी ध्यान दिनुपर्छ, नत्रता हामी त्यसबाट बहकिएर जानेछौं।
2
यदि स्वर्गदूतहरूले घोषणा गरेको सन्देश अटल रह्यो भने, र हरेक अपराध र अनाज्ञाकारिताको निम्ति उचित दण्ड दिइयो भने,
3
तब हामीले यति महान् मुक्तिको वास्ता राखेनौं भने हामी कसरी उम्कौंला? यो मुक्ति सर्वप्रथम प्रभुबाटै घोषणा गरिएको थियो, र उहाँको वचन सुन्नेहरूद्वारा हाम्रा निम्ति पक्का साबित गरियो।
4
परमेश्वरले पनि चिन्हहरू, अचम्मका कामहरू, विभिन्न आश्चर्यकर्महरू र उहाँको आफ्नो इच्छाबमोजिम बाँड़िएका पवित्र आत्माका वरदानहरूद्वारा यस कुराको गवाही दिनुभयो।
5
हामीले कुरा गर्दैआएको त्यो आउँदो संसारलाई परमेश्वरले स्वर्गदूतहरूका अधीनमा राख्नुभएन।
6
धर्मशास्त्रको कुनै एक ठाउँमा यसो भनेर गवाही दिइएको छ, “मानिस के हो, र तपाईं त्यसको वास्ता राख्नुहुन्छ? अथवा मानिसको छोरो को हो, र तपाईं त्यसको फिक्री गर्नुहुन्छ?
7
तपाईंले तिनलाई अलि बेरको निम्ति स्वर्गदूतहरूभन्दा केही तल होच्याउनुभयो। तपाईंले तिनलाई महिमा र आदरको मुकुट पहिराउनुभएको छ।
8
तपाईंले सब थोक तिनका चरणमुनि राखिदिनुभयो।” मानिसको अधीनमा सब थोक राख्नुहुँदा तिनको अधीनबाहिर केही रहन दिनुभएन। तर यस वर्तमान समयमा सब थोक मानिसको अधीनमा भएको हामी देख्दैनौं।
9
तर हामी येशूलाई देख्तछौं। उहाँ अलि बेरको निम्ति स्वर्गदूतहरूभन्दा केही तल होच्याइनुभयो, मृत्युको कष्टको कारण महिमा र आदरको मुकुट उहाँलाई पहिराइयो, यस हेतुले कि परमेश्वरको अनुग्रहद्वारा हरेक मानिसको निम्ति उहाँले मृत्युको स्वाद चाखून्।
10
यो उचित थियो, कि परमेश्वर, जसको निम्ति र जसद्वारा सबै थोकको अस्तित्व छ, उहाँले नै धेरै सन्तानलाई महिमामा ल्याउनुहुँदा तिनीहरूका मुक्तिका कर्ता येशूलाई कष्टहरूद्वारा सिद्ध तुल्याउनुभयो।
11
किनकि पवित्र तुल्याउनुहुने र पवित्र तुल्याइएकाहरू पनि सबै एउटै परिवारका हुन्। त्यसैकारण तिनीहरूलाई भाइ भन्नमा येशू शर्माउनुहुन्न।
12
उहाँ भन्नुहुन्छ, “मेरा भाइहरूका सामुन्ने तपाईंको नाउँ म घोषणा गर्नेछु, सभाको बीचमा म तपाईंको प्रशंसा गर्नेछु।”
13
र फेरि, “म उहाँमाथि मेरो भरोसा राख्नेछु।” र फेरि उहाँ भन्नुहुन्छ, “हेर, म र परमेश्वरले मलाई दिनुभएका यी छोरा-छोरीहरू।”
14
किनकि छोरा-छोरीहरू मासु र रगतका सहभागी भएका हुनाले उहाँले पनि त्यही स्वभाव लिनुभयो, ताकि मृत्युद्वारा नै मृत्युको शक्ति भएकोलाई, अर्थात् दियाबलसलाई उहाँले नष्ट गरून्,
15
र मृत्युको डरले आजीवन बन्धनमा परेकाहरूलाई उहाँले मुक्त गरिदेऊन्।
16
किनकि साँच्चै नै उहाँले स्वर्गदूतहरूको होइन, तर अब्राहामका सन्तानको वास्ता गर्नुहुन्छ।
17
यसैकारण हरेक कुरामा उहाँ आफ्नै भाइहरूजस्तै बनाइनुपर्यो, र मानिसहरूका पापको प्रायश्चित गर्नलाई परमेश्वरको सेवामा उहाँ कृपालु र विश्वस्त प्रधान पूजाहारी बन्नुभयो।
18
किनकि उहाँ आफैले कष्ट भोग्नुभयो र परीक्षित हुनुभयो, यसैले परीक्षामा पर्नेहरूलाई उहाँले सहायता गर्न सक्नुहुन्छ।
← Chapter 1
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 3 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13