bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Hebrews 4
Hebrews 4
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 5 →
1
यसकारण परमेश्वरको विश्राममा प्रवेश पाउने प्रतिज्ञा छँदाछँदै हामी होशियार रहौं र तिमीहरूमध्ये कोही पनि त्यस प्रतिज्ञादेखि वञ्चित नहोस्।
2
किनकि हामीलाई पनि तिनीहरूलाई झैँ सुसमाचार प्रचार गरिएको हो। तर सुनेको वचनले तिनीहरूलाई केही फाइदा भएन, किनकि सुन्नेहरूले विश्वासपूर्वक यिनलाई ग्रहण गरेनन्।
3
किनकि हामी विश्वास गर्नेहरूचाहिँ त त्यस विश्राममा प्रवेश गर्छौं, जसो उहाँले भन्नुभएको छ, “यसैले मैले आफ्नो क्रोधमा यसरी शपथ खाएँ, ‘मेरो विश्राममा तिनीहरू कहिल्यै पस्नेछैनन्’।” यद्यपि उहाँका कार्यहरू संसारको उत्पत्तिदेखि नै पूरा भइसकेका थिए।
4
किनकि उहाँले अरू कुनै ठाउँमा सातौँ दिनको विषयमा यस किसिमले भन्नुभएको छ, “परमेश्वरले सबै कार्यहरूबाट सातौँ दिनमा विश्राम लिनुभयो।”
5
र फेरि यसै खण्डमा उहाँले भन्नुभयो, “मेरो विश्राममा तिनीहरू कहिल्यै पस्नेछैनन्।”
6
कसै-कसैलाई प्रवेश गर्न अझै बाँकी नै छ, र तिनीहरू, जसलाई अघिअघि सुसमाचार प्रचार गरिएको थियो, तिनीहरू आफ्ना अनाज्ञाकारिताले गर्दा पस्न सकेनन्।
7
फेरि परमेश्वरले “आज” भनी एक दिन ठहराउनुभएको छ, जब उहाँले धेरै समयपछि दाऊदद्वारा अघि भनिएकै कुरा फेरि भन्नुभयो, “आज तिमीहरूले उहाँको शब्द सुन्यौ भने तिमीहरूका हृदय कठोर नपार।”
8
किनकि यहोशूले तिनीहरूलाई विश्राम दिएका भए त परमेश्वरले पछिबाट अर्को दिनको विषयमा भन्नुहुनेथिएन।
9
यसकारण परमेश्वरका जनहरूका निम्ति शबाथको विश्राम बाँकी नै छ।
10
किनकि परमेश्वरको विश्राममा प्रवेश गर्ने जोसुकैले पनि आफ्नो परिश्रमदेखि विश्राम गर्छ, जसरी परमेश्वरले आफ्नो परिश्रमदेखि विश्राम लिनुभयो।
11
यसकारण हामी त्यस विश्राममा प्रवेश गर्नलाई प्रयत्न गरौं, र त्यस्तै किसिमको अनाज्ञाकारिताद्वारा कोही पनि पतित नहोस्।
12
किनकि परमेश्वरको वचन जीवित र क्रियाशील हुन्छ, र कुनै पनि दुईधारे तरवारभन्दा बढ़ी धारिलो हुन्छ। यसले प्राण र आत्मालाई त्यसका जोर्नी-जोर्नी र हाड़को गुदीसम्मलाई भाग-भाग पारुञ्जेल वारपार छेड्ने र हृदयका विचार र इच्छा जाँच्न सक्ने हुन्छ।
13
परमेश्वरको दृष्टिमा सृष्टिको कुनै कुरा लुकेको हुँदैन। उहाँका नजरको सामुन्ने सबै कुरा स्पष्ट र खुला छन्, उहाँलाई नै हामीले लेखा दिनुपर्छ।
14
आकाश छिचोलेर जानुभएका परमेश्वरका पुत्र येशू हाम्रा महान् प्रधान पूजाहारी हुनुभएको हुनाले हामीले पक्कासँग स्वीकार गरेको यो विश्वास थामिराखौं।
15
किनकि हाम्रा प्रधान पूजाहारी हाम्रो दुर्बलतामा हामीसँग सहानुभूति देखाउन नसक्ने हुनुहुन्न। तर हामीजस्तै उहाँ सबै कुरामा परीक्षित हुनुभयो, र पनि पापरहित हुनुहुन्थ्यो।
16
यसकारण साहससँग अनुग्रहको सिंहासन नजिक जाऔं, र खाँचोको समयमा सहायता पाउनलाई कृपा र अनुग्रह प्राप्त गर्न सकौं।
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 5 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13