bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Hebrews 5
Hebrews 5
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 6 →
1
प्रत्येक प्रधान पूजाहारी मानिसहरूमध्येबाट छानिन्छ, र मानिसहरूको पक्षमा पापको निम्ति परमेश्वरमा भेटी र बलिदानहरू चढ़ाउन नियुक्त गरिन्छ।
2
अजान र कुबाटोतिर लागेकाहरूसँग तिनले नम्रतासाथ व्यवहार गर्न सक्तछ, किनभने तिनी आफै पनि दुर्बलताले घेरिएको हुन्छ।
3
यसैकारण मानिसहरूका पापको निम्ति मात्र होइन, तर आफ्नै पापको निम्ति पनि बलिदान चढ़ाउन तिनलाई कर लाग्छ।
4
कसैले यो सम्मान आफै लिन सक्दैन, तर हारूनजस्तै तिनलाईं परमेश्वरले बोलाउनुहुन्छ।
5
ख्रीष्टले पनि प्रधान पूजाहारी हुन आफैले आफैलाई उच्च पार्नुभएन, तर उहाँलाई यसो भन्नुहुनेबाट नियुक्त हुनुभयो, “तिमी मेरा पुत्र हौ, मैले नै आज तिमीलाई जन्माएको छु।”
6
अर्को ठाउँमा पनि उहाँ भन्नुहुन्छ, “मल्कीसेदेकको दर्जाबमोजिम तिमी सधैँभरिको निम्ति पूजाहारी हौ।”
7
येशू आफ्नो शारीरिक जीवनमा हुनुहुँदा उहाँलाई मृत्युबाट बचाउन सक्नुहुनेलाई उहाँले बड़ो क्रन्दन र आँसुसहित प्रार्थना चढ़ाउनुभयो, अनि आफ्नो भक्तिपूर्ण समर्पणको कारणले उहाँको प्रार्थना र नम्र निवेदन सुनियो।
8
उहाँ पुत्र हुनुहुन्थ्यो, तापनि आफूले भोग्नुभएको कष्टद्वारा उहाँले आज्ञापालन गर्न सिक्नुभयो,
9
र सिद्ध तुल्याइएर उहाँको आज्ञापालन गर्नेहरू सबैका निम्ति उहाँ अनन्त मुक्तिको स्रोत बन्नुभयो।
10
मल्कीसेदेकको दर्जाअनुसार प्रधान पूजाहारीको पदमा परमेश्वरद्वारा उहाँ नियुक्त हुनुभयो।
11
यस विषयमा हामीलाई भन्नु त धेरै छ, तर बुझाउनु गाह्रो छ, किनकि तिमीहरूको सुन्ने शक्ति मन्द भएको छ।
12
किनकि यतिको समयसम्म त तिमीहरू शिक्षक भइसक्नुपर्दथियो, तर अझै पनि तिमीहरूलाई कसैले परमेश्वरका वचनको आधारभूत शिक्षाहरू सिकाउनुपरेको छ। तिमीहरूलाई खँदिलो भोजन होइन, तर दूध चाहिन्छ।
13
दूध मात्र खाएर बाँच्ने मानिसचाहिँ धार्मिकताको वचनमा निपुण हुँदैन, किनकि त्यो बालकै हुन्छ।
14
खँदिलो भोजन त परिपक्व मानिसहरूका निम्ति हो। यिनीहरूको मानसिक शक्ति निरन्तर अभ्यासद्वारा असल र खराब छुट्ट्याउन सक्ने भएको हुन्छ।
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 6 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13