bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Hebrews 9
Hebrews 9
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 8
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 10 →
1
पहिलाको करारमा आराधनाका धर्म-विधिहरू र पार्थिव पवित्रस्थान पनि थिए।
2
एउटा पवित्र वासस्थान तयार भएको थियो, जसको पहिलो कोठाभित्र सामदान, टेबिल र भेटीका रोटीहरू थिए। यसलाई पवित्रस्थान भनिन्थ्यो।
3
दोस्रो चाहिँ पर्दाभित्र महापवित्र स्थान भनिने कोठा थियो,
4
जसमा सुनको धुपौरो र सुनले मोहोरिएको करारको सन्दूक थियो। सन्दूकभित्र मन्न राखेको सुनको भाँड़ो, कोपिला लागेको हारूनको लहुरो र करारका शिला-पाटीहरू थिए।
5
सन्दूकमाथि कृपा-आसनमा छाया पारिराख्ने ईश्वरीय महिमाका करूबहरू थिए। तर यी कुराका विषयमा अहिले हामी बिस्तारपूर्वक भन्न सक्दैनौं।
6
अब यी कुराहरूको प्रबन्ध गरिसकेपछि पूजाहारीहरू आफ्ना विधि र कर्तव्य पालन गर्दै निरन्तर बाहिरपट्टिको पवित्रस्थानभित्र प्रवेश गर्थे।
7
तर भित्रपट्टिको कोठामा भने प्रधान पूजाहारी मात्रै एकलै वर्षमा एक चोटि जान्छन्, सो पनि रगत नलगी होइन। त्यो रगत उनले आफ्नो निम्ति र मानिसहरूका पापको निम्ति चढ़ाउँछन्।
8
यसैबाट पवित्र आत्मा देखाउनुहुन्छ, कि जबसम्म बाहिरपट्टिको पवित्रस्थान रहिरहन्छ, तबसम्म महापवित्रस्थानभित्र जाने बाटो खुल्नेछैन।
9
यो त अहिले वर्तमान समयको निम्ति एक दृष्टान्त हो। यसले यही देखाउँछ, कि चढ़ाएका भेटी र बलिहरूले आराधकको विवेकलाई शुद्ध तुल्याउन सक्दैनन्।
10
ती केवल खाने, पिउने र विभिन्न विधिका स्नानहरू मात्र हुन्, अर्थात् शारीरिक धर्म-विधिहरू हुन्, जुनहरू सुधारको समय नआउञ्जेल स्थापना गरिएका थिए।
11
जब ख्रीष्ट अघिबाटै आइसकेका असल कुराहरूका प्रधान पूजाहारी भएर आउनुभयो, उहाँ अझ महान् र सिद्ध पवित्र वासस्थानद्वारा जानुभयो, जो हातले बनेको होइन, अर्थात् यस सृष्टिको अङ्ग होइन।
12
बोका र बाछाहरूको रगतले होइन, तर आफ्नै रगतद्वारा अनन्त उद्धार प्राप्त गरिदिएर सधैँको निम्ति एकै पल्ट महापवित्र स्थानभित्र उहाँ प्रवेश गर्नुभयो।
13
बोका र साँढ़ेहरूको रगत र कोरलीको खरानी अशुद्ध मानिसहरूमाथि छर्कदा तिनीहरूको शरीर शुद्ध हुन्छ भने,
14
ख्रीष्टको रगतले त झन् कति बढ़ी गरी तिमीहरूका विवेकलाई मरेका कामहरूबाट शुद्ध पार्नेछ, ताकि तिमीहरू जीवित परमेश्वरको सेवा गर्न सक। किनकि उहाँले अनन्त आत्माद्वारा आफैलाई निष्खोट बलिको रूपमा परमेश्वरलाई अर्पण गर्नुभयो।
15
यसैकारण उहाँ नयाँ करारका मध्यस्थ हुनुहुन्छ, यस हेतुले कि बोलावट भएकाहरूले प्रतिज्ञा गरिएको अनन्त उत्तराधिकार प्राप्त गरून्, किनकि एक जनाको मृत्युको मोल भइसकेको छ, जसद्वारा पहिलो करारको समयमा भएका अपराधहरूबाट उद्धार पाइन्छ।
16
किनकि जहाँ इच्छापत्रको प्रश्न छ त्यहाँ इच्छापत्र लेख्नेको मृत्यु भएको प्रमाणित हुनुपर्दछ।
17
उसको मृत्यु भएपछि मात्र इच्छापत्र पक्का हुन्छ, किनकि इच्छापत्र दिने बाँचुञ्जेल त्यो पक्का ठहर्दैन।
18
यसकारण पहिलो करार पनि रगतविना पक्का हुन सकेन।
19
जब मोशाले व्यवस्थाको हरेक आज्ञा मानिसहरूलाई सुनाइसके, तब उनले बाछा र बोकाहरूको रगत, पानी, रातो ऊन र हिसपका स्याउलासहित, व्यवस्थाको पुस्तकमाथि र सबै मानिसहरूमाथि छर्के।
20
अनि उनले यसो भने, “परमेश्वरले तिमीहरूलाई आज्ञा गर्नुभएको करारको रगत यही हो।”
21
यसै गरी उनले पवित्र वासस्थानमाथि र आराधनामा चलाइने सबै भाँड़ाहरूमाथि त्यसै किसिमले रगत छर्के।
22
वास्तवमा, व्यवस्थाअनुसार रगतले प्राय: सब थोक शुद्ध पार्दछ, र रगत नबगाईकन पापको क्षमा हुनै सक्दैन।
23
यदि स्वर्गीय कुराहरूका नमूनालाई शुद्ध पार्न यी विधिहरू चाहिए भने स्वर्गकै कुराहरूलाई शुद्ध पार्नु त अझ उत्तम बलिको आवश्यकता पर्यो।
24
ख्रीष्ट हातले बनाएको पवित्रस्थानभित्र प्रवेश गर्नुभएन, जोचाहिँ साँचो पवित्रस्थानको नकल मात्र हो, तर उहाँ स्वर्गभित्रै प्रवेश गर्नुभयो, र उहाँ हाम्रो पक्षमा परमेश्वरको सामु उपस्थित हुनुभएको छ।
25
येशू आफैलाई बारम्बार बलि चढ़ाउन स्वयम् पस्नुभएको होइन, जसरी प्रधान पूजाहारी सालिन्दा आफ्नै रगत होइन, तर अर्काको रगत लिएर महापवित्र स्थानभित्र प्रवेश गर्ने गर्दछन्।
26
नत्रता संसारको उत्पत्तिदेखि नै उहाँले बारम्बार दुःख भोग्नुपर्नेथियो। तर यस युगको अन्त्यमा आफ्नै बलिद्वारा पाप हटाउनलाई उहाँ सधैँको निम्ति एकै पल्ट प्रकट हुनुभएको छ।
27
जसरी मानिसको निम्ति एक पटक मर्नु निश्चित छ, र त्यसपछि इन्साफ,
28
त्यसरी ख्रीष्ट पनि धेरै जनाका पाप बोक्नलाई एकै पल्ट बलि हुनुभयो, र उहाँ दोस्रो पल्ट देखा पर्नुहुनेछ, पाप बोक्नका निम्ति होइन, तर उत्सुकतापूर्वक उहाँको प्रतीक्षा गर्नेहरूका उद्धारको निम्ति।
← Chapter 8
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 10 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13