bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Hebrews 7
Hebrews 7
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 6
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 8 →
1
यिनै मल्कीसेदेक शालेमका राजा र सर्वोच्च परमेश्वरका पूजाहारी थिए। राजाहरूलाई परास्त गरेर फर्कंदा यिनले अब्राहामलाई भेटे, र तिनलाई आशीर्वाद दिए।
2
यिनैलाई अब्राहामले सबै थोकको दशांश छुट्ट्याइदिए। यिनको नाउँको अर्थअनुसार यिनी पहिले धार्मिकताका राजा र त्यसपछि चाहिँ शालेमका राजा हुन्, अर्थात् शान्तिका राजा।
3
विनापिता, विनामाता, विनावंशावली, जीवनको आदि र अन्त्य नभएका, तर परमेश्वरका पुत्र स्वरूप, यिनी सदाकाल पूजाहारी भइरहन्छन्।
4
अब विचार गर त, यिनी कस्ता महान् पुरुष थिए, जसलाई अब्राहाम कुलपिताले पनि विजयमा हासिल गरेका थोकहरूको दशांश दिए?
5
पूजाहारी पदमा नियुक्त भएका लेवी वंशका मानिसहरूले आफ्नै दाजुभाइहरूबाट दशांश लिने आज्ञा व्यवस्थाबमोजिम पाएका थिए, यद्यपि तिनीहरू पनि अब्राहामकै सन्तान थिए।
6
तर लेवीका वंशावलीमा नपर्ने यिनै मानिसले अब्राहामबाट दशांश लिएका हुन्, र प्रतिज्ञाहरू पाउनेलाई नै यिनले आशीर्वाद दिएका हुन्।
7
यसमा विवाद गर्ने केही कुरै छैन, कि सानाले ठूलाबाट आशीर्वाद पाउँछ।
8
एकातिर मरणशील मानिसहरूले दशांश लिन्छन्, अर्कोतिर सदाकाल जीवित रहन्छन् भनी घोषणा गरिएका उनै एक जनाले सो लिन्छन्।
9
कसैले यो पनि भन्न सक्छ, कि दशांश पाउने लेवीले पनि अब्राहामद्वारा नै दशांश दिए।
10
किनभने मल्कीसेदेकले अब्राहामलाई भेट्दा लेवी आफ्ना पिताको शरीरभित्रै थिए।
11
अब यदि लेवीको पूजाहारी पदद्वारा सिद्धता प्राप्त हुँदो हो त (किनभने यसैको आधारमा मानिसहरूलाई व्यवस्था मिलेको थियो) हारूनको दर्जाबमोजिम नै नभएर फेरि मल्कीसेदेकको दर्जाअनुसार अर्को पूजाहारी खड़ा हुनलाई के जरूरत पर्थ्यो?
12
किनकि पूजाहारी पद बद्लिँदा व्यवस्था पनि बद्लिनैपर्छ।
13
किनकि जसको विषयमा यी कुराहरू भनिएका हुन्, उहाँ त अर्कै कुलका हुनुहुन्छ, जुन कुलबाट कसैले पनि कहिल्यै वेदीमा सेवा गरेको छैन।
14
किनभने यो प्रष्टै छ, कि हाम्रा प्रभु त यहूदाको कुलबाट उत्पन्न हुनुभएको हो। यस कुलको विषयमा पूजाहारीहरूका सम्बन्धमा मोशाले केही पनि भनेका छैनन्।
15
यदि मल्कीसेदेकजस्तै अर्को पूजाहारी खड़ा हुने हो भनेता यो कुरा अझ बढ़ी प्रष्ट हुन्छ,
16
जो पुर्ख्यौलीसम्बन्धी नियमको आधारमा होइन, तर अविनाशी जीवनका शक्तिको आधारमा पूजाहारी बनेका छन्।
17
किनकि उहाँको गवाही यो छ, “मल्कीसेदेकको दर्जाबमोजिम तिमी सधैँभरिको निम्ति पूजाहारी हौ।”
18
किनभने त्यो पहिलो आज्ञाचाहिँ कमजोर र बेकामको भएको हुनाले खारेज भएको छ,
19
(किनकि व्यवस्थाले केही कुरा सिद्ध तुल्याएन) र त्यसभन्दा अझ उत्तम आशा दिइएको छ, जसद्वारा हामी परमेश्वरको नजिक पुग्छौं।
20
अनि योचाहिँ विनाशपथ भएको होइन।
21
अघि पूजाहारी हुनेहरूले त साँच्ची नै विनाशपथ पूजाहारीको पद लिएका थिए, तर उहाँचाहिँ शपथसहित पूजाहारी बन्नुभयो, र उहाँको विषयमा परमेश्वर भन्नुहुन्छ, “परमप्रभुले शपथ खानुभएको छ, र आफ्नो मन बदल्नुहुनेछैन, ‘तिमी सधैँभरिको निम्ति पूजाहारी हौ’।”
22
यसैले येशूलाई उत्तम करारको जमानत बनाउँदछ।
23
अघिका पूजाहारीहरू धेरै संख्यामा थिए, किनकि मृत्युले तिनीहरूलाई कार्यमा लागिरहन दिँदैनथ्यो।
24
तर येशूचाहिँ अनन्त हुनुभएकोले उहाँको पूजाहारी पद अटल रहन्छ।
25
फलस्वरूप उहाँद्वारा परमेश्वरको नजिक आउनेहरूलाई उहाँले सदैव उद्धार गर्न सक्नुहुन्छ। किनभने तिनीहरूका निम्ति मध्यस्थताको प्रार्थना चढ़ाउन उहाँ सदैव जीवित रहनुहुन्छ।
26
किनकि यो उचित थियो कि हाम्रा लागि यस्ता एक जना प्रधान पूजाहारी हुनुपर्दछ, जो पवित्र, दोषरहित, निष्कलङ्क, पापीहरूबाट अलग र स्वर्गभन्दा पनि माथि उचालिएका हुनुहुन्छ।
27
अरू प्रधान पूजाहारीहरूले जस्तै पहिले आफ्नै पापको निम्ति र त्यसपछि मानिसहरूका पापको निम्ति उहाँले दिनहुँ बलिदान चढ़ाइरहनुपर्दैन। आफैलाई अर्पण गरेर उहाँले यो काम सधैँको निम्ति एकै पल्टमा पूरा गरिदिनुभयो।
28
किनकि व्यवस्थाले दुर्बल मानिसहरूलाई प्रधान पूजाहारी नियुक्त गर्छ, तर सदासर्वदाको निम्ति सिद्ध तुल्याइनुभएको परमेश्वरका पुत्रलाई व्यवस्थाभन्दा पछि आएको शपथको वचनले नियुक्त गर्छ।
← Chapter 6
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 8 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13