bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Hebrews 6
Hebrews 6
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 5
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 7 →
1
यसकारण ख्रीष्टसम्बन्धी प्राथमिक सिद्धान्तहरूलाई छोड़ेर हामी परिपक्वतातर्फ बढ़ौं। मृत्युतिर लैजाने कर्महरूबाट पश्चात्ताप र परमेश्वरमाथिको विश्वासका कुराको जग फेरि नबसालौं।
2
विभिन्न बप्तिस्माहरूसम्बन्धी शिक्षा, हात राख्ने काम, मरेकाहरूको पुनरुत्थान र अनन्त दण्डजस्ता कुराहरूको जग फेरि नबसालौं।
3
यदि परमेश्वरको अनुमति भयो भने हामी यसै गर्नेछौं।
4
किनकि तिनीहरू, जसले एक चोटि ज्योति पाएर स्वर्गीय वरदान चाखेका छन्, र पवित्र आत्माका सहभागी भएका छन्,
5
र परमेश्वरको उत्तम वचनको र आउने युगका शक्तिको स्वाद चाखेका छन्,
6
त्यसपछि पनि विश्वास त्याग गरी तिनीहरू पतित भए भनेता तिनीहरूलाई पश्चात्ताप गर्ने स्थितिमा फेरि ल्याउनु असम्भव छ। किनभने तिनीहरूले आफ्नै खातिर परमेश्वरका पुत्रलाई फेरि क्रूसमा टाँग्छन्, र खुल्लमखुल्ला उहाँको अपमान गर्छन्।
7
जुन जमिनले आफूमाथि सधैँ बर्सने पानी पिउँछ, र मानिसहरूका निम्ति खनजोत गरिएको छ, र तिनीहरूका निम्ति मन पर्ने अन्न-बाली उमार्छ, त्यस जमिनले परमेश्वरबाट आशिष् पाउँछ।
8
तर त्यसैले काँढ़ा र सिउँड़ीहरू उमार्यो भने त्यो बेकम्मा हुन्छ, र परमेश्वरको सराप पर्न सक्छ। अन्त्यमा त्यो जलाइन्छ।
9
हामीले यस्ता कुरा भने तापनि तिमीहरूका विषयमा चाहिँ, प्रिय हो, मुक्तिसम्बन्धीका अझ असल कुराको बारेमा हामी निश्चित छौं।
10
परमेश्वर अन्यायी हुनुहुन्न, र तिमीहरूका काम र उहाँको खातिर सन्तहरूका सेवामा तिमीहरूले देखाएको प्रेम उहाँले भुल्नुहुन्न। तिमीहरू अझै पनि त्यस्तै सेवा गरिराखेका छौ।
11
हामी चाहन्छौं, कि तिमीहरू प्रत्येकले आफ्ना सम्पूर्ण आशा प्राप्त गर्नका निम्ति अन्त्यसम्मै त्यही तत्परता देखाउनेछौ,
12
यस उद्देश्यले कि तिमीहरू सुस्त हुनेछैनौ, तर तिनीहरूका अनुकरण गर्नेछौ, जुनहरू विश्वास र धैर्यद्वारा प्रतिज्ञाका हकदार हुन्छन्।
13
परमेश्वरले अब्राहामलाई प्रतिज्ञा गर्नुहुँदा शपथ खान आफूभन्दा अझ ठूला अरू कुनै नभएकाले आफ्नै नाउँमा यसो भनेर शपथ खानुभयो,
14
“म निश्चय तँलाई आशिष् दिनेछु, र तेरो वृद्धि गर्नेछु।”
15
र यसरी धैर्य धारण गरेर अब्राहामले प्रतिज्ञा प्राप्त गरे।
16
मानिसहरू आफूभन्दा ठूलाको नाउँमा शपथ खान्छन्, र तिनीहरूको हरेक वाद-विवाद शपथबाटै पक्का गरिन्छ।
17
परमेश्वरले आफ्नो प्रतिज्ञाका हकदारहरूलाई बदली हुन नसक्ने उहाँको अभिप्राय पक्का गरी देखाउन चाहनुभयो। उहाँले शपथ खाएर नै त्यो निश्चय गरिदिनुभयो।
18
बदली हुन नसक्ने यी दुई कुराहरूमा परमेश्वर असत्य ठहरिनु असम्भव छ। यसैकारण हामी शरण लिनेहरूले हाम्रा सामु राखिदिएको आशा प्राप्त गर्ने ठूलो हौसला पाएका छौं।
19
हाम्रा आत्माको निम्ति दृढ़ र सुरक्षित लङ्गरको रूपमा यो आशा हामीसित छ। यो आशा पर्दाभित्रको पवित्रस्थानमा प्रवेश गर्दछ,
20
जहाँ हाम्रा पक्षमा अग्रदूत भएर मल्कीसेदेकको दर्जाअनुसार येशू प्रधान पूजाहारी भई प्रवेश गर्नुभएको छ।
← Chapter 5
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 7 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13