bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Hebrews 3
Hebrews 3
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 4 →
1
यसकारण स्वर्गीय बोलावटमा सहभागी भएका पवित्र भाइ हो, हामीले दृढ़ स्वीकार गरेका प्रेरित तथा प्रधान पूजाहारी येशूलाई विचार गर।
2
उहाँलाई नियुक्त गर्नुहुनेप्रति येशू विश्वस्त हुनुहुन्थ्यो, जसरी मोशा पनि परमेश्वरको परिवारमा विश्वस्त थिए।
3
मोशाभन्दा येशू अझ बढ़ी गौरवशाली ठहरिनुभयो, जसरी घरभन्दा घर बनाउनेको बढ़ी आदर हुन्छ।
4
किनभने हरेक घर कुनै न कुनै मानिसबाट बनाइएको हुन्छ, तर सब थोक बनाउने त परमेश्वर नै हुनुहुन्छ।
5
अब भविष्यमा बोलिने कुराका गवाहीको निम्ति मोशा परमेश्वरका सारा घरानामा दासको रूपमा विश्वस्त थिए।
6
तर ख्रीष्टचाहिँ परमेश्वरका घरानामा पुत्रको रूपमा विश्वस्त हुनुहुन्थ्यो। यदि हाम्रो आशामा हामीले आफ्नो भरोसा र गौरव अन्त्यसम्मै थामिराख्यौं भने हामी उहाँका परिवार हौं।
7
यसकारण पवित्र आत्मा भन्नुहुन्छ, “आज तिमीहरूले उहाँको शब्द सुन्यौ भने,
8
उजाड-स्थानमा परीक्षाको समयमा विद्रोहका दिनमा गरेजस्तो आफ्ना हृदयलाई कठोर नपार,
9
जहाँ तिम्रा पुर्खाहरूले मेरो परीक्षा गरे, र चालीस वर्षसम्म मेरा कामहरू देखे।
10
यसकारण त्यस पुस्तासँग म क्रोधित भएँ, र भनें, ‘तिनीहरूका हृदय सधैँ बरालिन्छन्, तिनीहरूले मेरा मार्ग चिनेका छैनन्।’
11
यसैले मैले आफ्नो क्रोधमा यसरी शपथ खाएँ, ‘मेरो विश्राममा तिनीहरू कहिल्यै पस्नेछैनन्’।”
12
भाइ हो, होश गर, तिमीहरूमध्ये कसैमा भएको दुष्ट र अविश्वासी हृदयले तिमीहरूलाई जीवित परमेश्वरबाट टाढ़ा नलैजाओस्।
13
जबसम्म “आजको दिन” भन्ने कुरा छ, तबसम्म एउटाले अर्कालाई अर्ती देओ, र पापको छलछामले तिमीहरू कसैको हृदय कठोर नहोस्।
14
यदि हामीले हाम्रो सुरुको भरोसालाई अन्त्यसम्मै दृढ़तासाथ थामिराख्यौं भने, हामी ख्रीष्टका सहभागी भएका छौं।
15
धर्मशास्त्रले भन्दछ, “आजै तिमीहरूले उहाँको शब्द सुन्यौ भने विद्रोहका दिनमा जस्तै गरी आफ्नो हृदय कठोर नपार।”
16
सुन्नेहरू को थिए, जसले सुनेर पनि विद्रोह गरे? के ती सब तिनीहरू नै होइनन् र, जो मोशाको नेतृत्वमा मिश्रदेशबाट निस्किआएका थिए?
17
कोसँग उहाँ चालीस वर्षसम्म क्रोधित हुनुभयो? के ती पाप गर्नेहरूसँग होइन, जुनहरू उजाड-स्थानमा मरेर गएका थिए?
18
आज्ञा नमान्नेहरू नै उहाँको विश्राममा कहिल्यै पस्न पाउनेछैनन् भनी उहाँले शपथ खानुभएको होइन र?
19
यसैले हामी देख्तछौं, अविश्वासको कारणले नै तिनीहरू पस्न सकेनन्।
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 4 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13