bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Job 15
Job 15
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 14
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 16 →
1
तब एलीपज तेमानीले जवाफ दिए:
2
“के बुद्धि भएको मानिसले यस्ता खोक्रो विचारयुक्त उत्तर दिन्छ? अथवा आफ्नो पेटमा पूर्वी बतास रहन्छ?
3
के उहाँले यस्ता बेकामका कुराहरू, मूल्य नभएका शब्दहरूद्वारा बहस गर्नुहुन्छ?
4
तर तपाईं ता मानिसहरूलाई परमेश्वरको भय मान्नलाई बाधा दिनुहुन्छ, र परमेश्वरप्रतिको भक्तिमा क्षति पुर्याउनुहुन्छ।
5
तपाईं जे भन्नुहुन्छ त्यो त तपाईंको अधर्मले नै भन्न लाउँछ अनि छलको भाषा तपाईं रुचाउनुहुन्छ।
6
तपाईं आफ्नै कुराबाट दोषी ठहरिनुभएको छ, मबाट त होइन। तपाईंको आफ्नै ओठले तपाईंको विरुद्धमा साक्षी दिन्छ।
7
के तपाईं मानिस जातिमा सबैभन्दा पहिले जन्मनुभएको हो? के तपाईंको उत्पत्ति डाँड़ाहरूभन्दा पहिले भएको हो?
8
के तपाईं परमेश्वरको गुप्त सभामा बसेर सुन्नुहुन्छ? अथवा सबै बुद्धिका कुरा तपाईं आफ्नै मात्र बनाउनुहुन्छ?
9
हामीले नजानेका कुन कुरा तपाईं जान्नुहुन्छ? हामीमा नभएको अन्तर्ज्ञान तपाईंमा के छ?
10
हाम्रा बीचमा वृद्ध र पाका मानिसहरू छन्, तपाईंका पिताभन्दा पनि वृद्ध मानिस हाम्रा साथमा छन्।
11
तपाईंको कानमा बिस्तारै परेको मधुरो शब्द, परमेश्वरको सान्त्वना के तपाईंको निम्ति यथेष्ट छैन?
12
केले तपाईंको हृदयमा यस्तो आँट दिन्छ? अनि तपाईं किन आफ्नो आँखा फुकाएर हेर्नुहुन्छ?
13
र तपाईं आफ्नो रीस परमेश्वरलाई पोखाउनुहुन्छ, अनि आफ्ना मुखबाट यस्ता शब्दको भल निकाल्नुहुन्छ?
14
“निर्बल मानिस के हो र त्यो निर्दोष हुन सक्छ? अथवा स्त्रीबाट जन्मेको कुनै बालक, के त्यो धर्मी ठहरिन सक्छ?
15
परमेश्वरले आफ्नै पवित्र जनमाथि भरोसा राख्नुहुन्न र स्वर्ग नै उहाँको दृष्टिमा निर्दोष छैन भने,
16
मानिस त झन् कति कम होला, जो घिनलाग्दो र सड़ेको हुन्छ, र जसले अधर्मलाई पानीझैँ पिउँदछ!
17
सुन्नुहोस् र तपाईंलाई म बताउनेछु, र मैले देखेको कुरा म बयान गर्नेछु।
18
जुन कुरा ज्ञानीहरूले आफ्ना पुर्खाहरूबाट पाएको केही नलुकाईकन घोषणा गरेका छन्।
19
(उनीहरूलाई मात्र देश अधिकार गर्न दिइएको थियो, उनीहरूसँग कुनै विदेशी बसेका थिएनन्।)
20
दुष्ट आफ्नो जीवनकालभरि नै दु:खले सताइएको हुन्छ, निष्ठुर मानिसका वर्षहरू गनेर तोकिएका हुन्छन्।
21
त्रासको शब्द त्यसको कानमा गुञ्जिरहन्छ, शान्तिको समयमा पनि नाश गर्ने त्यसमाथि आइलाग्नेछ।
22
अन्धकारको मुखबाट त्यसले उम्कने आशा गर्न सक्दैन, तरवारले मारिन त्यो छानिएको छ।
23
गिद्धको लागि आहारा फ्याँकिएझैँ त्यो फ्याँकिन्छ, आफ्नो विनाश निश्चय नै आउँछ भनी त्यस्तो मानिसले जान्दछ।
24
दु:ख र सुर्ताले त्यसलाई त्रसित बनाउँछ, युद्ध गर्न तयार भएका राजाझैँ तिनीहरूले त्यसलाई व्याकुल पार्छन्।
25
किनभने त्यसले परमेश्वरको विरुद्धमा आफ्नो हात उठाएको छ, र सर्वशक्तिमान्को विरुद्धमा जोरी खोजेको छ।
26
आफ्नो बाक्लो र विशाल ढाल लिएर परमेश्वरको विरुद्धमा आक्रमण गर्न त्यो जाइलाग्छ।
27
“त्यसको गाला चिल्लोले भरिएको र त्यसको कम्मर बोसोले भरिएको भए तापनि
28
त्यो नाश भएको सहर र घरमा बस्नेछ, जहाँ कोही बस्दैनन्, ती घरहरू जो भत्केर ढुङ्गाको थुप्रो हुनेछन्।
29
त्यो अब उप्रान्त धनी हुनेछैन, र उसको सम्पत्ति रहनेछैन। न त उसको सम्पत्ति जमिनमा फैलिनेछ।
30
अन्धकारबाट ऊ उम्कन सक्नेछैन, ज्वालाले त्यसका टुसाहरू चाउरिनेछन्, अनि परमेश्वरको सासले त्यसलाई उड़ाएर लैजानेछ।
31
बेकामका कुराहरूमाथि भरोसा गरेर त्यसले आफैलाई धोका नदेओस्, किनभने त्यसले सट्टामा केही पाउनेछैन।
32
उसको समयभन्दा पहिले नै उसलाई पूर्ण रूपले चुक्ता गरिनेछ, अनि उसका हाँगाहरू सप्रने छैनन्।
33
काँचैमा फल टिपिएका अंगूरका बोटजस्तै त्यो हुनेछ, फूलहरू झरेको भद्राक्षको बोटझैँ त्यो हुनेछ।
34
किनभने ईश्वरहीनहरूको समूह सबै बाँझो हुनेछ, घूस मन पराउनेहरूका पालहरू आगोले नष्ट हुनेछन्।
35
तिनीहरू कष्ट गर्भ धारण गर्दछन्, र खराबी जन्माउँछन्, तिनीहरूका गर्भहरूले छल रच्दछन्।”
← Chapter 14
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 16 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42