bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Job 41
Job 41
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 40
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 42 →
1
के तैंले बल्छीले लिव्यातन्लाई तान्न सक्छस्? अथवा त्यसको जिब्रोमा पासोको डोरी लगाउन सक्छस्?
2
के तैंले त्यसको नाक छेड़ेर डोरी लगाउन सक्छस्? अथवा त्यसको च्यापु बल्छीले छेड्न सक्छ?
3
के दयाको लागि त्यसले तँसित बिन्ती गर्छ? अथवा आफ्नो निम्ति त्यसले तँसित नम्र सोरमा भिक्षा माग्छ?
4
तेरो जीवनभरि नै तेरो कमारा हुनलाई के त्यसले तँसित बाचा बाँध्छ र?
5
चरालाई पालेकोझैँ के तँ त्यसलाई पाल्न सक्छस्? अथवा तेरा कमारीहरूका निम्ति त्यसलाई डोरीले बाँधेर राख्न सक्छस्?
6
के व्यापारीहरूले त्यसको निम्ति भाउ कसाकस गर्छन् र? अथवा व्यापारीहरूले त्यसलाई भाग-भाग गर्छन् र?
7
के तैंले त्यसको छालामा भालाले अथवा त्यसको टाउकोलाई माछा मार्ने भालाले रोप्न सक्छस्?
8
यदि तैंले आफ्नो हात त्यसको विरुद्धमा उठाइस् भने, त्यससित लड़ाइँ गर्दा भोग्नुपर्ने कठिनाइहरू तैंले सम्झिनेछस् र फेरि कहिल्यै त्यसो गर्ने छैनस्?
9
त्यसलाई अधीनमा ल्याउने आशा झूट हो, त्यसको हेराइले मात्र पनि हताश पार्छ,
10
त्यसलाई जगाउन सक्ने कोही पनि त्यो भन्दा भयानक छैन, उसो भए मेरो सामु उभिन सक्ने को छ त?
11
मैले तिर्नु पर्छ भन्ने मेरो विरुद्धमा कसको दाबी छ? स्वर्गमुनिका सबै थोक मेरा नै हुन्।
12
“त्यसका अङ्गहरू, त्यसको बल, र त्यसको आकारको सौन्दर्यको विषयमा भन्न म चुक्नेछैन।
13
त्यसको बाहिरको पोशाकलाई कसले उतार्न सक्छ? अथवा लगाम लिएर को नजिक जान सक्ला?
14
कसले त्यसको मुखका ढोकाहरू उघार्न साहस गर्ला? किनभने त्यसका दाँतका लहरहरू डरलाग्दा हुन्छन्।
15
दर्शन-ढुङ्गाको पर्खालले घेरिएको जस्तै ढालका लहर टम्म जोड़ेर राखेको जस्तै त्यसको ढाड़ हुन्छ।
16
त्यो एउटामाथि अर्को खापाखाप भएर रहेको हुन्छ र हावा पनि त्यसको बीचबाट छिर्न सक्दैन।
17
ती एक-अर्कासँग यस्तो प्रकारले टाँसिएर बसेका हुन्छन् कि तिनीहरू कसै गरेर पनि छुट्टिन सक्दैनन्।
18
त्यसले छिउँ काढ्दा ज्वाला निकाल्छ, र त्यसका आँखा सूर्योदयजस्तै चम्कन्छन्।
19
त्यसको मुखबाट राँको र झिल्काहरू धाराजस्तै निस्कन्छन्।
20
पूरा दाउराको आगोमाथि उम्लदै गरेको कराही राखेझैँ त्यसका नाकका प्वालबाट धूवाँ निस्कन्छ।
21
त्यसको सासले झन् कोइलालाई बालिदिन्छ, र त्यसको मुखबाट आगोको ज्वाला चम्कन्छ।
22
त्यसको घिच्रोमा बल भरिएको हुन्छ, आपद् त्यसको अघि-अघि जान्छ
23
त्यसको मासु बटारिएको हुन्छ, केही कुराले थिचिए तापनि त्यो दबिदैन।
24
त्यसको छाती ढुङ्गाजस्तै कड़ा हुन्छ, जाँतोको तल्लो पाटाझैँ त्यो दृढ़ हुन्छ।
25
त्यो खड़ा हुँदा वीर मानिसहरू पनि डराउँछन्, त्यसको हमलामा तिनीहरू पछि हट्छन्।
26
तरवार अथवा भाला, चुपी वा बर्छाले त्यसलाई घोच्यो भने पनि त्यसको केही असर हुँदैन।
27
फलामलाई त त्यसले परालजस्तै ठान्छ, वा काँसा त्यसको निम्ति कुहेको काठझैँ हुन्छ।
28
कुनै पनि काँड़ले त्यसलाई भगाउन सक्दैन, घुयेँत्रोको ढुङ्गा त्यसको लागि भुसजस्तै हुन्छ।
29
मुङ्ग्रो त्यसको निम्ति निगालोजस्तो मात्र हुन्छ, बर्छा चलाउँदा ता त्यो हाँसिदिन्छ।
30
त्यसका नङ्ग्रा तिखा-तिखा खपटाजस्तै छन्, त्यो हिँड्दा हिलोलाई दाउने दाँदेझैँ यताउता घोल्छ!
31
त्यसले गहिरो पानीलाई कराहीको पानीजस्तै उमाल्छ, र भाँड़ामा मलहम घोलेझैँ त्यसले समुद्रलाई घोल्छ।
32
त्यो हिँड्दा त्यसले आफूपछि झल्किने दाग छोड़िराख्छ, महानदीको सेतो केश भएजस्तै लाग्छ?
33
पृथ्वीमा त्यसको बराबरी कोही छैन, किनभने त्यो ता डरविनाको प्राणी हो।
34
त्यसले सबै हठीहरूलाई तुच्छ दृष्टिले हेर्छ, त्यो त सबै घमण्डीहरूको राजा हो।”
← Chapter 40
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 42 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
Recommended Reading
Commentary
Job Commentaries
→
Devotional
Job Devotional Guide
→
Get This Bible
NNRV Study Bible
→