bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Job 9
Job 9
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 8
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 10 →
1
अय्यूबले जवाफ दिए:
2
निश्चय नै यो सत्य हो भनी म जान्दछु, तर परमेश्वरको अघि कुनै मानिसले आफूलाई कसरी धर्मी ठहराउन सक्छ?
3
यदि कुनै मानिसले परमेश्वरसित बहस गर्न इच्छा गर्यो भने, त्यसले हजारमा एउटा प्रश्नको जवाफ दिन सक्दैन।
4
उहाँ ज्ञानी हुनुहुन्छ, उहाँ शक्तिशाली हुनुहुन्छ। उहाँको प्रतिरोध गरी जिद्दी गरेर कुन मानिस बाँच्न सकेको होला?
5
उहाँले पर्वतहरूलाई तिनीहरूले थाहै नपाई सार्नुहुन्छ, र क्रोधमा तिनीहरूलाई पल्टाउनुहुन्छ।
6
उहाँले पृथ्वीलाई त्यसका ठाउँबाट हल्लाउनुहुन्छ, र त्यसका सबै जगहरू काम्छन्।
7
उहाँले सूर्यलाई उदय नहुने आज्ञा गर्नुहुन्छ र ताराहरूका प्रकाशलाई बन्द गर्नुहुन्छ।
8
उहाँले नै हो आकाश फिँजाउनुभएको, र उहाँ नै समुद्रका छालहरूमाथि हिँड्नुहुन्छ।
9
उहाँले सप्तर्षि, मृगशिरा र किरकिटी ताराहरू र दक्षिणका तारागण बनाउनुभयो।
10
महान् र अथाह कार्यहरू, अनगन्ती आश्चर्यका कामहरू उहाँ गर्नुहुन्छ।
11
उहाँ मेरो छेउबाट भएर जानुहुन्छ, म उहाँलाई देख्न सक्दिनँ, उहाँ आफ्नो बाटो लाग्नुहुँदा मलाई थाहै हुँदैन।
12
उहाँले खोस्नुभयो भने कसले उहाँलाई रोक्न सक्छ? तपाईं के गर्दैहुनुहुन्छ भनी कसले उहाँलाई सोध्न सक्छ?
13
परमेश्वरले आफ्नो क्रोध शान्त गर्नुहुन्न, राहाबका सहयोगीहरू उहाँका खुट्टामा निहुरन्छन्।
14
यसो हो भने, म कसरी उहाँसित झगड़ा गर्न सक्छु, अथवा उहाँसित विवाद गर्न म कसरी शब्दहरू पाउन सक्छु?
15
म निर्दोष भए तापनि उत्तरै दिन सक्दिनँ, मलाई दोषी ठहराउनुहुनेसँग म कृपाको निम्ति बिन्ती मात्र गर्न सक्छु।
16
उहाँलाई मैले बोलाउँदा उहाँ आउनुभए तापनि उहाँले मेरो उजूर सुन्नुहुन्छ भनी म विश्वासै गर्न सक्दिनँ।
17
उहाँले मलाई आँधीद्वारा पिस्नुहुन्छ। विनाकारण मेरा चोटहरू बढ़ाउनुहुन्छ।
18
उहाँले पुन: सास फेर्न पनि दिनुहुन्न, तर आपद्-विपद्ले मेरो मन व्याकुल पार्नुहुन्छ।
19
यदि यो सामर्थ्यको कुरा हो भने, उहाँ महान् हुनुहुन्छ, र यदि यो इन्साफको कुरा हो भने, उहाँलाई कसले बोलाउन सक्छ?
20
म निर्दोष भए तापनि मेरै मुखले मलाई दोषी ठहराउँछ। म निरपराधी भए तापनि यसले मलाई दोषी घोषणा गर्नेछ।
21
“यद्यपि म निर्दोष छु, तापनि म आफ्नो निम्ति केही वास्ता गर्दिनँ, म आफूलाई घृणा गर्दछु।
22
तर कुरो त एउटै छ, यसैकारण म भन्दछु, ‘उहाँले निर्दोष र दुष्ट दुवैलाई नष्ट गर्नुहुन्छ।’
23
जब विपत्तिले एक्कासि मृत्यु ल्याउँछ, उहाँले निर्दोषको दशामाथि ठट्टा गर्नुहुन्छ।
24
जब जमिन दुष्टहरूको हातमा पर्छ, उहाँले सबै न्यायकर्ताहरूका आँखा बन्द गरिदिनुहुन्छ। अथवा त्यो गर्नुहुने उहाँ हुनुहुन्न भने त को हो?
25
मेरो आयु धावकभन्दा पनि वेगसित दौड़न्छ, कुनै हर्षको झल्कोविना नै त्यो बित्दै जाँदैछ।
26
निगालाको डुङ्गाजस्तै ती चाँड़ो बगेर जान्छन्, चीलहरू आफ्नो शिकारमाथि वेगले झम्टेझैँ।
27
म आफ्ना दु:ख बिर्सनेछु, म खुशीको अनुहार देखाएर हाँस्नेछु, भनी मैले भने तापनि,
28
मैले भोग्नुपर्ने सबै दु:खदेखि म डराउँछु, म जान्दछु कि तपाईंले मलाई निर्दोष ठहराउनुहुन्न।
29
म दोषी ठहरिसकेको छु भने, म किन व्यर्थमा परिश्रम गरौं?
30
मैले आफूलाई साबूनले नुहाएँ तापनि, अथवा सोडाले आफ्नो हात सफा गरी धोएँ भने,
31
तापनि तपाईं मलाई हिलैमा फाल्नुहुन्छ, र मेरा लुगाले पनि मलाई घृणा गर्नेछन्।
32
“उहाँ मजस्तै मानिस हुनुहुन्न, कि म उहाँलाई जवाफ दिन सकौं, अथवा अदालतमा हामी एउटा अर्काको सामना गर्न सक्छौं।
33
हाम्रा बीचमा कोही मध्यस्थ भए, हामी दुईमाथि हात राख्ने कोही भएता,
34
परमेश्वरको लाठो मेरो पीठबाट हटाउनुहुने कोही भएता यसरी उहाँको त्रास अबदेखि ममाथि आउनेथिएन।
35
तब म उहाँसँग नडराई बोल्ने थिएँ, तर अहिलेको यो अवस्थामा म सक्दिनँ।
← Chapter 8
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 10 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
Recommended Reading
Commentary
Job Commentaries
→
Devotional
Job Devotional Guide
→
Get This Bible
NNRV Study Bible
→