bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Job 22
Job 22
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 21
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 23 →
1
तब एलीपज तेमानीले जवाफ दिए:
2
के मानिस परमेश्वरको लागि केही लाभको हुन्छ र? के कुनै बुद्धिमानी मानिस पनि उहाँको निम्ति लाभको हुन सक्छ र?
3
यदि तपाईं धर्मी हुनुभए पनि सर्वशक्तिमान्लाई यसले के आनन्द दिन्छ र? तपाईंका मार्गहरू निर्दोष भए तापनि त्यसले उहाँलाई के लाभ हुन्छ र?
4
“के तपाईंको धार्मिकताको लागि उहाँ तपाईंलाई हप्काउनुहुन्छ र तपाईंको विरुद्ध दोष लाउनुहुन्छ?
5
के तपाईंको दुष्टता ठूलो छैन? र के तपाईंको दुष्टताको सीमा नाघिसकेको छैन र?
6
केही कारणविना नै तपाईं आफ्ना भाइहरूबाट सुरक्षा माग्नुहुन्छ? तपाईं मानिसहरूका लुगा खोसेर तिनीहरूलाई नाङ्गो पार्नुहुन्छ।
7
थाकेको मानिसलाई तपाईंले पानी दिनुभएन, र भोकाएको मानिसलाई तपाईं भोजन दिनलाई इन्कार गर्नुहुन्छ।
8
तपाईं जमिन भएका शक्तिशाली मानिस, त्यहाँ बस्ने इज्जतदार मानिस भए तापनि
9
तपाईंले ता विधवाहरूलाई रित्तो हात फर्काउनुभयो, र टुहुरा-टुहुरीहरूको बल तोड्नुभयो।
10
यसैले तपाईंका मार्गका चारैतिर पासोहरू छन्, अनि तपाईं एक्कासि डरले भरिनुहुन्छ।
11
यसैले धेरै निस्पट्ट अँध्यारो भएको छ र तपाईं देख्न सक्नुहुन्न, र भलको पानीले तपाईंलाई डुबाएको छ।
12
“निश्चय नै परमेश्वर त आकाशको शिरबिन्दुमा हुनुहुन्छ, र सबै सर्वोच्च ताराहरू कति महान् छन् भनी देख्नुहुन्छ।
13
तर तपाईं भन्नुहुन्छ, परमेश्वर के जान्नुहुन्छ र? ‘उहाँले यस्तो अँध्यारोबाट न्याय गर्नुहुन्छ?
14
आकाशमण्डलमा उहाँ यताउता हिँड्नुहुँदा, उहाँको आँखाले बादलहरूको पर्दालाई छिचल्न सक्दैन।
15
दुष्ट मानिसको पुरानो चालमा के तपाईं हिँड्नुहुन्छ?
16
तिनीहरू आफ्नो समय अघि नै हटाइए, भलले तिनीहरूका जग नै बगाएर लग्यो।
17
ती मानिसहरूले परमेश्वरलाई भने, ‘हामीलाई छोड़िदिनुहोस्, सर्वशक्तिमान्ले हामीलाई के गर्न सक्नुहुन्छ र?’
18
तापनि उहाँले तिनीहरूका घरहरू असल-असल थोकहरूले भरिदिनुभएको थियो। यसर्थ म दुष्टको सल्लाहदेखि अलग बस्छु।
19
तिनीहरूका दुर्दिन देखेर धर्मीहरू आनन्दले मग्न हुनेछन्, निर्दोषहरू तिनीहरूको ठट्टा गरेर यसो भन्दै हाँस्छन्,
20
निश्चय हाम्रा शत्रुहरू नाश पारिए, र तिनीहरूका धन-दौलत आगोले भस्म हुन्छ।
21
“अब परमेश्वरका अधीनमा हुनुहोस् र उहाँसित मिलाप गर्नुहोस्। यसरी तपाईंको सुदिन फर्केर तपाईंकहाँ आउनेछ।
22
उहाँको मुखबाट शिक्षा लिनुहोस्, र तपाईंले आफ्नो हृदयमा उहाँका वचनहरू सञ्चय गर्नुहोस्।
23
नम्रसित तपाईं सर्वशक्तिमान्तिर फर्केर आउनुभयो भने, तपाईंलाई पुनर्स्थापना गरिनेछ, तपाईंले आफ्नो घरबाट खराबी त्यागिदिनुभयो भने,
24
तपाईंले आफ्ना सुनका ससाना ढिकाहरू धूलोमा मिलाउनुभयो भने, ओपीरको सुनलाई खोल्साको ढुङ्गासरह मान्नुभयो भने,
25
सर्वशक्तिमान् नै तपाईंको निम्ति सुन हुनुहुनेछ, र उहाँ नै तपाईंको निम्ति सबैभन्दा असल चाँदी हुनुहुनेछ।
26
तब सर्वशक्तिमान्मा नै तपाईंले आनन्द पाउनुहुनेछ। र तपाईंले आफ्ना नजर परमेश्वरतिर उठाउनुहुनेछ।
27
तपाईंले उहाँलाई प्रार्थना गर्नुहुनेछ, र उहाँले सुन्नुहुनेछ, र तपाईंले आफ्नो भाकल पूरा गर्नुहुनेछ।
28
तपाईंले जे निर्णय गर्नुहुनेछ, त्यो पूरा हुनेछ, तपाईंको बाटोमा ज्योति चम्कनेछ।
29
जब मानिसहरू होच्याइन्छन् र तपाईंले भन्नुहुनेछ, ‘यिनीहरूलाई उचाल्नुहोस्,’ र उहाँले होच्याइएकालाई बचाउनुहुनेछ।
30
उहाँले निर्दोष नभएकालाई पनि छुटाउनुहुनेछ। तपाईंको हात निर्दोष भएकोले गर्दा उहाँले उनीहरूलाई छुटकारा दिनुहुनेछ।”
← Chapter 21
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 23 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
Recommended Reading
Commentary
Job Commentaries
→
Devotional
Job Devotional Guide
→
Get This Bible
NNRV Study Bible
→