bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Job 3
Job 3
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 4 →
1
तब अय्यूबले आफ्नो मुख खोलेर, आफ्नो जन्मेको दिनलाई धिक्कार्न लागे।
2
अनि तिनले भने:
3
“धिक्कार होस्, म जन्मेको दिनलाई, ‘एउटा बालकको जन्म भयो’ भनिएको रात।
4
त्यो दिन अन्धकारमा परिवर्तन होस्। स्वर्गबाट परमेश्वरले त्यसको वास्ता नगरून्, ज्योति त्यसमाथि नचम्कोस्।
5
अन्धकार र मृत्युको छायाले त्यो रातलाई छोपोस्। बादलले त्यस दिनलाई ढाकोस्। त्यसको उज्यालोलाई अन्धकारले निभाइदेओस्।
6
निस्पट्ट अँध्यारोले त्यस रातलाई निलोस्, वर्षका दिनहरूमा त्यस रातको गन्ती नहोस्। महिनाको गन्तीमा त्यो आउन नपाओस्।
7
त्यो रात सदासर्वदाको निम्ति बाँझो रहोस्, त्यसमा कुनै रमाहटको सोर नसुनिओस्।
8
जसले दिनहरूलाई सराप्छ त्यस दिनलाई सरापोस् जो लिव्यातन्लाई उठाउन तयार छ।
9
त्यसको बिहानीको कुनै ताराले प्रकाश नदेओस्। बिहानको उज्यालो त्यसले व्यर्थमा प्रतीक्षा गरिरहनुपरोस्। त्यस दिनले उषाको प्रथम किरणलाई देख्नै नपाओस्।
10
किनभने कष्ट मेरो आँखाबाट छल्नलाई मलाई जन्माउने गर्भको ढोका त्यसले थुनेन,
11
“म जन्मने बित्तिकै किन खतम भइनँ? गर्भबाट निस्कनासाथ म किन मरिनँ?
12
मलाई ग्रहण गर्नलाई काख र मेरो स्याहार गर्न स्तनहरू किन थिए?”
13
त्यसो हुँदो हो ता म शान्तिसित शून्य चिहानमा पड़िरहनेथिएँ, म मृत्युको निद्रामा सुतिरहनेथिएँ, र विश्राममा हुनेथिएँ,
14
संसारका राजा र सल्लाहकारहरूका साथमा, जसले आफ्नो लागि स्थानहरू बनाए जुनहरू आज ध्वंस बनिसकेका छन्,
15
शासकहरूसित जोसँग सुन थियो, जसले आफ्ना घरहरू चाँदीले भरे।
16
समय नपुगी तुहेको बालकझैँ मलाई किन जमिनभित्र लुकाइएन, दिनको उज्यालो कहिल्यै नदेखेको बालकझैँ?
17
त्यहाँ दुष्टहरू खल्याङ मल्याङबाट आराम पाउँछन्, त्यहाँ थकितहरू विश्राममा हुन्छन्।
18
बँधुवाहरू सुखमा रमाउँछन्, र अबोप्रान्त कमारा खटाउनेको सोर त्यहाँ सुनिँदैन।
19
ठूला र साना त्यहाँ छन्, त्यहाँ कमारा आफ्ना मालिकबाट मुक्त भएको हुन्छ।
20
“दु:खमा हुनेहरूलाई उज्यालो देख्न किन दिइन्छ? मनमा दिक्क हुनेहरूलाई जीवन किन दिइन्छ?
21
तिनीहरूलाई जसले मृत्युको प्रतीक्षा गर्दछन्, तर मृत्यु आउँदैन, गाड़धन खोजेको भन्दा पनि धेरै जोशसँग तिनीहरू मृत्यु खोज्छन्।
22
जुनहरू चिहानमा पुग्दा आनन्दले मग्न हुन्छन् र रमाउँछन्?
23
परमेश्वरले चारैतिर घेरा लगाउनुभएको बाटोमा, जसको बाटो लुकाइएको हुन्छ तिनीहरूलाई किन जीवन दिइन्छ?
24
मेरो भोजनको सट्टा सुस्केरा आउँछ, मेरा आर्तनादहरू पानी झैँ मबाट निस्कन्छन्।
25
मलाई तर्साउने त्रासहरूले मलाई समातेका छन्, जे-जेदेखि म डराउँछु, ती ममाथि आइपरेका छन्।
26
मेरो मनमा न त शान्ति छ, न मेरो निम्ति विश्राम नै छ, तर खलबल मात्र छ।
← Chapter 2
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 4 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42