bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Job 4
Job 4
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 5 →
1
तब एलीपज तेमानीले जवाफ दिए:
2
“यदि कसैले तपाईंसित कुरा गर्ने आँट गर्यो भने, के तपाईं अधीर बन्नुहुन्छ? तर को नबोली बस्न सक्ला?
3
सम्झनुहोस्, तपाईंले कसरी धेरैलाई शिक्षा दिनुभयो, निर्बल हातलाई तपाईंले कसरी बलिया पार्नुभएको छ।
4
ठक्कर खानेहरू तपाईंका वचनले सम्हालिए, र तपाईंले निर्बल घुँड़ाहरूलाई बल दिनुभयो।
5
तर अब सङ्कष्ट तपाईंमाथि आइलाग्यो र तपाईं निरुत्साहित हुनुहुन्छ। यसले प्रहार गर्दा तपाईं हरेस खानुहुन्छ।
6
के तपाईंको धर्म नै तपाईंको निम्ति भरोसा र तपाईंको निर्दोष जीवन तपाईंको निम्ति आशा हुनुपर्दैन र?”
7
“किनभने सोच्नुहोस्: कुनै निर्दोष मानिस कहिल्यै नाश भएको छ? सोझो मानिसले कहाँ कष्ट पाएको तपाईंले देख्नुभएको छ?
8
मैले देखेको छु, कि अधर्म जोत्ने र दु:ख छर्नेहरूले, आफैले छरेको कुराको कटनी गर्छन्।
9
परमेश्वरको सासले तिनीहरू ध्वंस हुन्छन्, र उहाँको क्रोधको रापले तिनीहरू नष्ट हुन्छन्।
10
सिंहहरू गर्जून् र घुरून् तापनि ठूला सिंहहरूका दाँत भाँचिन्छन्
11
शिकारको अभावले सिंह मासिन्छ, अनि सिंहनीका डमरुहरू छरपष्ट हुन्छन्।
12
“एउटा कुरा सुस्त-सुस्त मेरो कानमा आयो, र त्यसको कानेखुसी मेरो कानले सुन्यो।
13
रातका बेचैन सपनाहरूमा, जब मानिसहरू घोर निद्रामा परेका हुन्छन्,
14
त्रास र थरहरीले मलाई पक्रे, र मेरा हाड़हरूलाई कमायो।
15
एउटा आत्मा मेरो छेउ भएर गयो, र मेरो शरीरको रौँ खड़ा भयो।
16
त्यो रोयो, तर त्यो के हो मैले ठम्याउन सकिनँ, एउटा आकार मेरो आँखाकोअघि खड़ा भयो। यसो भन्ने एउटा मधुर सोर मैले सुने—
17
‘के मरणशील मानिस परमेश्वरभन्दा बढ़ी धर्मी ठहर्न सक्छ? के कुनै प्राणी आफ्ना सृष्टिकर्ताभन्दा पवित्र हुन सक्छ?
18
यदि परमेश्वरले आफ्नै सेवकहरूमाथि भरोसा गर्नुभएन भने, र आफ्नै दूतहरूलाई भूल गरेको दोष लगाउनुभयो भनेता,
19
माटोका घरमा बस्नेमाथि झन् बढ़ी दोष किन भेट्टाउनुहुन्न? जसको आधार ता धूलो नै हो, जो सानो पुतलीझैँ कुल्चीमिल्ची पारिन सक्छ।
20
तिनीहरू बिहानदेखि बेलुकासम्म चकनाचूर पारिन्छन्, कसैले थाहा नपाई तिनीहरू नाश हुन्छन्।
21
के तिनीहरूका पालका डोरीहरू माथि तानिएका छैनन् र? यसरी तिनीहरू ज्ञानविना नै मर्छन्?’
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 5 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42