bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Job 39
Job 39
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 38
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 40 →
1
“घोरल कहिले बियाउँछ, के तैंले जान्दछस्? हरिणीको प्रसववेदनामा के तैंले हेरचाह गरेको छस्?
2
तिनीहरूले पेटमा पाठा बोक्दा के तैंले तिनीहरूका महिना गन्दछस् र? अथवा तिनीहरूको बियाउँने बेला तैंले जान्दछस्?
3
जब तिनीहरू बियाउँनलाई निहुरिन्छन्, र तिनीहरूले आफ्ना पाठा बियाउँछन्, तिनीहरूको प्रसववेदना सकिन्छ।
4
तिनीहरूको पाठो बढ्छ र खुला जङ्गलमा हुर्किन्छ, बाहिर निस्कन्छ र कहिल्यै फेरि आउँदैन।
5
“कसले वन-गधालाई छोड़िदियो? कसले उसको डोरी फुकाइदियो?
6
जसको वासस्थान मैले निर्जन स्थानमा बनाइदिएको छु, खारको जग्गामा त्यसको वासस्थान बनाइदिएको छु।
7
सहरको होहल्लामाथि त्यो हाँस्छ, र हप्काउनेको आवाजको वास्ता गर्दैन।
8
त्यसले डाँड़ाहरूमा आफ्नो चरन बनाउँछ, र सबै हरिया घाँसहरू खोज्दछ।
9
“के जङ्गली साँढ़ेले तेरो सेवा गर्न मान्छ? के त्यसले तेरो गोठमा रात बिताउँछ र?
10
के तैंले त्यसलाई जुवामा नारेर खेतमा जोत्न सक्छस्? के त्यसले तेरा पछिल्तिरका उपत्यकालाई जोत्छ?
11
के त्यसको महान् बलमाथि तैंले भरोसा गर्न सक्छस्? के तेरा ठूला कामहरू त्यसको भरमा छोड्न सक्छस्?
12
खलाबाट तेरो अन्न ढुकुटीमा ल्याउनलाई त्यो फर्किआउँछ भनी के तैंले त्यसमाथि भरोसा गर्न सक्छस्?
13
“शुतुरमुर्गका पखेटा हर्षोल्लासाथ चल्छ, तर सारसको प्वाँख र पखेटासित तिनीहरूको तुलना गर्न सकिँदैन।
14
त्यसले आफ्ना फूलहरू बालुवाले तातो पारिदेओस् भनी भूइँमा नै छोड़िराख्छ।
15
खुट्टाले ती कुल्चिदिन्छ, अथवा वन-पशुले कुल्चन्छ भनी, त्यसले केही वास्तै गर्दैन।
16
आफ्नो परिश्रम खेर गएको वास्ता नगरी बच्चाहरूलाई आफ्नो होइनजस्तै गरी त्यसले निर्दयी व्यवहार गर्छ।
17
किनभने परमेश्वरले त्यसलाई बुद्धिहीन तुल्याउनुभएको छ, र त्यसलाई अज्ञान अवस्थामा नै छोड़िदिनुभएको छ,
18
तर पनि जब त्यो कुद्नका लागि पखेटा फिँजाउँछ। तब त्यसले घोड़ा र त्यसको सवारलाई हाँसोमा उड़ाइदिन्छ।
19
“के तैंले घोड़ालाई त्यसको बल दिन्छस्? अथवा त्यसको घिच्रोलाई जगरले पहिर्याउँछस्?
20
के तैंले त्यसलाई सलहझैँ उफ्रन लाउँछस्, जब त्यसको चर्को हिनहिनाइले डर फैलाउँछ?
21
त्यसले आफ्नो टाप बजाउँदै र नाच्दै आफ्नो जोश देखाउँछ, त्यो आफ्नो पूरा बलले झिलम लाएका सेनामाथि जाइलाग्छ।
22
त्यसले डरलाई तुच्छ ठान्छ, र भय के हो जान्दैन, र तरवारको सामु त्यो झुक्दैन।
23
काँड़को ठोकर त्यसको छेउमा धर्ररर बज्छ र त्यहाँ भाला र तरवार चम्कन्छन्।
24
उन्मत जोशसित त्यो कुदेर अगि बढ्छ, तुरही फुकेको आवाज बज्दा त्यो स्थिर बस्नसक्दैन।
25
तुरही बजेको सुनेर त्यसले भन्छ, ‘आहा!’ र टाढ़ैबाट त्यसले सेनापतिको आवाज र लड़ाइँको ध्वनि थाहा पाउँछ?
26
“के बाजलाई त्यसको पखेटा चलाउन र दक्षिण दिशातिर त्यसका पखेटा फैलाउन तेरो बुद्धिले सिकाएको हो?
27
के गिद्धलाई माथि-माथि उड्न र आफ्नो गुँड़ अल्गो ठाउँमा बनाउन तैंले सिकाउँछस्?
28
त्यो पहरामा वास गर्छ, र राती त्यही नै रहन्छ। त्यसको किल्ला भिरालो पहरा हो।
29
टाढ़ा-टाढ़ा राम्ररी नियाली त्यहीँबाट त्यसले आफ्ना आहार खोज्दछ।
30
त्यसका बचेराहरू रगत पिउँछन्, जहाँ लाश हुन्छ त्यहाँ त्यो अवश्य हुन्छ।”
← Chapter 38
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 40 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42