bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Job 38
Job 38
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 37
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 39 →
1
तब परमप्रभुले अय्यूबलाई आँधीबेहरीबाट यसरी जवाफ दिनुभयो:
2
“यो को हो जसले मूर्ख कुराहरू गरेर मेरो सल्लाहलाई धमिल्याउन खोज्छ?
3
तेरो कम्मर कसेर मर्दझैँ खड़ा हो, म तँलाई सवाल गर्छु, र तैंले मलाई जवाफ दे।
4
पृथ्वीको जग मैले बसाल्दा तँ कहाँ थिइस्? तैंले बुझ्छस् भने मलाई बता।
5
त्यसको नाप कसले ठहरायो? तैंले ता जान्नुपर्ने! कसले त्यसमा नापको डोरी टाँग्यो?
6
त्यसलाई थाम्ने खम्बाहरू कहाँ अड़्याइएका छन्? त्यसको जगको ढुङ्गा कसले बसाल्यो?
7
जब त्यस दिनको मिरमिरे उज्यालोमा ताराहरूले एकसाथ गाए, र स्वर्गदूतहरू रमाहटले कराए।
8
समुद्र पृथ्वीको गर्भबाट फुटेर निस्कँदा त्यसलाई रोक्न कसले ढोकाहरू बन्द गर्यो?
9
जब मैले त्यसलाई बादलको कम्बलले ढाकें, र बाक्लो कुइरोले त्यसलाई लपेटें।
10
त्यसका ढोकाहरू र आग्लाहरू ठीक ठाउँमा राखेर, जब मैले त्यसका सिमाना ठहराएँ,
11
र मैले भने, ‘यतिसम्म मात्र तँ आउन सक्छस्, अरू यता आउन सक्दैनस्, तेरा शक्तिशाली छालहरू यही नै रोकिनुपर्छ’।
12
तेरो जीवनकालमा के तैंले कहिल्यै बिहानीलाई आज्ञा गरेको छस्? अथवा प्रभातलाई त्यसको ठाउँ देखाएको छस्?
13
र यसले पृथ्वीको छेउ समातेर दुष्टहरूलाई त्यहाँबाट हटाउन त्यसलाई हल्लाओस्?
14
माटोले टाँचाको मुन्तिर आकार लिएजस्तै पृथ्वीले आकार धारण गर्छ, त्यहाँका आकृति लुगाको जस्तै प्रष्ट देखिन्छन्।
15
दुष्टहरूलाई प्रकाश दिइँदैन र तिनीहरूका उठाइएका हात भाँचिन्छन्।
16
के तँ समुद्रको मूलहरूसम्म झरेको छस्? अथवा जानै नसकिने गहिराइमा हिँड़ेको छस्?
17
के मृत्युका मूल ढोकाहरू तँलाई प्रकट गरिएका छन्? के तैंले अँध्यारो ठाउँका ढोकाहरूलाई कहिल्यै देखेको छस्?
18
के तैंले पृथ्वीको विस्तृत फैलावटलाई बुझेको छस्? यी सबै तैंले जानेको भए मलाई बता।
19
ज्योतिको मुहान कता छ? र अन्धकार कहाँ वास बस्छ?
20
के तैंले तिनीहरू हरेकलाई तिनीहरूका ठहराएका सिमानामा लैजान सक्छस्? र तिनीहरूका घर जाने बाटो तँलाई थाहा छ?
21
नि:सन्देह तैंले यी सबै कुरा जान्दछस् होला, किनकि तँ जन्मिसकेको थिइस्! तँ कति धेरै वर्ष बाँचिसकिस्!
22
“के तँ हिउँको भण्डारमा पुगेको छस्? अथवा असिना थुपारेको स्थान तैंले देखेको छस्?
23
जो मैले विपत्तिको दिन, युद्ध र लड़ाइँको घड़ीको निम्ति जोगाएर राखेको छु।
24
कुन बाटोहरूदेखि बिजुली यताउता फैलिन्छ, अथवा पूर्वीय बतास पृथ्वीमा चारैतिर उड़ाइन्छ?
25
महावृष्टिको लागि कसले नहर खनेको छ? र तूफानको निम्ति बाटो कसले तयार गरेको छ?
26
निर्जन ठाउँमा उजाड़-स्थानलाई भिजाउनका निम्ति
27
उजाड़ र रूखो जमिनहरूलाई हरियोभरियो बनाउनलाई र सुक्खा जमिनमा घाँसहरू उमार्नलाई कसले बाटो तयार गर्यो?
28
के वृष्टिको कुनै बुबा छ? शीतको थोपालाई जन्माउने बुबा को हो?
29
कसको गर्भले हिउँलाई जन्मायो? आकाशबाट झर्ने तुसारोको आमाचाहिँ को हो?
30
कहिले पानी ढुङ्गाजस्तै कड़ा बन्दछ, कहिले गहिरो महासागरको सतह जम्छ?
31
“के तँ किरकिटी ताराहरूलाई बाँध्न सक्छस्? अथवा मृगशिराको पुञ्जलाई फुकाल्न सक्छस्?
32
के तैंले ग्रह नक्षत्रहरूलाई तिनका ऋतु-ऋतुमा निकाल्न सक्छस्? अथवा सप्तर्षि-तारा र तिनका दललाई डोर्याउन सक्छस्?
33
आकाशको शासन गर्ने नियमहरूलाई के तैंले जानेको छस्? पृथ्वीको प्राकृतिक नियमहरूलाई तैंले ठहराउन सक्छस्?
34
र आफूलाई पानीको भलले ढाक्न सक्छस्?
35
के तैंले बिजुलीलाई तिनीहरूको मार्गमा पठाउँछस्? के तिनीहरूले ‘हामी यहाँ छौं’ भनी तँलाई भन्छन् र?
36
कसले हृदयलाई बुद्धि दियो? अथवा मनलाई समझदारी दियो?
37
को यस्तो बुद्धिमानी छ जसले मेघलाई गन्न सक्छ? र आकाशमा भएको पानीको भण्डारलाई रित्त्याउँछ?
38
कहिले धूलो माटो कड़ा हुन्छ, र माटोको डल्ला एकसाथ टाँसेर बस्छ?
39
“के सिंहनीको निम्ति तैंले शिकार खोजिदिन्छस्? र सिंहको भोकलाई तैंले तृप्त पार्न सक्छस्?
40
जब तिनीहरू आफ्नो ओड़ारमा ढुकिबस्छन्, अथवा आफू लुकेको ठाउँमा पर्खिरहेका हुन्छन्?
41
कागका बचेराहरूले खानेकुराको अभावमा परमेश्वरको पुकारा गर्दा, कसले कागलाई त्यसको आहार जुटाइदिन्छ?”
← Chapter 37
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 39 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
Recommended Reading
Commentary
Job Commentaries
→
Devotional
Job Devotional Guide
→
Get This Bible
NNRV Study Bible
→