bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Job 34
Job 34
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 33
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 35 →
1
तब एलीहूले भने:
2
“हे बुद्धिमान् मानिस हो, मेरो कुरा ध्यानसित सुन्नुहोस्, हे धेरै ज्ञान पाएका मानिस हो, मेरो कुरामा कान थाप्नुहोस्।
3
किनकि जस्तो जिब्रोले भोजनको स्वाद लिन्छ, त्यसरी नै शब्दहरूलाई कानले जाँच गर्छ।
4
यसैले जे कुरो ठीक छ, सो हामी आफै जाँच गरौं र कुन कुरो साँचो र असल छ सो हामी मिलेर निर्णय गरौं।
5
“अय्यूब भन्नुहुन्छ, ‘म निर्दोष छु, तर परमेश्वरले मेरो न्याय नै गरिदिनुभएको छैन।
6
म सत्य भएता पनि मलाई झूटा साबित गर्नुभयो, म निर्दोष छु तापनि उहाँको काँड़ले निको नहुने चोट पुर्याएको छ’।
7
गिल्लालाई पानी झैँ पिउने अय्यूबजस्तै के कुनै मानिस छ र?
8
जो खराब सङ्गत छान्छ, उसले दुष्ट मानिसहरूलाई आफ्ना साथी बनाउँछ।
9
किनभने तिनी भन्छन्, ‘परमेश्वरको निगाह प्राप्त गर्नमा, मानिसलाई केही फाइदा छैन,’
10
यसर्थ हे असल विवेकका मानिस हो, मेरो कुरा सुन्नुहोस्, परमेश्वरले कहिल्यै खराबी गर्नुहुन्न, र सर्वशक्तिमान्ले कहिल्यै छल गर्नुहुन्न।
11
किनभने उहाँले ता मानिसलाई त्यसको कामअनुसारको प्रतिफल दिनुहुन्छ, त्यसको चरित्रअनुसारको फल त्यसलाई दिनुहुन्छ।
12
साँचो कुरो ता यो हो कि परमेश्वरले कहिल्यै खराबी गर्नुहुन्न, सर्वशक्तिमान्ले न्याय बिगार्नुहुन्न।
13
कसले पृथ्वी उहाँको जिम्मामा दियो, कसले उहाँलाई सारा संसारमाथि अधिकार दियो?
14
यदि यी उहाँका विचार थिए र जीवन दिने उहाँको आत्मा र सास फर्काइलानुभयो भने,
15
क्षणभरमा नै सबै जीवित प्राणीहरू नष्ट हुनेछन्, र मानिस फेरि माटामा नै फर्किजानेछ।
16
“यसैले अय्यूब, यदि तपाईंको बुद्धि छ भने, यस कुरालाई विचार गर्नुहोस्, मैले बोलेका कुरालाई ध्यानसित सुन्नुहोस्।
17
न्यायलाई घृणा गर्नेले शासन थाम्न सक्छ र? के अति असल शासन चलाउनुहुने यस्ता सर्वाधिकारीलाई तपाईं तुच्छ ठान्नुहुन्छ?
18
के उहाँ नै हुनुहुन्न र? जसले राजालाई ‘निकम्मा’ भन्नुहुनेछ, र तिनका भारदारहरूलाई तिनीहरूका मुखकै सामुन्ने ‘तिमीहरू दुष्ट’ भन्नुहुन्छ?
19
जसले राजकुमारहरूको पक्ष लिनुहुन्न, जसले धनी र गरीब दुवैलाई समान दृष्टिले हेर्नुहुन्छ। तिनीहरू सबै परमेश्वरले सृष्टि गर्नुभएका प्राणी हुन्,
20
तिनीहरू क्षणभरमा नै, मध्यरातमा मरिजान सक्छन्। उहाँले छुनुभएपछि मानिसहरू फेरि जीवित रहँदैनन्। कसैको हात नपरे तापनि शक्तिशालीहरू लोप भइहाल्छन्।
21
“उहाँको दृष्टि मानिसहरूको चालमाथि रहेको हुन्छ, र तिनीहरू हिँड़ेको हरेक कदमलाई उहाँले देख्नुहुन्छ।
22
कुनै यस्तो अँध्यारो, घोर अँध्यारो स्थान छैन, जहाँ दुष्टहरू उहाँदेखि लुक्न सक्छन्।
23
परमेश्वरको सामुन्ने न्यायको लागि आउनलाई, मानिसलाई जाँचिरहनुपर्ने आवश्यकता छैन।
24
उहाँले सोधपूछविना नै शक्तिशालीहरूलाई नाश गर्नुहुन्छ, र तिनीहरूका सट्टामा अरूहरूलाई बसाल्नुहुन्छ।
25
किनकि तिनीहरूले गरेका सबै काम उहाँ जान्नुहुन्छ, उहाँले तिनीहरूलाई राती पल्टाइदिनुहुन्छ, र तिनीहरू धूलोपीठो हुन्छन्।
26
तिनीहरूका अपराधहरूका कारण उहाँले तिनीहरूलाई दण्ड दिनुहुन्छ, जहाँ सबैले तिनीहरूलाई देख्न सक्छन्।
27
किनभने तिनीहरूले उहाँको आज्ञा पालन गर्न छोड़े, र उहाँका मार्गहरूको वास्ता गरेनन्।
28
गरीबहरूको रोदन उहाँको कानमा पुग्ने तिनीहरूले तुल्याए, यसरी आवश्यकतामा भएकाहरूको दुहाई उहाँले सुन्नुभयो।
29
तर यदि उहाँ चूप लाग्नुभयो भने कसले उहाँलाई दोष दिन सक्छ? यदि उहाँले आफ्नो अनुहार लुकाउनुभयो भने कसले उहाँलाई देख्न सक्छ? तापनि उहाँ मानिस र राष्ट्र दुवैमाथि हुनुहुन्छ,
30
ईश्वरहीन मानिसलाई शासक बन्नबाट र मानिस जातिको लागि पासो थाप्नबाट रोक्नलाई।
31
“सम्झनुहोस् कुनै मानिसले परमेश्वरलाई यसो भन्यो भने, ‘म दोषी छु, म अझै दुष्ट काम गर्नेछैनँ।
32
मैले देख्न नसकेका कुरा मलाई सिकाउनुहोस्, मैले जतिसुकै अपराध गरे तापनि अब म फेरि अपराध गर्नेछैनँ’।
33
के परमेश्वरले तपाईंका शर्तअनुसार तपाईंलाई पुरस्कार दिनुपर्छ र, जब कि तपाईं पश्चात्ताप गर्न इन्कार गर्नुहुन्छ? यो त तपाईंले निर्णय गर्नुपर्छ मैले होइन, यसकारण तपाईं के जान्नुहुन्छ मलाई भन्नुहोस्।
34
“असल बुद्धि भएकाहरूले घोषणा गर्छन्, कुनै पनि बुद्धिमान् श्रोताले यसो भनेर मलाई बताउँछन्,
35
‘अय्यूब त बुद्धिविनाको कुरा गर्छन्, र तिनले भनेका कुराको केही मतलब हुँदैन’।
36
दुष्टले झैँ दिएका जवाफहरूका निम्ति यदि अय्यूबलाई सकेसम्म जाँच गर्न सकिए त!
37
तिनी आफ्ना पापका विद्रोह थप्छन्, तिनले ता हामी सबैको बीचमा हेलासाथ ताली बजाउँछन्, र परमेश्वरको विरोधका कुरा गर्छन्।”
← Chapter 33
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 25
Chapter 26
Chapter 27
Chapter 28
Chapter 29
Chapter 30
Chapter 31
Chapter 32
Chapter 33
Chapter 34
Chapter 35
Chapter 36
Chapter 37
Chapter 38
Chapter 39
Chapter 40
Chapter 41
Chapter 42
Chapter 35 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
Recommended Reading
Commentary
Job Commentaries
→
Devotional
Job Devotional Guide
→
Get This Bible
NNRV Study Bible
→