bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Luke 1
Luke 1
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 2 →
1
हाम्रा माझमा घटेर पूरा भएका घटनाहरूको विवरण संग्रह गर्ने काम धेरै जनाले आफ्नो हातमा लिएका छन्।
2
तिनीहरू जो सुरुदेखि नै वचनका प्रत्यक्ष गवाह र सेवकहरू थिए, तिनीहरूले यी कुरा हामीलाई सुम्पिदिए।
3
माननीय थियोफिलस, मैले आरम्भदेखि नै सावधानीसाथ सबै कुराको खोजी गरेको छु, र तपाईंको निम्ति क्रमैअनुसारको एउटा विवरण लेख्न मलाई असल लाग्यो,
4
ताकि तपाईंलाई बताइएका विषयहरूको सत्यता तपाईंलाई थाहा होस्।
5
यहूदियाका राजा, हेरोदको पालोमा, अबियाका दलका जकरिया नाउँ भएका एक जना पूजाहारी थिए। तिनकी पत्नी हारून-वंशकी थिइन्। तिनको नाउँ एलीशिबा थियो।
6
ती दुवै परमेश्वरको सामुन्ने धर्मी थिए, र परमप्रभुका सबै आज्ञा र धार्मिक-विधानहरूमा निर्दोष भई हिँड्थे।
7
तर तिनीहरूको कोही सन्तान थिएन, किनभने एलीशिबा बाँझी थिइन्, र ती दुवैको उमेर ढल्किसकेको थियो।
8
जब जकरिया परमेश्वरको सामुन्ने आफ्ना दलको पालोमा पूजाहारी काम गरिरहेका थिए,
9
तब पूजाहारीका सेवाको रीतअनुसार चिट्ठा हाल्दा परमप्रभुको मन्दिरभित्र पसेर धूप बाल्ने काम जकरियालाई पर्यो।
10
धूप बाल्ने बेलामा मानिसहरूको सारा भीड बाहिर प्रार्थना गरिरहेको थियो।
11
परमप्रभुका एक जना स्वर्गदूत धूप-वेदीको दाहिनेपट्टि उभिरहेका देखा परे।
12
जकरिया तिनलाई देखेर आत्तिए, र भयभीत भए।
13
तर दूतले तिनलाई भने, “नडराऊ जकरिया, किनभने तिम्रो प्रार्थनाको सुनाइ भएको छ। अब तिम्री पत्नी एलीशिबाले तिम्रो निम्ति एउटा छोरो जन्माउनेछिन्, र तिमीले तिनको नाउँ यूहन्ना राख्नू।
14
तिमीलाई रमाहट र आनन्द हुनेछ, र धेरै जना तिनको जन्ममा रमाउनेछन्।
15
किनभने तिनी परमप्रभुको सामुन्ने महान् हुनेछन्। तिनले दाखमद्य र अरू कुनै पनि मद्य कहिल्यै पिउनेछैनन्, र आफ्नी आमाको गर्भदेखि नै तिनी पवित्र आत्माले भरिपूर्ण हुनेछन्।
16
तिनले इस्राएलका सन्तानहरूमा धेरैलाई तिनीहरूका परमप्रभु परमेश्वरतिर फर्काउनेछन्।
17
बाबुहरूका मन छोरा-छोरीहरूतिर र अनाज्ञाकारीहरूलाई धर्मीहरूको बुद्धितिर फर्काउन र प्रभुको निम्ति योग्य तुल्याइएको एक जाति तयार पार्न उहाँको अगि तिनी एलियाको आत्मा र शक्तिमा जानेछन्।”
18
तब जकरियाले दूतलाई भने, “यो मैले कसरी जान्ने? म बूढ़ो भएँ र मेरी पत्नीको उमेर पनि ढल्किसकेको छ।”
19
स्वर्गदूतले तिनलाई भने, “म गब्रिएल हुँ, म परमेश्वरको सामुन्ने उभिरहन्छु। तिमीसँग कुरा गर्न र यो खुसीको समाचार सुनाउन म पठाइएको हुँ।
20
जुन दिनसम्म यी कुरा पूरा हुँदैनन्, तबसम्म तिमी गूँगो हुनेछौ र बोल्न सक्नेछैनौ, किनभने तिमीले मेरा वचनमाथि विश्वास गरेनौ, जुन वचन आफ्नो समयमा पूरा हुनेछन्।”
21
मानिसहरू जकरियालाई पर्खिरहेका थिए र मन्दिरमा ढिलो गर्दा चकित भए।
22
तिनी बाहिर निस्केर आउँदा उनीहरूसँग बोल्नै सकेनन् र तिनले मन्दिरमा दर्शन देखेछन् भन्ने उनीहरूले बुझे। तिनले उनीहरूलाई इशारा गर्न लागे, अनि तिनी गूँगो भइरहे।
23
तिनको सेवाका दिन समाप्त भएपछि तिनी आफ्नो घर गए।
24
यसपछि तिनकी पत्नी एलीशिबा गर्भवती भइन्, र पाँच महिनासम्म लुकेर बसिन् र यसो भनिन्,
25
“मानिसहरूका बीचमा मेरो कलङ्क हटाउनलाई अब परमप्रभुले ममाथि यसरी कृपा गर्नुभएको हो।”
26
छैटौँ महिनामा परमेश्वरले गब्रिएल स्वर्गदूतलाई गालीलको नासरत नाउँको सहरमा पठाउनुभयो।
27
तिनी एउटी कन्ये-केटीकहाँ गए जसको मगनी दाऊदका घरानाको योसेफ भन्ने एक जना मानिससँग भएको थियो। त्यस कन्याको नाउँ मरियम थियो।
28
स्वर्गदूतले तिनीकहाँ गएर भने, “हे कृपा-पात्र, तिमीलाई अभिवादन! परमप्रभु तिमीसँग हुनुहुन्छ।”
29
तर तिनी त्यस कुराले साह्रै विचलित भइन्, र यो कस्तो किसिमको अभिवादन हो भनी मनमा सोच्न लागिन्।
30
स्वर्गदूतले तिनलाई भने, “नडराऊ, मरियम, किनभने तिमीले परमेश्वरबाट कृपा पाएकी छ्यौ।
31
अब हेर, तिमीले गर्भधारण गर्नेछ्यौ, र एउटा छोरो जन्माउनेछ्यौ, र तिमीले उहाँको नाउँ येशू राख्नेछ्यौ।
32
उहाँ महान् हुनुहुनेछ, र परमप्रधानका पुत्र कहलाइनुहुनेछ, र परमप्रभु परमेश्वरले उहाँलाई उहाँका पुर्खा दाऊदको सिंहासन दिनुहुनेछ।
33
उहाँले याकूबको वंशमाथि सदासर्वदै राज्य गर्नुहुनेछ, र उहाँको राज्यको अन्त्य हुनेछैन।”
34
मरियमले स्वर्गदूतलाई भनिन्, “यो कसरी हुन सक्छ, किनकि म एक कन्या हुँ।”
35
स्वर्गदूतले तिनलाई जवाफ दिएर भने, “पवित्र आत्मा तिमीमा आउनुहुनेछ, र सर्वोच्चका शक्तिको छाया तिमीमाथि पर्नेछ। यसैकारण जो जन्मनुहुनेछ, उहाँ पवित्र, अर्थात् परमेश्वरका पुत्र कहलाइनुहुनेछ।
36
हेर, तिम्री नातेदार एलीशिबाले पनि तिनको वृद्धावस्थामा छोरो गर्भधारण गरेकी छिन्, र जो बाँझी कहलाइएकी थिइन्, तिनी अहिले छैटौँ महिनामा छिन्।
37
किनकि परमेश्वरको निम्ति कुनै कुरा असम्भव छैन।”
38
अनि मरियमले भनिन्, “हेर्नुहोस्, म परमप्रभुकी दासी, मलाई तपाईंको वचनअनुसार होस्।” तब स्वर्गदूत तिनीबाट बिदा भए।
39
ती दिनमा मरियम आतुरीसँग पहाड़तर्फ यहूदियाको एउटा गाउँमा गइन्,
40
र जकरियाको घरमा पसेर एलीशिबालाई अभिवादन गरिन्।
41
जब एलीशिबाले मरियमको अभिवादन सुनिन् तब तिनको गर्भमा बालक उफ्र्यो, र एलीशिबा पवित्र आत्माले भरिपूर्ण भइन्,
42
र एलीशिबाले चर्को सोरले भनिन्, “स्त्रीहरूमा तिमी धन्यकी हौ, र तिम्रो गर्भको फल धन्यको हो।
43
ममाथि कसरी यस्तो कृपा भयो कि मेरा प्रभुकी आमा मकहाँ आइन्।
44
किनभने हेर, तिम्रो अभिवादन मेरो कानमा पर्ने बित्तिकै बालक मेरो गर्भमा आनन्दले उफ्र्यो।
45
तिनी धन्यकी हुन्, जसले परमप्रभुले तिनलाई भन्नुभएको कुरा पूरा हुनेछ भनी विश्वास गरिन्।”
46
अनि मरियमले भनिन्, “मेरो प्राणले परमप्रभुको गुणगान गर्दछ,
47
र मेरो आत्मा मेरा मुक्तिदाता परमेश्वरमा रमाहट गर्दछ।
48
किनकि उहाँले आफ्नी दासीको दीनतामा कृपा-दृष्टि गर्नुभएको छ, हेर, अब उप्रान्त सबै पुस्ताले मलाई धन्यकी भन्नेछन्।
49
किनभने उहाँ, जो शक्तिशाली हुनुहुन्छ, उहाँले मेरो निम्ति महान् काम गर्नुभएको छ। उहाँको नाउँ पवित्र छ।
50
उहाँको भय मान्नेहरूमाथि उहाँको कृपा पुस्तादेखि पुस्तासम्म रहनेछ।
51
उहाँले आफ्नो बाहुलीको सामर्थ्य प्रकट गर्नुभएको छ। उहाँले मनभित्रको कल्पनामा घमण्ड गर्नेहरूलाई छरपष्ट पार्नुभएको छ।
52
उहाँले शक्तिशालीहरूलाई तिनीहरूका सिंहासनबाट हटाउनुभएको छ, र दीनहरूलाई उचाल्नुभएको छ।
53
भोकाएकाहरूलाई उहाँले असल चीजहरूले तृप्त पार्नुभएको छ, र धनीहरूलाई उहाँले रित्तै हात पठाउनुभएको छ।
54
उहाँले आफ्नो कृपा स्मरण गरेर आफ्नो सेवक इस्राएललाई सहायता दिनुभएको छ,
55
र हाम्रा पुर्खाहरूलाई भन्नुभएझैँ, अब्राहाम र उनको भावी सन्तानलाई सदाकालको निम्ति दया देखाउनुभएको छ।”
56
मरियम तिनीसँग प्राय: तीन महिना बसेर आफ्नो घर फर्किन्।
57
अब एलीशिबाको सुत्केरी हुने बेला आयो, र तिनले एउटा छोरो जन्माइन्।
58
परमप्रभुले तिनीमाथि उहाँको ठूलो अनुग्रह देखाउनुभएको छ भन्ने सुनेर तिनका छिमेकीहरू र नातेदारहरू तिनीसँग रमाए।
59
आठौँ दिनमा तिनीहरू बालकलाई खतना गर्न आए, र त्यसको नाउँ त्यसका बाबुको नाउँजस्तै जकरिया राख्न लागेका थिए,
60
तर त्यसकी आमाले भनिन्, “होइन, त्यसको नाउँ यूहन्ना राखिनेछ।”
61
तिनीहरूले तिनलाई भने, “तिम्रा नातेदारमा यस्तो नाउँ भएको कोही छैन।”
62
तब तिनीहरूले त्यसका बाबुलाई इशारा गरी सोधे “तिमी यसको नाउँ के राख्न चाहन्छौ?”
63
तिनले एउटा लेख्ने पाटी मगाएर “त्यसको नाउँ यूहन्ना हो” भनेर लेखिदिए। तिनीहरू सबै छक्क परे।
64
तुरुन्तै तिनको मुख खुल्यो र तिनको वाक्य फुट्यो र तिनी परमेश्वरको प्रशंसा गर्न लागे।
65
तिनीहरूका सबै छिमेकीमा डर छायो। यहूदियाको जम्मै पहाडी मुलुकभरि यस घटनाको चर्चा फैलियो।
66
यी कुरा सुन्नेहरू सबैले यो बालक पछि कस्तो हुन्छ होला भनी आफ्ना मनमा गुने। किनकि परमप्रभुको बाहुली त्यसमाथि थियो।
67
त्यसका बुबा जकरिया आत्माले भरिएर अगमवाणी बोल्न लागे,
68
“इस्राएलका परमप्रभु, परमेश्वरको प्रशंसा होस्, किनभने उहाँ आउनुभएको छ, र आफ्ना मानिसहरूलाई उद्धार दिनुभएको छ!
69
उहाँले हाम्रा निम्ति आफ्ना दास दाऊदको वंशमा एक शक्तिशाली मुक्तिदाता खड़ा गर्नुभएको छ,
70
जसरी उहाँले प्राचीन कालदेखि नै आफ्ना पवित्र अगमवक्ताहरूका मुखद्वारा बोल्नुभयो,
71
कि हाम्रा शत्रुहरूबाट र हामीलाई घृणा गर्नेहरू सबैका हातबाट हामी उद्धार पाऔं—
72
उहाँले हाम्रा पुर्खाहरूलाई कृपा देखाउनलाई, र आफ्नो पवित्र करार स्मरण गर्नलाई,
73
जुन शपथ उहाँले हाम्रा पुर्खा अब्राहामसँग खानुभएको थियो,
74
कि हामी हाम्रा शत्रुहरूका हातबाट मुक्त होऔं, र निर्भयतासाथ
75
हाम्रा समस्त जीवनभरि पवित्रता र धार्मिकतामा उहाँको सामुन्ने उहाँको सेवा गर्न पाऔं।
76
हे बालक, तिमी सर्वोच्चका अगमवक्ता कहलाइनेछौ, किनकि तिमी प्रभुको अगिअगि उहाँको मार्ग तयार पार्न जानेछौ,
77
उहाँको जातिलाई पाप-क्षमाद्वारा मुक्तिको ज्ञान प्रदान गर्नलाई,
78
हाम्रा परमेश्वरका कोमल कृपाको कारणले, स्वर्गबाट बिहानको ज्योति हामीमाथि पर्नेछ,
79
र अन्धकार र मृत्युको छायामा बस्नेहरूलाई ज्योति मिल्नेछ, र हाम्रा पाउ शान्तिको बाटोतिर डोर्याइनेछन्।”
80
अनि बालक यूहन्ना बढ्दै र आत्मामा बलिया हुँदैगए, र इस्राएलीहरूकहाँ खुला रूपमा देखा नपरुञ्जेल तिनी उजाड-स्थानमा नै बसे।
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 2 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24