bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Luke 16
Luke 16
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 15
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 17 →
1
येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “कुनै धनी मानिसको एक जना व्यवस्थापक थियो। त्यसले आफ्नो मालिकको धन-सम्पत्ति उड़ाइरहेको छ भन्ने अभियोग त्यसको विरुद्धमा लागेको थियो।
2
तब मालिकले त्यसलाई बोलाएर भन्यो, ‘तेरो विषयमा म जे सुन्दैछु त्यो के हो? व्यवस्थापकको तेरो कामको हिसाब मलाई दे। अब उप्रान्त तँ व्यवस्थापक रहनेछैनस्।’
3
“तब व्यवस्थापकले आफ्नो मनमनै भन्यो, ‘अब म के गरूँ, किनकि मेरा मालिकले मबाट व्यवस्थापकको काम खोस्न लागेका छन्। खनजोत गर्ने मेरो ताकत छैन, भीख माग्न मलाई लाज लाग्छ।
4
अब मैले के गर्नुपर्ने हो मैले सोचिसकेको छु। व्यवस्थापकको कामबाट निकालिएपछि मानिसहरूले मलाई तिनीहरूका घरमा कसरी स्वागत गर्नेछन् सो निश्चय गरेको छु।’
5
“तब त्यसले मालिकका ऋणीहरू एक-एकलाई बोलायो, र पहिलालाई भन्यो, ‘तिमीलाई मालिकको ऋण कति छ?’
6
“उसले भन्यो, ‘तीन हजार लिटर तेल।’ “तब व्यवस्थापकले उसलाई भन्यो, ‘तिम्रो तमसुक लेऊ, र चाँड़ै बसेर पन्ध्र सय लिटर लेख।’
7
“त्यसपछि त्यसले अर्कालाई भन्यो, ‘तिम्रो ऋण कति छ?’ “उसले भन्यो, ‘तीन सय पचास क्विन्टल गहूँ।’ त्यसले उसलाई भन्यो, ‘तिम्रो तमसुक लेऊ, र तीन सय क्विन्टल लेख।’
8
“अब त्यसको मालिकले त्यस अधर्मी व्यवस्थापकको तारीफ गर्यो किनकि त्यसले चतुर्याइँसित काम गरेको थियो। किनकि यस संसारका मानिसहरू आफ्नै पुस्ताका अरू मानिसहरूसँग व्यवहार गर्दा ज्योतिका सन्तानभन्दा अझ बढ़ी चतुर हुन्छन्।
9
म तिमीहरूलाई भन्दछु, आफ्नो निम्ति संसारको धनले मित्रहरू बनाओ, र जब त्यो धन शेष हुन्छ, तब तिनीहरूले तिमीहरूलाई अनन्त वासस्थानमा स्वागत गरून्।
10
“जो थोरै कुरामा ईमानदार हुन्छ, त्यो धेरैमा पनि ईमानदार हुन्छ, र जो अति सानो कुरामा बेईमान हुन्छ, त्यो धेरैमा पनि बेईमान हुन्छ।
11
यसकारण तिमीहरू सांसारिक धनमा ईमानदार भएनौ भने, तिमीहरूलाई साँचो धनको जिम्मा कसले देला?
12
यदि तिमीहरू अर्काको धनमा ईमानदार भएनौ भने, तिमीहरूको आफ्नै धन तिमीहरूलाई कसले देला र?
13
“कुनै नोकरले दुई मालिकको सेवा गर्न सक्दैन, किनकि त्यसले एउटालाई घृणा गरेर अर्कालाई प्रेम गर्छ, अथवा त्यो एउटाको भक्त भएर अर्कालाई तुच्छ ठान्छ। तिमीहरू परमेश्वर र धन दुवैको सेवा गर्न सक्दैनौ।”
14
धनका लोभी फरिसीहरूले यी सबै कुरा सुनेर उहाँको उपहास गरे।
15
तब उहाँले तिनीहरूलाई भन्नुभयो, “मानिसहरूका सामुन्ने आफैलाई धर्मी ठहराउने तिमीहरू नै हौ, तर परमेश्वरले तिमीहरूका हृदय जान्नुहुन्छ, किनकि मानिसहरूका बीचमा जे उच्च गनिएको छ, परमेश्वरको दृष्टिमा त्यो तुच्छ ठहरिन्छ।
16
“बप्तिस्मा-दिने यूहन्नाको समयसम्म मोशाको व्यवस्था र अगमवक्ताहरू प्रचार गरिए। त्यस बेलादेखि परमेश्वरका राज्यको सुसमाचार प्रचार गरिएको छ, र सबै जना त्यस राज्यभित्र बलपूर्वक प्रवेश गर्दछन्।
17
तर व्यवस्थाबाट एक मात्रा मेटिनभन्दा स्वर्ग र पृथ्वी टलिजान सजिलो छ।
18
“जसले आफ्नी पत्नीलाई त्यागेर अर्कीलाई विवाह गर्छ, त्यसले व्यभिचार गर्दछ, र श्रीमान्बाट त्यागिएकी स्त्रीलाई विवाह गर्ने मानिसले पनि व्यभिचार गर्दछ।
19
“एक जना धनी मानिस थियो, जो बहुमूल्य वस्त्र र मिहीन मलमल लगाएर दिनहुँ मोजमज्जामा बस्तथ्यो।
20
उसको ढोकामा लाजरस नाउँको एक जना गरीब मानिसलाई ल्याएर राखिदिन्थे। त्यो घावैघाउले भरिएको थियो।
21
त्यस धनी मानिसको टेबिलबाट झरेका टुक्राटाक्री खाएर लाजरसले आफ्नो पेट भर्ने इच्छा गर्थ्यो। कुकुरहरूले पनि आएर त्यसका घाउहरू चाट्थे।
22
“त्यो गरीब मानिस मर्यो, र स्वर्गदूतहरूले त्यसलाई लगेर अब्राहामको साथमा राखे। त्यो धनी मानिस पनि मर्यो र गाडियो।
23
नरकमा कठोर कष्ट भोगिरहेको बेला उसले नजर उठाएर हेर्यो र टाढ़ामा अब्राहाम र उनको साथमा लाजरसलाई देख्यो।
24
अनि उसले कराएर भन्यो, ‘हे पिता अब्राहाम, ममाथि दया गरेर लाजरसलाई पठाइदिनुहोस्, र त्यसले आफ्नो औँलाको टुप्पा पानीमा चोपेर मेरो जिब्रोलाई शीतल पारिदेओस्, किनकि म यस ज्वालामा भयङ्कर वेदना पाइरहेछु।’
25
“तर अब्राहामले भने, ‘छोरो, याद गर्, तैंले आफ्नो जीवनकालमा असल-असल कुराहरू भोग गरिस्, र त्यसै गरी लाजरसले दुःखैदुःख भोग्यो। त्यो अब यहाँ आराममा छ, र तँचाहिँ कष्टमा छस्।
26
यी सबै कुराबाहेक यहाँबाट तँकहाँ पारि जान खोज्नेहरू जान नसकून् र त्यहाँबाट यहाँ हामीकहाँ वारि आउन पनि नसकून् भनेर हामीहरू र तिमीहरूका बीचमा एउटा अति गहिरो धाँदो छ।’
27
“उसले भन्यो, ‘पिता, यसैकारण म तपाईंलाई बिन्ती गर्दछु, तपाईंले त्यसलाई मेरा बाबुको घरमा पठाइदिनुहोस्,
28
किनभने मेरा पाँच भाइ छन्, र त्यसले तिनीहरूलाई चेताउनी देओस्, नत्रता तिनीहरू पनि यस कष्टको ठाउँमा आउलान्।’
29
“तर अब्राहामले भने, ‘तिनीहरूका साथमा मोशा र अगमवक्ताहरूका पुस्तक छन्। तिनीहरूले ती सुनून्।’
30
“तर उसले भन्यो, ‘होइन, पिता अब्राहाम, मरेकाबाट कोही एक जना तिनीहरूकहाँ गयो भनेता तिनीहरूले पश्चात्ताप गर्नेछन्।’
31
“उनले उसलाई भने, ‘मोशा र अगमवक्ताहरूका कुरा तिनीहरूले सुन्दैनन् भने, मृतकहरूबाट कोही जीवित भए पनि तिनीहरूले विश्वास गर्नेछैनन्’।”
← Chapter 15
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 17 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24