bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Luke 8
Luke 8
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 7
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 9 →
1
त्यसपछि उहाँ सहर-सहर र गाउँगाउँ हुँदो प्रचार गर्दै र परमेश्वरका राज्यको सुसमाचार सुनाउँदै भ्रमण गर्न लाग्नुभयो। उहाँसँग बाह्रै जना चेलाहरू थिए।
2
कतिपय स्त्रीहरू पनि उहाँको साथमा थिए, जो दुष्टात्मा र रोगहरूबाट निको भएका थिए। यिनीहरू थिए: मग्दलिनी भन्ने मरियम, जसबाट सात वटा भूत निकालिएका थिए,
3
हेरोदका कारिन्दा खुजासकी पत्नी योअन्ना, र सुसन्ना। यिनीहरू र अरूहरूले आफ्ना धनले उहाँको सेवा गर्दथे।
4
जब ठूलो भीड जम्मा भयो र सहर-सहरबाट मानिसहरू उहाँकहाँ आए, उहाँले तिनीहरूलाई एउटा दृष्टान्त भन्नुभयो।
5
“एक जना बीउ छर्ने बीउ छर्न निस्क्यो, र छर्दाहुँदि केही बाटोको छेउमा परे, र ती मानिसका खुट्टाले कुल्चिए, र आकाशका पक्षीले खाइहाले।
6
अरू बीउ ढुङ्गेनी जमिनमा परे, र ती उम्रने बित्तिकै सुके, किनभने त्यो जमिन ओबानो थियो।
7
कोही बीउ काँढ़ाको झाँगमा परे, र तिनका साथमा काँढ़ाको झाँग पनि बढ़ेर आयो, र तिनलाई बढ्न दिएन।
8
कतिचाहिँ असल जमिनमा परे, र उम्रेर सय गुणा फल फलाए।” यत्ति भनेपछि उहाँले उच्च सोरले भन्नुभयो, “जसको सुन्ने कान छ, त्यसले सुनोस्।”
9
उहाँका चेलाहरूले यस दृष्टान्तको अर्थ के हो भनी उहाँलाई सोधे।
10
उहाँले भन्नुभयो, “तिमीहरूलाई त परमेश्वरका राज्यको भेद जान्ने ज्ञान दिइएको छ, तर अरूहरूसँग चाहिँ म दृष्टान्तमा बोल्दछु, कि ‘तिनीहरूले हेरेर पनि नदेखून्, र सुनेर पनि नबुझून्।’
11
अब दृष्टान्त यो हो: बीउचाहिँ परमेश्वरको वचन हो।
12
बाटोको छेउमा खसेको बीउ तिनीहरू हुन्, जसले सुन्छन्, तर वचन सुनेर विश्वास नगरून् र नबाँचून् भनी दियाबलसले आएर तिनीहरूका हृदयबाट वचन लगिहाल्छ।
13
ढुङ्गेनी जमिनमा पर्नेचाहिँ तिनीहरू हुन्, जसले वचन सुनेर खुसीसाथ त्यो ग्रहण गर्छन्। तर तिनको जरा हुँदैन, र केही समयको लागि तिनीहरूले विश्वास गर्छन्, तर परीक्षाको बेलामा तिनीहरूको पतन हुन्छ।
14
काँढ़ाहरूका बीचमा पर्नेचाहिँ तिनीहरू हुन्, जसले सुन्छन्, तर पछि यस जीवनका चिन्ता, धन, सुख-चैनमा परेर बढ्न पाउँदैनन्, र तिनका फल पाक्न पाउँदैनन्।
15
तर असल जमिनमा पर्नेचाहिँ तिनीहरू हुन्, जसले वचन सुनेर निष्कपट र भला हृदयमा त्यसलाई जोगाइराख्छन्, र धैर्यसाथ फल फलाउँछन्।
16
“कसैले बत्ती बालेर भाँड़ाले छोप्दैन, कि खाटमुनि राख्दैन, तर भित्र आउनेहरूलाई उज्यालो होस् भनी सामदानमा राख्तछ।
17
कुनै कुरा लुकाएर राख्न सकिँदैन जो प्रकट हुँदैन, अनि कुनै कुरा गुप्तमा रहँदैन जो थाहा लाग्दैन वा प्रकाशमा आउँदैन।
18
यसकारण होशियार रहो, तिमीहरू कसरी सुन्छौ, किनकि जससँग छ, त्यसलाई अझ दिइनेछ, र जससँग छैन, त्यससँग जे छ भनी त्यसले ठान्छ, त्यो पनि त्यसबाट खोसिनेछ।”
19
उहाँका आमा र भाइहरू उहाँकहाँ आए, तर भीड़ले गर्दा उहाँको नजिक आउन सकेनन्।
20
उहाँलाई कसैले भने, “तपाईंका आमा र भाइहरू तपाईंलाई भेट गर्ने इच्छाले बाहिर उभिरहेका छन्।”
21
तर उहाँले तिनीहरूलाई भन्नुभयो, “मेरी आमा र मेरा भाइहरू ती नै हुन्, जसले परमेश्वरको वचन सुन्छन्, र त्यो पालन गर्छन्।”
22
एक दिन उहाँ आफ्ना चेलाहरूसँग डुङ्गामा चढ्नुभयो, र उहाँले तिनीहरूलाई भन्नुभयो, “हामी तालको पारिपट्टि जाऔं।” र उहाँहरू डुङ्गामा चढ़ी जानुभयो।
23
डुङ्गामा जाँदैगर्दा उहाँ निदाउनुभयो। तालमा आँधीबेहरी चल्न लाग्यो। डुङ्गा पानीले भरिन लाग्यो, र तिनीहरू आपत्मा परे।
24
अनि तिनीहरूले नजिक आएर उहाँलाई यसो भन्दै ब्यूँझाए, “गुरुज्यू, गुरुज्यू, हामी डुब्न लाग्यौं।” उहाँले उठेर बतास र प्रचण्ड लहरलाई हकार्नुभयो, र ती थामिए अनि सबै शान्त भयो।
25
उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूको विश्वास कहाँ गयो?” तिनीहरू भयभीत भए, अनि आश्चर्यचकित भए र आपसमा भन्न लागे, “यिनी को हुन्? यिनले बतास र पानीलाई समेत आज्ञा दिन्छन्, अनि तिनीहरू यिनको आज्ञा मान्छन्।”
26
उहाँहरू गेरासेनसको प्रदेशमा आइपुग्नुभयो, जो गालीलको पारिपट्टि छ।
27
जब उहाँ पाखामा उत्रनुभयो तब उहाँले सहरको एक जना मानिस भेट्नुभयो, जसलाई भूत लागेको थियो। त्यसले धेरै समयदेखि लुगा लाउँदैनथियो, र घरमा नबसी त्यो चिहानहरू हुँदो बस्दथ्यो।
28
त्यसले येशूलाई देख्यो, र चिच्च्याएर उहाँको सामु घोप्टो परी उच्च सोरले भन्यो, “हे सर्वोच्च परमेश्वरका पुत्र येशू, तपाईंको मसँग के काम? बिन्ती गर्दछु, मलाई नसताउनुहोस्।”
29
किनभने उहाँले अशुद्ध आत्मालाई त्यस मानिसबाट निस्केर जाने आज्ञा दिनुभएको थियो। त्यसलाई धेरै पल्ट भूतले पक्रेको थियो। त्यो पहरामा राखिएको थियो। त्यो साङ्ला र नेलले बाँधिन्थ्यो, तर त्यसले ती बन्धन छिनालिहाल्थ्यो। अनि भूतले त्यसलाई मरुभूमि हुँदो लैजान्थ्यो।
30
येशूले त्यसलाई सोध्नुभयो, “तेरो नाउँ के हो?” त्यसले भन्यो, “फौज।” किनभने धेरै भूतहरू त्यसमा पसेका थिए।
31
तिनीहरूलाई अतल-कुण्डमा नपठाऊन् भनी तिनीहरूले उहाँलाई बिन्ती गरे।
32
नजिकको डाँड़ामा सुँगुरको एक ठूलो बगाल चरिरहेको थियो। तब तिनीहरूले सुँगुरभित्र पस्न दिनुहोस् भनी उहाँलाई बिन्ती गरे, र उहाँले मन्जूर गर्नुभयो।
33
अनि भूतहरू त्यस मानिसबाट निस्केर ती सुँगुरहरूभित्र पसे, र त्यो बगाल भिरालोबाट समुद्रतिर हुर्रिदैं गए र डुबेर मरे।
34
अब जे भएको थियो त्यो देखेर सुँगुर चराउनेहरू भागे, र गएर सहर र गाउँ हुँदो यो कुरो बताइदिए।
35
अनि जे भएको थियो त्यो हेर्नलाई मानिसहरू येशूकहाँ आए, र जुन मानिसबाट भूतहरू निस्केका थिए, त्यसलाई लुगा लाएर सद्दे मनको भई येशूका चरणमा बसिरहेको भेट्टाए, र तिनीहरू भयभीत भए।
36
देख्नेहरूले भूत लागेको मानिस कसरी निको भयो सो तिनीहरूलाई बताइदिए।
37
गेरासेनसको आसपासका सबै गाउँका मानिसहरूले येशूलाई तिनीहरूका गाउँबाट गइहाल्नुहोस् भनी बिन्ती गरे, किनभने तिनीहरू ज्यादै भयभीत भएका थिए। यसकारण उहाँ डुङ्गामा चढ़ेर फर्कनुभयो।
38
तर जुन मानिसबाट भूतहरू निस्केका थिए, त्यसले ‘उहाँको साथमा जान पाऊँ’ भनी उहाँलाई बिन्ती गर्न लाग्यो। तर येशूले त्यसलाई यसो भनेर बिदा दिनुभयो,
39
“तिमी आफ्नो घर फर्क, र परमेश्वरले तिम्रो निम्ति कति ठूलो काम गर्नुभयो, सो घोषणा गर।” तब त्यो गयो, र येशूले त्यसको निम्ति कति ठूलो काम गर्नुभएको थियो, सो सारा सहरभरि प्रचार गर्न लाग्यो।
40
येशू फर्केर आउनुहुँदा भीड़ले उहाँलाई स्वागत गर्यो, किनकि तिनीहरू सबैले उहाँको प्रतीक्षा गरिरहेका थिए।
41
याइरस नाउँका एक जना सभाघरका शासक आएर येशूका पाउमा परे, र तिनको घरमा आउनुहोस् भनी उहाँलाई बिन्ती गरे,
42
किनकि बाह्र वर्ष पुगेकी तिनकी एकमात्र छोरी थिई, जो मर्नै लागेकी थिई। येशू जाँदैगर्नुहुँदा मानिसहरूले उहाँलाई घचेटिरहेका थिए।
43
बाह्र वर्षदेखि रक्तस्रावले पीडित एउटी स्त्री, जसलाई कसैले निको पार्न सकेको थिएन,
44
त्यसले पछिल्तिरबाट आएर उहाँको लुगाको एक छेउ छोई, र तुरुन्तै त्यसको रक्तस्राव बन्द भयो।
45
येशूले भन्नुभयो, “मलाई कसले छोयो?” जब सबैले इन्कार गरे, तब पत्रुस र तिनीहरूसँग हुनेहरूले भने, “गुरुज्यू, भीड़ले तपाईंलाई घेरेर ठेल्दैछन्।”
46
तर येशूले भन्नुभयो, “कसैले मलाई छोएकै हो, किनभने शक्ति मबाट निस्केर गएको मैले थाहा पाएँ।”
47
अब आफू लुकिरहन नसक्ने कुरा थाहा पाएर त्यो स्त्री काम्दै आई र उहाँको सामुन्ने घोप्टो परी, र किन त्यसले उहाँलाई छोई, अनि कसरी तुरुन्तै निको भई, सो सब मानिसहरूका सामु बताइदिई।
48
उहाँले त्यसलाई भन्नुभयो, “छोरी, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ, शान्तिसँग जाऊ।”
49
उहाँ बोल्दैहुनुहुन्थ्यो, सभाघरका शासकको घरबाट एक जना मानिस आइपुग्यो, र भन्यो, “तपाईंकी छोरी मरी। अब गुरुलाई कष्ट नदिनुहोस्।”
50
तर येशूले यो सुनेर याइरसलाई भन्नुभयो, “नडराऊ, विश्वास मात्र गर, र त्यो निको हुनेछे।”
51
जब उहाँ घरमा पुग्नुभयो तब उहाँले पत्रुस, याकूब, यूहन्ना र बालिकाका बुबा र आमाबाहेक अरू कसैलाई उहाँसँग भित्र आउन दिनुभएन।
52
सबै जना रोइरहेका र बिलौना गरिरहेका थिए, तर उहाँले भन्नुभयो, “नरोओ, त्यो मरेकी छैन, तर सुतेकी छे।”
53
त्यो मरिसकेकी छे भन्ने जानेर तिनीहरू उहाँको हाँसो गर्न लागे।
54
तर उहाँले त्यसको हात समातेर यसो भनेर बोलाउनुभयो, “नानी, उठ।”
55
अनि त्यसको प्राण फर्केर आयो, र त्यो तुरुन्तै उठी, र उहाँले त्यसलाई केही खान दिनू भन्ने आज्ञा गर्नुभयो।
56
त्यसका आमा-बुबा आश्चर्यचकित भए, तर जे भएको थियो त्यो कसैलाई नभन्नू भन्ने आदेश उहाँले तिनीहरूलाई दिनुभयो।
← Chapter 7
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 9 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24