bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Luke 18
Luke 18
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 17
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 19 →
1
तिनीहरू सधैँ प्रार्थना गरिरहून् र निराश नहोऊन् भन्ने हेतुले उहाँले तिनीहरूलाई एउटा दृष्टान्त भन्नुभयो:
2
“कुनै एउटा सहरमा परमेश्वरको भय नमान्ने र मानिसको वास्ता नगर्ने एक जना न्यायाधीश थिए।
3
त्यसै सहरमा एउटी विधवा थिई। त्यो तिनीकहाँ आइरहन्थी, र भन्थी, ‘मेरो वादीको अगि मेरो न्याय गरिदिनुहोस्।’
4
“तिनले केही समयसम्म त मानेनन्, तर पछिबाट तिनले आफ्नो मनमा भने, ‘म परमेश्वरको डर मान्दिनँ। मानिसको वास्ता पनि गर्दिनँ।
5
तर यस विधवाले मलाई हैरान पारेकी हुनाले म त्यसको न्याय गरिदिनेछु, नत्रता तिनी एकोहोरो आएर मलाई वाक्क बनाउनेछे’।”
6
प्रभुले भन्नुभयो, “सुन, ती अधर्मी न्यायाधीशले के भन्दछन्।
7
के परमेश्वरले उहाँलाई रातदिन पुकार्ने आफ्ना चुनिएकाहरूको न्याय गरिदिनुहुन्न र? के उहाँले तिनीहरूका निम्ति बियाँलो गर्नुहुन्छ र?
8
म तिमीहरूलाई भन्दछु, उहाँले चाँड़ै नै तिनीहरूको न्याय गरिदिनुहुनेछ। तापनि मानिसको पुत्र आउँदा के उसले पृथ्वीमा विश्वास भेट्टाउनेछ र?”
9
आफैमाथि भरोसा राख्नेहरू र आफैलाई धर्मी ठानी अरूहरूलाई तुच्छ ठान्नेहरू कसै-कसैलाई उहाँले यो दृष्टान्त सुनाउनुभयो:
10
“दुई जना मानिस प्रार्थना गर्न मन्दिरमा गए— एक जना फरिसी र अर्कोचाहिँ कर उठाउने।
11
फरिसीले उभिएर मनमनै यसरी प्रार्थना गर्यो, ‘हे परमेश्वर, म तपाईंलाई धन्यवाद दिन्छु, म अरू मानिसहरूजस्तो धुताहा, अन्यायी, व्यभिचारी, अथवा यही कर उठाउनेजस्तो पनि छैनँ।
12
म हप्तामा दुई पल्ट उपवास बस्तछु। मैले पाएका सबै थोकको दशांश म दिन्छु।’
13
“तर कर उठाउनेचाहिँ टाढ़ै उभिएर स्वर्गतिर आँखा पनि नउठाई यसो भन्दै आफ्नो छाती पिट्यो, ‘हे परमेश्वर, म पापीमाथि दया गर्नुहोस्!’
14
“म तिमीहरूलाई भन्दछु, योचाहिँ मानिस त्यस अर्काभन्दा धर्मी ठहरिएर आफ्नो घरतिर लाग्यो। किनभने हरेक जसले आफूलाई उच्च पार्दछ, त्यो होच्याइनेछ, तर जसले आफूलाई होच्याउँछ, त्यो उच्च पारिनेछ।”
15
येशूले छोइदेऊन् भनी मानिसहरूले शिशुहरूलाई उहाँकहाँ ल्याए। तर चेलाहरूले यो देखेर तिनीहरूलाई हप्काए।
16
येशूले तिनीहरूलाई आफूकहाँ बोलाएर भन्नुभयो, “बालकहरूलाई मकहाँ आउन देओ, तिनीहरूलाई नरोक। किनभने परमेश्वरको राज्य यस्तैहरूको हो।
17
साँच्चै म तिमीहरूलाई भन्दछु, जसले एउटा बालकले जस्तै परमेश्वरको राज्यलाई ग्रहण गर्दैन, त्यो कुनै रीतिले त्यसभित्र प्रवेश गर्नेछैन।”
18
कोही एक जना शासकले येशूलाई यसो भनेर सोधे, “हे असल गुरु, अनन्त जीवन पाउनलाई म के गरूँ?”
19
येशूले तिनलाई भन्नुभयो, “तिमी मलाई किन असल भन्दछौ? एक परमेश्वरबाहेक कोही असल छैन।
20
तिमी आज्ञाहरू त जान्दछौ: ‘व्यभिचार नगर्नू, हत्या नगर्नू, नचोर्नू, झूटा गवाही नदिनू, आफ्ना बुबा र आमाको आदर गर्नू’।”
21
तिनले भने, “यी सब त मैले मेरो युवावस्थादेखि नै पालन गरेको छु।”
22
यो सुनेपछि येशूले तिनलाई भन्नुभयो, “तिमीलाई अझ एक कुराको अभाव छ। तिमीसँग भएका जे जति छन् ती सबै बेचेर गरीबहरूलाई बाँड़िदेऊ, र तिमीलाई स्वर्गमा धन हुनेछ, र आऊ, र मेरो पछि लाग।”
23
तर यी कुरा सुनेर ती शासक अति उदास भए, किनभने तिनी अत्यन्त धनी थिए।
24
अनि येशूले तिनलाई हेरेर भन्नुभयो, “धन-सम्पत्ति हुनेहरूलाई परमेश्वरको राज्यभित्र प्रवेश गर्नु अति गाह्रो छ,
25
किनभने धनी मानिसलाई परमेश्वरको राज्यमा प्रवेश गर्नुभन्दा त ऊँटलाई सियोको नाथ्रीबाट छिर्नु सजिलो हुन्छ।”
26
अनि सुन्नेहरूले भने, “तब कसको उद्धार हुन सक्छ त?”
27
उहाँले भन्नुभयो, “मानिसहरूका लागि जे असम्भव छ, त्यो परमेश्वरको लागि सम्भव छ।”
28
तब पत्रुसले भने, “हेर्नुहोस्, आफ्नो घरद्वार छोड़ेर हामी तपाईंको पछि लागेका छौं।”
29
तब उहाँले तिनीहरूलाई भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्दछु, जसले घर वा पत्नी, वा दाजुभाइ वा आमा-बुबा, अथवा छोराछोरीलाई परमेश्वरका राज्यको निम्ति त्याग्छ,
30
त्यसले यसै समयमा धेरै बढ़ी प्रतिफल पाउनेछ र आउने युगमा अनन्त जीवन प्राप्त गर्नेछ।”
31
येशूले बाह्रैलाई अलग्गै लगेर भन्नुभयो, “हेर, हामी यरूशलेमतिर जाँदैछौं, र मानिसको पुत्रको विषयमा अगमवक्ताहरूले लेखेका हरेक कुरा पूरा हुनेछ।
32
किनभने ऊ अन्यजातिहरूका हातमा सुम्पिइनेछ, र तिनीहरूले उसको गिल्ला गर्नेछन्, र ऊसँग दुर्व्यवहार गर्नेछन्, र उसलाई थुक्नेछन्।
33
तिनीहरूले उसलाई कोर्रा लाउनेछन् र मार्नेछन्, अनि तेस्रो दिनमा ऊ फेरि मृत्युबाट जीवित भई उठ्नेछ।”
34
तर चेलाहरूले यी कुराहरू एउटै पनि बुझेनन्। तिनीहरूका निम्ति यो कुरा गुप्तमा राखियो, अनि भनिएको यो कुरा तिनीहरूको समझले भ्याएन।
35
उहाँ यरीहोको नजिक पुग्नुभयो। त्यहाँ एक जना अन्धो बाटोको छेउमा बसेर भीख मागिरहेको थियो।
36
एउटा भीड छेउबाट गइरहेको सुनेर ‘यो के हो?’ भनेर त्यसले सोध्यो।
37
मानिसहरूले त्यसलाई भने, “नासरतका येशू यतैबाट जाँदैहुनुहुन्छ।”
38
तब त्यो यसो भन्दै करायो, “हे येशू, दाऊदका पुत्र, ममाथि दया गर्नुहोस्!”
39
अगिअगि हिँड्नेहरूले त्यसलाई चूप लाग् भनेर हप्काए, तर त्यो झन् साह्रो करायो, “हे दाऊदका पुत्र, ममाथि दया गर्नुहोस्!”
40
येशू अड़िनुभयो, र त्यसलाई आफूकहाँ ल्याउने आज्ञा गर्नुभयो। त्यो नजिक आएपछि उहाँले त्यसलाई सोध्नुभयो,
41
“तिमी के चाहन्छौ? म तिम्रो निम्ति के गरूँ?” त्यसले भन्यो, “प्रभु, म देख्न सकूँ”।
42
तब येशूले त्यसलाई भन्नुभयो, “तिमी देख्ने भइजाऊ। तिम्रो विश्वासले तिमीलाई निको पारेको छ।”
43
अनि तुरुन्तै त्यो देख्ने भयो, र परमेश्वरको प्रशंसा गर्दै त्यो उहाँको पछि लाग्यो। यो देखेर सबै मानिसहरूले परमेश्वरको प्रशंसा गरे।
← Chapter 17
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 19 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24