bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Luke 9
Luke 9
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 8
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 10 →
1
तब उहाँले बाह्र चेलाहरूलाई एकसाथ बोलाउनुभयो, र तिनीहरूलाई सबै भूतहरू निकाल्ने र रोगहरू निको पार्ने शक्ति र अधिकार दिनुभयो।
2
उहाँले तिनीहरूलाई परमेश्वरका राज्यको प्रचार गर्न र बिरामीहरू निको पार्न पठाउनुभयो।
3
उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूको यात्रामा आफ्नो साथमा केही नलेओ— न लहुरो, न झोली, न रोटी, न पैसा, न त दुई जोर दौरा साथमा होस्।
4
जुन घरमा तिमीहरू पस्छौ त्यहीँ बस, र त्यहीँबाट बिदा होओ।
5
जहाँ तिमीहरूको स्वागत हुँदैन तिमीहरू त्यस सहरबाट निस्कँदा आफ्ना खुट्टाको धुलो तिनीहरूका विरुद्धमा गवाहीको निम्ति टकटक्याइदेओ।”
6
तब तिनीहरू बिदा भए, र सुसमाचार प्रचार गर्दै र सबैतिर रोगीहरूलाई निको पार्दै गाउँ-गाउँ गए।
7
यी सबै घटनाका बारेमा सुनेर शासक हेरोद अन्योलमा परे, किनकि यूहन्ना मृतकबाट जीवित भई उठेका छन् भनेर कसै-कसैले भन्थे।
8
र कोही भन्थे, “एलिया देखा परेका छन्,” अनि अरूहरूले भन्थे, “उहिलेका अगमवक्ताहरूमध्ये एक जना उठेका छन्।”
9
तब हेरोदले भने, “यूहन्नाको शिर मैले काट्न लगाएँ, तर यिनी को हुन् जसको विषयमा म यस्ता कुराहरू सुन्दैछु?” अनि तिनले उहाँलाई भेट्ने इच्छा गरे।
10
अनि प्रेरितहरू फर्केर तिनीहरूले गरेका सबै काम उहाँलाई बताए। उहाँले तिनीहरूलाई साथमा लिई बेथसेदा भन्ने सहरमा अलग्गै जानुभयो।
11
तर यो थाहा पाएर भीड़हरू उहाँको पछिपछि लागे। उहाँले तिनीहरूलाई स्वागत गर्नुभयो, र परमेश्वरका राज्यको विषयमा सुनाउनुभयो, र जस-जसलाई निको हुन आवश्यकता थियो तिनीहरूलाई निको पार्नुभयो।
12
अब दिन ढल्कन लाग्यो, र बाह्रै जनाले आएर उहाँलाई भने, “भीड़लाई बिदा दिनुहोस्, र तिनीहरू गएर आसपासका बस्ती र गाउँ हुँदो वास बसून्, र भोजनको व्यवस्था गरून्, किनकि यहाँ हामी निर्जन ठाउँमा छौं।”
13
तर उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूले नै तिनीहरूलाई खान देओ।” तब तिनीहरूले भने, “हामीहरूसित पाँच वटा रोटी र दुई वटा माछा मात्र छन्, नभए हामी गएर यी सबै मानिसका लागि भोजन किन्नुपर्ला।
14
तिनीहरू प्राय: पाँच हजार जति पुरुषहरू थिए। तब उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, “तिनीहरूलाई पचास-पचासको पंक्तिमा बसाओ।”
15
तिनीहरूले त्यसै गरे, र सबैलाई बसाए।
16
तब उहाँले ती पाँच वटा रोटी र दुई वटा माछा लिएर स्वर्गतिर हेरी आशीर्वाद दिनुभयो, र भाँचेर मानिसहरूलाई बाँड़िदिनू भनी चेलाहरूलाई दिनुभयो।
17
अनि सबैले खाए, तृप्त भए, र चेलाहरूले उब्रेका टुक्राहरू बाह्र डाला उठाए।
18
एक पल्ट येशू एकलै प्रार्थना गरिरहनुभएको थियो, चेलाहरू उहाँसँग थिए, र उहाँले तिनीहरूलाई सोध्नुभयो, “मानिसहरूले मलाई को हो भन्छन्?”
19
तिनीहरूले भने, “कसैले बप्तिस्मा-दिने यूहन्ना भन्छन्, कसैले एलिया, र अरूहरूले भन्छन्, पहिलेका कोही अगमवक्ताहरूमध्ये एक जना फेरि उठेका छन्।”
20
उहाँले तिनीहरूलाई भन्नुभयो, “तर तिमीहरूचाहिँ के भन्छौ? म को हुँ?” तब पत्रुसले जवाफ दिएर भने, “परमेश्वरका ख्रीष्ट!”
21
तब उहाँले तिनीहरूलाई आज्ञा दिनुभयो, र साथै चेताउनी दिनुभयो, कि तिनीहरूले यो कुरा कसैलाई नभनून्।
22
अनि उहाँले भन्नुभयो, “मानिसको पुत्रले धेरै दुःख उठाउनुपर्छ, र उनी धर्म-गुरुहरू, मुख्य पूजाहारीहरू र शास्त्रीहरूबाट बहिष्कृत हुनेछ, मारिनेछ र तेस्रो दिनमा मृतकबाट जीवित भई उठ्नेछ।”
23
तब उहाँले सबैलाई भन्नुभयो, “कोही मपछि आउने इच्छा गर्छ भने त्यसले आफूलाई इन्कार गरोस्, र दिनहुँ आफ्नो क्रूस बोकेर मेरो पछि लागोस्।
24
किनकि जसले आफ्नो प्राण बचाउने इच्छा गर्छ, त्यसले त्यो गुमाउनेछ। तर जसले मेरो खातिर आफ्नो प्राण गुमाउँछ, त्यसले त्यो बचाउनेछ।
25
किनकि सारा जगत् प्राप्त गरेर आफैलाई चाहिँ नाश पार्छ वा गुमाउँछ भने मानिसलाई के लाभ हुन्छ र?
26
तर कोही मदेखि र मेरा वचनदेखि शर्माउँछ भने मानिसको पुत्र पनि आफ्नो महिमामा, र पिताको र पवित्र दूतगणको महिमामा आउँदा त्यससँग शर्माउनेछ।
27
तर साँच्चै म तिमीहरूलाई भन्दछु, यहाँ उभिनेहरू कोही-कोही छन्, जसले परमेश्वरको राज्य देख्न अघि मृत्यु चाख्नेछैनन्।”
28
यी कुराको प्राय: आठ दिनपछि पत्रुस, यूहन्ना र याकूबलाई आफूसित लिएर प्रार्थना गर्नलाई उहाँ पहाड़माथि उक्लनुभयो।
29
उहाँले प्रार्थना गरिरहनुहुँदा उहाँको मुहारको रूप बद्लियो, र उहाँको वस्त्र बिजुली चम्केको जस्तो उज्ज्वल भयो।
30
अनि उहाँसँग दुई जना मानिस बातचीत गरिरहेका थिए, उनीहरू मोशा र एलिया थिए।
31
उनीहरू महिमित रूपमा देखा परी येशूका मृत्युको विषयमा बातचीत गरिरहेका थिए। यो कुरा उहाँले यरूशलेममा पूरा गर्नुपर्नेथियो।
32
अब पत्रुस र तिनीसँग हुनेहरू निद्राले लट्ठ भएका थिए। तर ब्यूँझेपछि तिनीहरूले उहाँको महिमा र उहाँसँग उभिएका ती दुई जना मानिसलाई देखे।
33
तब ती दुई मानिसहरू उहाँसँग बिदा भएर जान लाग्दा पत्रुसले येशूलाई भने, “गुरुज्यू, हामीलाई यहीँ बस्नु असल रहेछ। हामी तीन वटा वासस्थान बनाऔं— एउटा तपाईंको निम्ति, एउटा मोशाको निम्ति र एउटा एलियाको निम्ति।” आफूले बोलेका कुराको तिनलाई ख्यालै थिएन।
34
तिनी यी कुरा बोल्दाबोल्दै एउटा बादल आएर उहाँहरूलाई छोप्यो, र उहाँहरू बादलभित्र पस्न लाग्दा तिनीहरू भयभीत भए।
35
अनि बादलबाट यसो भन्ने एउटा आवाज निस्क्यो, “यिनी मेरा पुत्र हुन्, जसलाई मैले छानेको हुँ। यिनको वचन सुन।”
36
यो शब्द भएपछि येशू त्यहाँ एकलै हुनुभयो। तिनीहरू चूपचाप रहे, र तिनीहरूले देखेका कुराहरू ती दिनमा कसैलाई भनेनन्।
37
भोलिपल्ट जब येशू र ती चेलाहरू पहाड़बाट ओर्लनुभयो, एउटा ठूलो भीड उहाँलाई भेट्न आयो।
38
भीड़बाट एक जना मानिसले कराएर भन्यो, “गुरुज्यू, म तपाईंसँग बिन्ती गर्दछु, मेरो छोरामाथि कृपा-दृष्टि गर्नुहोस्। किनकि त्यो मेरो एकमात्र छोरा हो।
39
हेर्नुहोस्, एउटा दुष्टात्माले त्यसलाई पक्रन्छ, र त्यो अचानक चिच्च्याउँछ, र त्यसलाई ऐँठाउँछ र त्यसले फीँज काढ्न लाग्छ। त्यसलाई लछारपछार पारेर बल्लबल्ल छोड्छ।
40
त्यस दुष्टात्मालाई निकालिदेऊन् भनेर मैले तपाईंका चेलाहरूसँग बिन्ती गरें, तर तिनीहरूले सकेनन्।”
41
तब येशूले जवाफ दिनुभयो, “ए अविश्वासी र हठी पुस्ता, म कहिलेसम्म तिमीहरूसँग रहुँला, र तिमीहरूलाई कतिसम्म सहुँ? तिम्रो छोरालाई यहाँ ल्याऊ।”
42
तर त्यो आउँदाआउँदै भूतात्माले त्यसलाई पछारिहाल्यो, र ऐँठ्न लाग्यो। तर येशूले त्यस अशुद्ध आत्मालाई हकार्नुभयो, र त्यस बालकलाई निको पारेर त्यसका बाबुलाई सुम्पिदिनुभयो।
43
परमेश्वरको महानता देखेर तिनीहरू सबै छक्क परे। येशूले गर्नुभएको प्रत्येक काममा सबै जना छक्क परेका देखेर, उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो,
44
“यी कुरा तिमीहरूका कानमा गडून्, किनभने मानिसको पुत्र मान्छेहरूका हातमा पक्राउ पर्न आँटेको छ।”
45
तर तिनीहरूले यो कुरा बुझेनन्। किनकि यो तिनीहरूले नबुझून् भनेर तिनीहरूबाट गुप्त राखिएको थियो। तिनीहरू यस विषयमा उहाँलाई सोध्न डराउँथे।
46
त्यस बेला तिनीहरूमध्ये ठूलो को हो भन्ने विषयमा आपसमा बहस चल्यो।
47
तर येशूले तिनीहरूका मनको विचार थाहा पाएर एउटा बालकलाई लिई आफ्नो छेउमा राख्नुभयो,
48
र तिनीहरूलाई भन्नुभयो, “जसले मेरो नाउँमा यस बालकलाई ग्रहण गर्छ, त्यसले मलाई ग्रहण गर्छ, र जसले मलाई ग्रहण गर्छ, त्यसले मलाई पठाउनुहुनेलाई ग्रहण गर्छ। किनभने तिमीहरू सबैमध्ये जो सबैभन्दा सानो छ, त्यही ठूलो हुन्छ।”
49
तब यूहन्नाले भने, “गुरुज्यू, एक जनाले तपाईंको नाउँमा भूतहरू निकालिरहेको हामीले देख्यौं, र हामीले त्यसलाई मनाही गर्यौं। किनकि त्यसले हामीहरूसँग तपाईंको अनुसरण गर्दैन।”
50
तर येशूले तिनलाई भन्नुभयो, “तिनलाई मनाही नगर। किनभने जो तिम्रो विरुद्धमा छैन, त्यो तिम्रो पक्षमा हुन्छ।”
51
उहाँको स्वर्गारोहणको दिन नजिकै आइपुग्दा उहाँले यरूशलेमतिरै जाने अठोट गर्नुभयो।
52
अनि उहाँले समाचार लाने मानिसहरूलाई पहिलेबाटै पठाउनुभयो। तिनीहरू गए, र उहाँको निम्ति सबै कुरा तयार पार्नलाई सामरीहरूको एउटा गाउँमा पसे।
53
तर यरूशलेमतिर जाने उहाँको दृढ़ विचार थाहा पाएर तिनीहरूले उहाँलाई स्वागत गरेनन्।
54
तब यो देखेर उहाँका चेलाहरू याकूब र यूहन्नाले भने, “प्रभुज्यू, के तपाईं चाहनुहुन्छ कि स्वर्गबाट आगो बर्साएर यिनीहरू भस्म होऊन् भनी हामी आज्ञा गरौं?”
55
तर फर्केर उहाँले तिनीहरूलाई हप्काउनुभयो।
56
अनि उहाँहरू अर्को गाउँतिर जानुभयो।
57
उहाँहरू बाटोमा जाँदैगर्नुहुँदा, एक जना मानिसले उहाँलाई भन्यो, “हे प्रभु, तपाईं जता जानुहुन्छ म तपाईंको पछि लाग्नेछु।”
58
तब येशूले त्यसलाई भन्नुभयो, “स्यालका दुला छन्, र आकाशका चराचुरुङ्गीहरूका गुँड़, तर मानिसको पुत्रको त शिर राख्ने ठाउँ पनि छैन।”
59
उहाँले अर्कोलाई भन्नुभयो, “मेरो पछि लाग।” तर त्यसले भन्यो, “पहिले मेरा बाबुलाई गाड्न जान दिनुहोस्।”
60
उहाँले त्यसलाई भन्नुभयो, “मुर्दाहरूलाई आफ्नै मुर्दा गाड्न देओ, तर तिमी गएर परमेश्वरका राज्यको सुसमाचार प्रचार गर।”
61
अर्काले पनि भन्यो, “प्रभु, म तपाईंको पछि लाग्नेछु, तर पहिले आफ्नो घरमा हुनेहरूबाट मलाई बिदा लिन दिनुहोस्।”
62
तर येशूले त्यसलाई भन्नुभयो, “आफ्नो हात हलोमा लगाएर पछिल्तिर हेर्ने कोही पनि परमेश्वरका राज्यको योग्यको हुँदैन।”
← Chapter 8
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 10 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24