bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Luke 13
Luke 13
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 12
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 14 →
1
त्यसै बेला त्यहाँ कति जना उपस्थित थिए, जसले ती गालीलीहरूका विषयमा उहाँलाई भने, जसलाई पिलातसले हत्या गरी तिनीहरूको रगत बलि भइरहेका पशुको रगतसँग मिसाइदिएका थिए।
2
तब येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “तिनीहरूले यसरी कष्ट भोगे भन्दैमा, के तिमीहरू ठान्छौ, यी गालीलीहरू अरू सबै गालीलीहरूभन्दा बढ़ी पापी थिए?
3
म तिमीहरूलाई भन्दछु, त्यसो होइन, तर तिमीहरूले पश्चात्ताप गरेनौ भने तिमीहरू सबै त्यसरी नै नाश हुनेछौ।
4
अथवा के तिमीहरू ठान्छौ, ती अठार जना, जो सिलोआममा धरहरा ढलेर मरेका थिए, कि तिनीहरू सबै यरूशलेमवासीहरूमध्ये बढ़ी अपराधी थिए?
5
त्यसो होइन, तर म तिमीहरूलाई भन्दछु, तिमीहरूले पश्चात्ताप गरेनौ भने, तिमीहरू सबै त्यसरी नै नाश हुनेछौ।”
6
त्यसपछि उहाँले यो दृष्टान्त भन्नुभयो: “कुनै मानिसले आफ्नो दाखबारीमा एउटा अञ्जीरको बोट रोपेको थियो। त्यस बोटमा फल फल्यो कि भनेर त्यो आयो,
7
तब त्यसले मालीलाई भन्यो, ‘तीन वर्ष भयो, म यस अञ्जीरको रूखमा फल खोज्दैछु, तर पाउँदिनँ। यसलाई काटेर ढालिदे, यसले जमिन किन ओगट्ने?’
8
“तर मालीले भन्यो, ‘हजूर, यसलाई अझै एक वर्ष रहन दिनुहोस्। म यसको वरिपरि खनेर मल हाल्छु,
9
र त्यसपछि फल फल्यो भने बेसै भयो, फलेन भने तपाईंले त्यसलाई ढालिदिनोस्’।”
10
एक शबाथ-दिन कुनै एउटा सभाघरमा उहाँले शिक्षा दिइरहनुभएको थियो।
11
त्यहाँ एउटी स्त्री थिई, जसलाई अठार वर्षदेखि दुर्बल पार्ने दुष्टात्मा लागेको थियो। त्यो कुप्री परेकी थिई, र आफै पूर्ण रूपले सीधा हुन सक्दिनथिई।
12
येशूले त्यसलाई देख्नुभयो, र बोलाएर भन्नुभयो “ए नारी, तिमी आफ्नो दुर्बलताबाट मुक्त भयौ।”
13
तब उहाँले त्यसमाथि आफ्ना हात राख्नुभयो, र त्यो तुरुन्तै सीधा भई र परमेश्वरको प्रशंसा गर्न लागी।
14
सभाघरका शासक क्रोधित भए, किनकि येशूले शबाथमा निको पार्नुभएको थियो, र तिनले मानिसहरूलाई भने, “काम गर्ने छ दिन छन्। यसकारण यी छ दिनभित्र आएर निको होओ, शबाथ-दिनमा होइन।”
15
तर प्रभुले जवाफ दिनुभयो, “कपटी हो! तिमीहरूमध्ये कसले शबाथ-दिनमा गोठ र तबेलाबाट आफ्नो गोरु कि गधा फुकाएर पानी खुवाउन लैजाँदैन?
16
अब्राहामकी यो छोरी जो अठार वर्षसम्म शैतानको बन्धनमा थिई, शबाथ-दिनमा यस बन्धनबाट त्यो मुक्त हुनुपर्ने होइन र?”
17
उहाँले यी कुरा भन्नुभएपछि उहाँका विरोधीहरू सबै शर्ममा परे, तर उहाँले गर्नुभएका सबै महिमामय कामहरूमा मानिसहरू आनन्दित भए।
18
तब उहाँले भन्नुभयो, “परमेश्वरको राज्य केजस्तो छ? त्यसको तुलना म केसँग गरूँ?
19
त्यो रायोको बीउको एउटा दानाजस्तो हो, जो एक जना मानिसले लगेर आफ्नो बारीमा रोप्यो, र त्यो बढ़ेर एउटा रूख भयो र आकाशका चराचुरुङ्गीहरूले त्यसका हाँगाहरूमा गुँड़ बनाए।”
20
फेरि उहाँले भन्नुभयो, “परमेश्वरको राज्यलाई म केसँग तुलना गरूँ?
21
त्यो खमिरजस्तो हो, जो एउटी स्त्रीले पच्चीस किलो पीठोमा मिसाई, र पूरै पीठो खमिरी भइहाल्यो।”
22
अब सहर-सहर र गाउँ-गाउँ भएर यात्रा गर्दै शिक्षा दिँदै उहाँ यरूशलेमतिर जानुभयो।
23
कुनै एक जनाले उहाँलाई सोध्यो, “प्रभु, के उद्धार पाउनेहरू थोरै छन्?” तर उहाँले तिनीहरूलाई भन्नुभयो,
24
“साँघुरो ढोकाबाट पस्ने प्रयत्न गर, किनकि, म तिमीहरूलाई भन्दछु, धेरै जना पस्न खोज्नेछन्, तर सक्नेछैनन्।
25
घरका मालिकले उठेर ढोका बन्द गरिसकेपछि, तिमीहरू बाहिर उभेर यसो भन्दै ढोका ढकढक्याउनेछौ, ‘प्रभु, हाम्रा निम्ति ढोका खोलिदिनुहोस्’, र उनले जवाफ दिएर भन्नेछन्, ‘तिमीहरू कहाँबाट आएका हौ म चिन्दिनँ।’
26
“तब तिमीहरू भन्न लाग्नेछौ, ‘हामीले तपाईंकै सामुन्नेमा खायौं र पियौं, अनि हाम्रा गल्लीहरूमा तपाईंले शिक्षा दिनुहुन्थ्यो।’
27
“उनले भन्नेछन्, ‘म तिमीहरूलाई भन्दछु, तिमीहरू कहाँबाट आएका हौ म जान्दिनँ। दुष्ट काम गर्ने हो, मबाट दूर होओ।’
28
“जब तिमीहरूले अब्राहाम, इसहाक, याकूब र सबै अगमवक्ताहरूलाई परमेश्वरको राज्यभित्र देख्नेछौ, अनि तिमीहरू आफैचाहिँ बाहिर फालिएका हुन्छौ, तब तिमीहरू विलाप गर्नेछौ र दाह्रा किट्नेछौ।
29
मानिसहरू पूर्व, पश्चिम, उत्तर र दक्षिणबाट आएर परमेश्वरका राज्यको भोजमा बस्नेछन्।
30
हेर, पछिल्लाहरूचाहिँ पहिला हुनेछन्, र पहिलाहरूचाहिँ पछिल्ला।”
31
त्यसै बेला कोही-कोही फरिसीहरूले आएर उहाँलाई भने, “यहाँबाट निस्केर जानुहोस्, किनभने हेरोदले तपाईंलाई मार्न चाहन्छन्।”
32
उहाँले तिनीहरूलाई भन्नुभयो, “गएर त्यस स्याललाई भन, ‘हेर, आज र भोलि म भूतहरू धपाउँछु र निको पार्ने काम गर्छु, अनि तेस्रो दिनचाहिँ मेरो कार्य पूर्ण हुनेछ।
33
तापनि आज, भोलि र पर्सि पनि म हिँड़ी नै रहनुपर्छ, किनभने यरूशलेमबाहिर कुनै अगमवक्ताको मृत्यु हुनै सक्दैन।
34
“यरूशलेम, ए यरूशलेम, तँ अगमवक्ताहरूलाई मार्छस्, र तँकहाँ पठाइएकाहरूमाथि ढुङ्गा बर्साउँछस्! जसरी पोथीले आफ्ना चल्लाहरूलाई पखेटामुनि बटुल्छ, त्यसरी नै कति पल्ट मैले तेरा बालकहरूलाई बटुल्ने इच्छा गरें, तर तँ मानिनस्।
35
हेर्, तेरो घर उजाड भएको छ। म तँलाई भन्दछु, जबसम्म तैंले ‘धन्य हुन्, परमप्रभुको नाउँमा आउने’ भन्दैनस्, तबसम्म मलाई देख्नेछैनस्।”
← Chapter 12
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 14 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24