bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Luke 4
Luke 4
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 5 →
1
येशू पवित्र आत्माले परिपूर्ण भएर यर्दनबाट फर्कनुभयो, र आत्माले उहाँलाई उजाड-स्थानमा लैजानुभयो
2
र चालीस दिनसम्म उजाड-स्थानमा दियाबलसबाट उहाँ परीक्षित हुनुभयो। ती दिनमा उहाँले केही खानुभएन, र चालीस दिन समाप्त भएपछि उहाँ भोकाउनुभयो।
3
तब दियाबलसले उहाँलाई भन्यो, “तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ भने यस ढुङ्गालाई आज्ञा गर्नुहोस्, र त्यो रोटी बनोस्।”
4
येशूले त्यसलाई जवाफ दिनुभयो, “लेखिएको छ, ‘मानिस रोटीले मात्र जीवित रहँदैन’।”
5
त्यसले उहाँलाई एउटा उच्च स्थानमा लगेर एकै क्षणमा जगत्का सबै राज्यहरू देखायो।
6
दियाबलसले उहाँलाई भन्यो, “म यो सारा अधिकार र यिनको गौरव तपाईंलाई दिनेछु, किनभने यी सबै मलाई सुम्पिएका छन्, र म जसलाई इच्छा गर्दछु, त्यसलाई दिँदछु।
7
तपाईंले मलाई दण्डवत् गर्नुभयो भने यी सबै तपाईंका हुनेछन्।”
8
येशूले त्यसलाई जवाफ दिनुभयो, “लेखिएको छ, ‘तैंले परमप्रभु, आफ्ना परमेश्वरलाई दण्डवत् गर्नू, र उहाँको मात्र सेवा गर्नू’।”
9
तब त्यसले उहाँलाई यरूशलेममा लगेर मन्दिरको टुप्पामा राख्यो, र उहाँलाई भन्यो, “तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ भने यहाँबाट हामफाल्नुहोस्।
10
किनभने लेखिएको छ, ‘उहाँले तिम्रो रक्षा गर्न आफ्ना स्वर्गदूतहरूलाई आज्ञा गर्नुहुनेछ,’
11
र ‘तिनीहरूले तिमीलाई हात-हातै थाम्नेछन्, नत्रता तिम्रो खुट्टा ढुङ्गामा ठोकिनेछ’।”
12
येशूले त्यसलाई जवाफ दिनुभयो, “यसो भनिएको छ, ‘तैंले परमप्रभु आफ्ना परमेश्वरको परीक्षा नगर्नू’।”
13
दियाबलसले उहाँलाई सबै परीक्षा गरिसकेपछि अनुकूल समय नभएसम्म उहाँलाई छोड़ेर गयो।
14
येशू पवित्र आत्माको शक्तिमा गालीलमा फर्कनुभयो, र उहाँका विषयको कुरा वरिपरिका सबै ठाउँमा फिँजियो।
15
उहाँले सभाघरहरूमा शिक्षा दिन लाग्नुभयो, र सबैले उहाँको प्रशंसा गर्थे।
16
उहाँ नासरतमा आउनुभयो, जहाँ उहाँ हुर्कनुभएको थियो। उहाँ आफ्नो आदतअनुसार शबाथ-दिनमा सभाघरमा जानुभयो, र पढ्नलाई खड़ा हुनुभयो।
17
उहाँलाई यशैया अगमवक्ताको पुस्तक दिइयो। उहाँले त्यो पुस्तक खोल्नुभयो, र यो कुरो लेखिएको खण्ड निकाल्नुभयो:
18
“परमप्रभुका आत्मा ममाथि छ, किनभने गरीबहरूलाई सुसमाचार सुनाउनका निम्ति उहाँले मलाई अभिषेक गर्नुभएको छ। कैदीहरूलाई छुटकाराको घोषणा गर्न, र अन्धाहरूलाई दृष्टि दिन, थिचोमिचोमा परेकाहरूलाई स्वतन्त्र गराउनका निम्ति,
19
र परमप्रभुका प्रसन्नताको वर्ष घोषणा गर्नका निम्ति उहाँले मलाई पठाउनुभएको छ।”
20
उहाँले पुस्तक बन्द गर्नुभयो, र एक जना सेवकलाई दिएर उहाँ बस्नुभयो। सभाघरमा भएकाहरू सबैको नजर उहाँमाथि पर्यो।
21
तब उहाँले तिनीहरूलाई भन्नुभयो, “आज धर्मशास्त्रको यो वचन तिमीहरूले सुन्दासुन्दै पूरा भएको छ।”
22
सबैले उहाँको सराहना गरे, र उहाँको मुखबाट निस्केका कृपापूर्ण वचनमा छक्क परे, र तिनीहरूले भने, “यिनी योसेफका छोरा होइनन् र?”
23
उहाँले तिनीहरूलाई भन्नुभयो, “नि:सन्देह, तिमीहरूले मलाई यो उखान भन्नेछौ, ‘ए वैद्य, आफैलाई निको पार। कफर्नहुममा तिमीले जे जति गर्यौ भनी हामीले सुनेका थियौं, ती यहाँ आफ्नो सहरमा पनि गर’।”
24
अनि उहाँले भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्दछु, कुनै पनि अगमवक्तालाई उनको आफ्नो देशमा स्वागत हुँदैन।
25
तर वास्तवमा म तिमीहरूलाई भन्दछु, इस्राएलमा एलियाको समयमा धेरै विधवाहरू थिए, त्यस बेला जब साढ़े तीन वर्ष वृष्टि रोकियो, यहाँसम्म कि सारा देशमा ठूलो अनिकाल परेको थियो।
26
तर एलिया सीदोन देशको सारपतमा भएकी एउटी विधवाकहाँ मात्र पठाइए, अरू कसैकहाँ पठाइएनन्।
27
एलीशा अगमवक्ताको बेलामा इस्राएलमा धेरै कुष्ठरोगीहरू भए तापनि सिरियाली नामान मात्र निको पारिए, अरू कोही निको पारिएनन्।”
28
यी कुरा सुनेर सभाघरमा भएका सबै जना रीसले चूर भए।
29
तिनीहरू उठे र उहाँलाई सहरबाट बाहिर निकालिकन जुन पहाड़मा तिनीहरूको सहर बनाइएको थियो, त्यसैको टाकुरामा लगेर उहाँलाई तलतिर खसालिदिन खोजे।
30
तर उहाँ तिनीहरूका बीचबाट छिरेर निस्किजानुभयो।
31
उहाँ गालीलको एउटा सहर कफर्नहुममा झर्नुभयो। शबाथ-दिनमा उहाँले तिनीहरूलाई शिक्षा दिँदैहुनुहुन्थ्यो।
32
तिनीहरू उहाँको शिक्षामा छक्क परे, किनकि उहाँको वचन अधिकारपूर्ण थियो।
33
सभाघरमा अशुद्ध भूतात्मा लागेको एक जना मानिस थियो, र त्यो चर्को सोरले चिच्च्यायो,
34
“हे येशू नासरी, तपाईंको हामीहरूसँग के काम? के तपाईं हामीहरूलाई नष्ट गर्न आउनुभएको हो? मलाई थाहा छ, तपाईं परमेश्वरका पवित्र जन हुनुहुन्छ।”
35
अनि येशूले त्यसलाई हकारेर भन्नुभयो, “चूप लाग्, र त्यसबाट निस्किजा।” त्यस मानिसलाई बीचमा पछारेर त्यसलाई केही हानि नगरिकन त्यो भूतात्मा त्यसबाट निस्केर गयो।
36
तब तिनीहरू सबै छक्क परे, र आपसमा यसो भने, “यो कस्तो वचन हो? यिनले त अधिकार र शक्तिसित अशुद्ध आत्माहरूलाई आज्ञा गर्दछन्, र ती निस्किजान्छन्।”
37
उहाँको चर्चा वरिपरिका मुलुकको हरेक ठाउँमा फिँजियो।
38
सभाघरबाट निस्केर उहाँ सिमोनको घरमा पस्नुभयो। सिमोनकी सासू कड़ा जरोले थलिएकी थिइन्, र तिनीहरूले तिनको निम्ति उहाँसँग बिन्ती गरे।
39
तिनको नजिकै उभिएर उहाँले जरोलाई हकार्नुभयो, र जरोले तिनलाई छोडिहाल्यो, र तुरुन्तै उठेर तिनले उहाँहरूको सेवा गरिन्।
40
अब घाम अस्ताउन लाग्दा अनेक किसिमका रोग भएका बिरामीहरू सबैलाई तिनीहरूले उहाँकहाँ ल्याए। उहाँले तिनीहरू हरेकमाथि आफ्ना हात राखेर तिनीहरूलाई निको पार्नुभयो।
41
धेरै मानिसहरूबाट भूतहरू पनि चिच्च्याउँदै र यसो भन्दै निस्के, “तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ।” तर उहाँले तिनीहरूलाई हकारेर बोल्न दिनुभएन, किनभने तिनीहरूले उहाँ ख्रीष्ट हुनुहुन्छ भनी चिन्थे।
42
बिहान उज्यालो भएपछि उहाँ निस्केर एकान्त ठाउँमा जानुभयो। भीड़हरू उहाँलाई खोज्दै उहाँकहाँ आइपुगे, र “हामीहरूलाई छोड़ेर नजानुहोस्” भनी उहाँलाई रोक्ने प्रयत्न गरे।
43
तर उहाँले तिनीहरूलाई भन्नुभयो, “मैले परमेश्वरका राज्यको सुसमाचार अरू सहरहरूमा पनि सुनाउनैपर्छ, किनकि म यसैको निम्ति पठाइएको हुँ।”
44
अनि उहाँ यहूदियाका सभाघरहरूमा प्रचार गर्न लाग्नुभयो।
← Chapter 3
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 5 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24