bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Luke 24
Luke 24
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 23
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
1
हप्ताको पहिलो दिन बिहान सखारै ती स्त्रीहरूले तयार गरेका सुगन्धित द्रव्य लिएर तिनीहरू चिहानमा आए।
2
तिनीहरूले ढुङ्गा चिहानबाट हटाएको भेट्टाए।
3
तर भित्र पस्दा तिनीहरूले प्रभु येशूको शरीर पाएनन्।
4
जब तिनीहरू यस विषयमा अलमल्ल परिरहेका थिए, तब चहकिलो पोशाक पहिरिएका दुई पुरुषहरू तिनीहरूका छेवैमा खड़ा भए।
5
तिनीहरू भयभीत भए अनि जमिनतिर शिर झुकाए, तर ती दुई पुरुषले भने, “तिमीहरू जीवित व्यक्तिलाई मृतकहरूका बीचमा किन खोज्छौ?
6
उहाँ यहाँ हुनुहुन्न, तर जीवित भई उठ्नुभएको छ। गालीलमा हुनुहुँदा उहाँले तिमीहरूलाई के भन्नुभएको थियो त्यो याद गर,
7
कि मानिसको पुत्र पापी मानिसहरूका हातमा सुम्पिनु, र क्रूसमा टाँगिनु, र तेस्रो दिनमा जीवित भई उठ्नु आवश्यक छ’।”
8
तिनीहरूले उहाँका वचन सम्झे।
9
अनि चिहानबाट फर्केर तिनीहरूले यी सबै कुरा एघार चेलाहरू र अरू सबैलाई बताए।
10
ती स्त्रीहरूचाहिँ, मरियम मग्दलिनी, योअन्ना, र याकूबकी आमा मरियम थिए। तिनीहरूसँग रहेका अरू स्त्रीहरूले पनि यी कुरा प्रेरितहरूलाई भने।
11
तर तिनीहरूले यी कुरा वाहियात हुन् भन्ठाने, र तिनीहरूले विश्वास गरेनन्।
12
तर पत्रुस उठेर चिहानमा दौड़ेर गए, र निहुरेर हेर्दा सूती कपड़ाका पट्टीहरू मात्र देखे। त्यो घटना देखेर अचम्म मानी उनी गइहाले।
13
त्यही दिन उहाँका चेलाहरूमध्ये दुई जना यरूशलेमबाट प्राय: एघार किलोमिटर टाढ़ाको इम्माउस नाउँको एउटा गाउँतिर गइरहेका थिए।
14
घटेका सबै घटनाहरूबारे तिनीहरू आपसमा बातचीत गर्दैथिए।
15
तिनीहरू आपसमा बातचीत गर्दै र बहस गरिरहेको बेला येशू आफै नजिक आएर तिनीहरूका साथ लाग्नुभयो,
16
तर तिनीहरूका आँखा उहाँलाई चिन्न नसक्ने तुल्याइएका थिए।
17
उहाँले तिनीहरूलाई सोध्नुभयो, “तिमीहरू हिँड्दै आपसमा के बहस गरिरहेका छौ?” तिनीहरू उदास भएर टक्क अड़िए।
18
ती दुईमध्ये क्लेओपासले उहाँलाई जवाफ दिए, “यरूशलेम घुमफिर गरी आउने भएर पनि हिजोआज त्यहाँ के घटिरहेछ तपाईंलाई थाहा छैन?”
19
उहाँले तिनीहरूलाई सोध्नुभयो, “कुन कुरा?” तिनीहरूले जवाफ दिए, “येशू नासरीको बारेमा, उहाँ एक जना अगमवक्ता हुनुहुन्थ्यो, र परमेश्वर र सबै मानिसहरूका सामुन्ने काम र वचनमा शक्तिशाली हुनुहुन्थ्यो।
20
तर मुख्य पूजाहारीहरू र हाम्रा शासकहरूले उहाँलाई मृत्युदण्डको निम्ति सुम्पिदिए, र उहाँलाई क्रूसमा टाँगे।
21
इस्राएलको उद्धार गर्ने उहाँ नै हुनुहुन्छ भन्ने हामीले चाहिँ आशा गरेका थियौं। यी सब कुरा छोड़ेर, यो घटना घटेको आज तेस्रो दिन हो।
22
यसबाहेक हामी मध्येका कोही-कोही स्त्रीहरूले हामीलाई चकित बनाएका छन्। तिनीहरू आज बिहान सखारै चिहानमा गए,
23
र येशूको शरीर भेट्टाएनन्। तिनीहरूले आएर हामीहरूलाई सुनाए, ‘हामीले स्वर्गदूतहरूलाई देख्यौं, जसले येशू जीवित हुनुहुन्छ भने।’
24
हामीहरूमध्येका कोही-कोही चिहानमा गए, र ती स्त्रीहरूले जे भनेका थिए, त्यस्तै भेट्टाए, तर उहाँलाई चाहिँ देखेनन्।”
25
उहाँले तिनीहरूलाई भन्नुभयो, “ए अबूझ मानिस हो, तिमीहरूका हृदय यति सुस्त भएको छ, कि अगमवक्ताहरूले भनेका कुराहरू विश्वास गर्दैनौ!
26
के ख्रीष्टले यी कष्टहरू भोग्नु र आफ्नो महिमामा प्रवेश गर्नु आवश्यक थिएन र?”
27
तब मोशा र सबै अगमवक्ताहरूबाट सुरु गरेर उहाँले धर्मशास्त्रमा आफ्नो विषयमा लेखिएका कुराहरूको अर्थ तिनीहरूलाई खोलिदिनुभयो।
28
तिनीहरू जुन गाउँमा गइरहेका थिए त्यसको नजिकै पुगे। उहाँ अझै पर जान चाहने जस्तो गर्नुभयो।
29
तर तिनीहरूले उहाँलाई यसो भनेर कर लाए, “हामीसँगै बस्नुहोस्, किनकि साँझ पर्न लाग्यो, र दिन धेरै ढल्किसकेको छ।” अनि उहाँ तिनीहरूसँग बस्नलाई घरभित्र पस्नुभयो।
30
जब येशू तिनीहरूसँग खान बस्नुभयो उहाँले रोटी लिएर आशीर्वाद दिनुभयो, र भाँचेर तिनीहरूलाई दिन लाग्नुभयो।
31
तब तिनीहरूका आँखा खुले, र तिनीहरूले उहाँलाई चिने। अनि उहाँचाहिँ तिनीहरूका दृष्टिबाट अल्पिनुभयो।
32
तिनीहरूले आपसमा भने, “उहाँ हामीसँग बाटोमा बातचीत गर्नुहुँदा, र हामीलाई धर्मशास्त्रको अर्थ खोलिदिनुहुँदा के हाम्रो हृदय प्रज्वलित भएको थिएन र?”
33
तिनीहरू त्यति नै बेला उठेर यरूशलेममा फर्के, र एघार चेला र तिनीहरूसँग जम्मा भएकाहरूलाई भेटे,
34
र तिनीहरूलाई यसो भने, “प्रभु साँच्चै नै जीवित भई उठ्नुभएछ र सिमोनकहाँ देखा पर्नुभएको हो रहेछ।”
35
तिनीहरूले बाटोमा भएका कुराहरू र रोटी भाँच्दाखेरि कसरी तिनीहरूले उहाँलाई चिने, सो बताइदिए।
36
तिनीहरूले यी कुरा गर्दागर्दै येशू तिनीहरूका बीचमा खड़ा हुनुभयो, र भन्नुभयो, “तिमीहरूलाई शान्ति होस्।”
37
तिनीहरू तर्से, र डरले आत्तिए, र “हामीले त प्रेत देखिरहेछौं” भन्ने सम्झे।
38
तर उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू किन विचलित हुन्छौ, र तिमीहरूका हृदयमा किन शङ्का उत्पन्न हुन्छ?
39
मेरा हात र मेरा पाउ हेर, म नै हुँ, मलाई छोएर हेर। किनकि प्रेतको मासु र हाड हुँदैन, तर तिमीहरू देख्छौ, मेरा त छन्।”
40
यसो भन्नुभएपछि उहाँले तिनीहरूलाई आफ्ना हात र पाउ देखाउनुभयो।
41
तर खुसीले पत्यार गर्न नसकी तिनीहरू छक्क पर्दा उहाँले तिनीहरूलाई भन्नुभयो, “के तिमीहरूसित यहाँ केही खानेकुरो छ?”
42
तिनीहरूले पकाएको माछाको एक टुक्रा उहाँलाई दिए।
43
अनि उहाँले त्यो लिएर तिनीहरूकै सामुन्ने खानुभयो।
44
उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूसँग हुँदा मैले बोलेका वचनहरू यी नै हुन्, अर्थात् मोशाको व्यवस्था, अगमवक्ता र भजनका पुस्तकमा मेरो विषयमा लेखिएका सबै कुरा पूरा हुनैपर्छ।”
45
तब धर्मशास्त्र बुझ्नलाई उहाँले तिनीहरूको समझ खोलिदिनुभयो।
46
उहाँले तिनीहरूलाई भन्नुभयो, “यसो लेखिएको छ, कि ख्रीष्टले दुःख भोग्नु र तेस्रो दिनमा मृतकबाट जीवित हुनुपर्छ,
47
अनि यरूशलेमबाट सुरु गरेर सबै जातिहरूलाई उहाँको नाउँमा पश्चात्ताप र पाप-क्षमाको प्रचार हुनुपर्छ।
48
तिमीहरू यी नै कुराका साक्षी हौ।
49
हेर, म मेरा पिताको प्रतिज्ञा तिमीहरूकहाँ पठाउँछु, तर माथिबाट शक्ति प्राप्त नगरुञ्जेल तिमीहरू यही सहरमा बसिरहो।”
50
त्यसपछि उहाँले तिनीहरूलाई बेथानियासम्म लैजानुभयो, र आफ्नो हात उचालेर तिनीहरूलाई आशीर्वाद दिनुभयो।
51
उहाँले तिनीहरूलाई आशीर्वाद दिनुहुँदैगर्दा, उहाँ तिनीहरूबाट छुट्टिनुभयो र स्वर्गमा लगिनुभयो।
52
तिनीहरूले उहाँको उपासना गरे, र बड़ो आनन्दसाथ यरूशलेम फर्के।
53
अनि तिनीहरू परमेश्वरको प्रशंसा गर्दै मन्दिरमा निरन्तर रहन लागे।
← Chapter 23
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24