bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Luke 5
Luke 5
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 6 →
1
मानिसहरू परमेश्वरको वचन सुन्न उहाँका चारैपट्टि ठेलमठेला गरिरहेका थिए, अनि उहाँ गनेसरेत तालको किनारमा उभिरहनुभएको थियो।
2
उहाँले तालको किनारमा दुई वटा डुङ्गा देख्नुभयो, तर जालहारीहरूचाहिँ डुङ्गा बाहिर बसी आफ्ना जालहरू धोइरहेका थिए।
3
ती दुईमध्ये एउटा डुङ्गाचाहिँ सिमोनको थियो। त्यसमा चढ़ेर उहाँले डुङ्गालाई किनारबाट अलि पर लैजान लाउनुभयो। उहाँले डुङ्गामा बसेर भीड़लाई शिक्षा दिन लाग्नुभयो।
4
बोलिसक्नुभएपछि, उहाँले सिमोनलाई भन्नुभयो, “गहिरोतिर लगेर माछा पक्रनलाई आफ्ना जाल हान।”
5
तर सिमोनले भने, ‘गुरुज्यू, हामीले रातभरि मेहनत गरेर पनि केही फेला पारेनौं, तापनि तपाईंको वचनअनुसार म जाल हान्नेछु।”
6
अनि जब त्यसो गरे, तब तिनीहरूले एक थुप्रो माछा पक्रे, र तिनीहरूका जाल फाट्न लागे।
7
तिनीहरूले अर्को डुङ्गामा भएका साझेदारहरूलाई आएर सहायता गर्ने इशारा गरे, र आएर तिनीहरूले दुवै डुङ्गा माछाले भरे, यहाँसम्म कि डुङ्गाहरू डुब्न लागे।
8
तब यो देखेर येशूको पाउमा घोप्टो परी सिमोन पत्रुसले भने, “हे प्रभु, मबाट जाइजानुहोस्, किनभने म पापी मानिस हुँ।”
9
यतिका माछा पक्रेको देखेर तिनी र तिनको साथमा हुनेहरू सबैले साह्रै अचम्म माने।
10
त्यसै गरी जब्दियाका छोराहरू याकूब र यूहन्ना पनि छक्क परे। तिनीहरू सिमोनसँग साझेदार थिए। येशूले सिमोनलाई भन्नुभयो, “नडराऊ, अब उप्रान्त तिमीले मानिसहरूलाई पक्रनेछौ।”
11
अनि जब तिनीहरूले आफ्ना डुङ्गाहरू पाखामा ल्याए, तिनीहरूले सबै थोक त्यागे, र उहाँको पछि लागे।
12
जब उहाँ कुनै एउटा सहरमा हुनुहुन्थ्यो, तब कुष्ठरोगले भरिएको एक जना मानिसले येशूलाई देखेर उहाँका चरणमा घोप्टो परी बिन्ती गर्यो, “हे प्रभु, तपाईंले इच्छा गर्नुभयो भने मलाई निको पार्न सक्नुहुन्छ।”
13
उहाँले हात पसारेर “म इच्छा गर्दछु, तिमी निको होइजाऊ” भन्दै त्यसलाई छुनुभयो, र तुरुन्तै त्यसको कुष्ठरोग त्यसबाट हटिहाल्यो।
14
उहाँले तिनलाई आदेश दिनुभयो, “यो कसैलाई नभन। तर गएर पूजाहारीकहाँ आफैलाई देखाऊ र मोशाले आज्ञा गरेबमोजिम मानिसहरूलाई तिमी निको भएको प्रमाणको निम्ति भेटी चढ़ाऊ।”
15
तर उहाँको चर्चा अझ बढ़ी जताततै फिँजियो, र ठूला भीड़हरू उहाँको कुरा सुन्न र आफ्ना-आफ्ना रोगहरूबाट निको हुन जम्मा हुन्थे।
16
तर येशूचाहिँ निर्जन स्थानहरूमा गएर प्रार्थना गर्नुहुन्थ्यो।
17
एक दिन उहाँ शिक्षा दिइरहनुहुँदा गालील र यहूदियाको हरेक गाउँ र यरूशलेमबाट आएका फरिसीहरू र शास्त्रीहरू नजिकै बसिरहेका थिए। परमप्रभुको निको पार्ने शक्ति उहाँसँग थियो।
18
मानिसहरूले एउटा पक्षाघाती मानिसलाई खाटमा ल्याए, र तिनीहरूले त्यसलाई भित्र ल्याउन र उहाँको अगाडि राखिदिन खोजे।
19
तर भीड़ले गर्दा त्यसलाई भित्र लैजाने केही बाटो नपाएर तिनीहरू छतमाथि चढ़े, र तिनीहरूले झिँगटी हटाएर त्यसलाई खाटैसमेत येशूको सामुन्ने ओरालिदिए।
20
अनि उहाँले तिनीहरूको विश्वास देखेर भन्नुभयो, “ए मानिस, तिम्रा पाप क्षमा भयो।”
21
तब शास्त्रीहरू र फरिसीहरूले प्रश्न गर्न लागे, “ईश्वर-निन्दा गर्ने यो को हो? पाप त परमेश्वरले मात्र क्षमा गर्न सक्नुहुन्छ।”
22
तर येशूले तिनीहरूको प्रश्न थाहा पाएर तिनीहरूलाई जवाफ दिएर भन्नुभयो, “तिमीहरू आफ्ना हृदयमा किन प्रश्न गर्दछौ?
23
‘तिम्रा पाप क्षमा भयो’ भन्नु कि ‘उठेर हिँड़’ भन्नु, कुनचाहिँ सजिलो छ?
24
तर मानिसको पुत्रलाई पृथ्वीमा पाप क्षमा गर्ने अधिकार छ भन्ने तिमीहरू जान। त्यसपछि उहाँले त्यस पक्षाघातीलाई भन्नुभयो, “म तिमीलाई भन्दछु, उठ र आफ्नो खाट उठाएर घर जाऊ।”
25
अनि त्यो तुरुन्तै तिनीहरूकै सामुन्ने उठ्यो, र जुन खाटमा त्यो पड़िरहेको थियो सो उठाएर परमेश्वरको महिमा गर्दै त्यो आफ्नो घरतिर लाग्यो।
26
तब सबै जना आश्चर्यमा परे, र तिनीहरूले परमेश्वरको महिमा गरे, र भयभीत भएर यसो भने, “आज हामीले अनौठा कुरा देख्यौं।”
27
अनि यी कुरापछि उहाँ बाहिर जानुभयो, र लेवी नाउँ भएका एक जना कर उठाउनेलाई कर-अड्डामा बसिरहेका देख्नुभयो, र तिनलाई भन्नुभयो, “मेरो पछि लाग।”
28
तब तिनले सबै थोक छोड़े, र उठेर उहाँको पछि लागे।
29
लेवीले आफ्नो घरमा उहाँको निम्ति ठूलो भोजको आयोजन गरे। त्यहाँ कर उठाउनेहरू र अरूहरू ठूलो संख्यामा उहाँहरूसँग भोजमा बसेका थिए।
30
फरिसीहरू र तिनीहरूका शास्त्रीहरू उहाँका चेलाहरूका विरुद्धमा यसो भनेर गनगनाउन लागे, “तिमीहरू कर उठाउनेहरू र पापीहरूसँग किन खानपान गर्दछौ?”
31
तर येशूले तिनीहरूलाई भन्नुभयो, “निरोगीलाई वैद्यको खाँचो पर्दैन, तर रोगीलाई मात्र।
32
म धर्मीहरूलाई होइन, तर पापीहरूलाई पश्चात्तापको निम्ति बोलाउन आएको हुँ।”
33
तिनीहरूले उहाँलाई भने, “यूहन्नाका चेलाहरू बारम्बार उपवास बस्तछन् र प्रार्थना गर्दछन्। फरिसीहरूका चेलाहरू पनि त्यसै गर्छन्, तर तपाईंका चेलाहरू भने खान्छन् र पिउँछन्।”
34
येशूले तिनीहरूलाई भन्नुभयो, “के दुलहा साथमा छउञ्जेल जन्तीहरूलाई उपवास बस्न लाउन सक्छौ?
35
तर यस्ता दिन आउनेछन्, जब दुलहा तिनीहरूबाट छुट्टिनेछन्। तब तिनीहरू ती दिनमा उपवास बस्नेछन्।”
36
उहाँले तिनीहरूलाई एउटा दृष्टान्त पनि भन्नुभयो: “कुनै मानिसले नयाँ वस्त्रको टालो पुरानो वस्त्रमा टाल्दैन, नत्रता त्यसले नयाँलाई फटाउँछ, र नयाँ टालो पुरानोसँग मिल्दैन पनि।
37
कुनै मानिसले नयाँ दाखमद्य पुरानो छालाको मशकमा हाल्दैन, नत्रता नयाँ मद्यले छाला फाट्छ, र दाखमद्य पोखिन्छ, र मशक पनि नष्ट हुन्छ।
38
नयाँ दाखमद्य नयाँ छालाको मशकमा राख्नुपर्दछ।
39
कुनै मानिसले पुरानो दाखमद्य पिएर नयाँको चाह गर्दैन, किनकि त्यसले भन्छ, ‘पुरानै असल छ’।”
← Chapter 4
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 6 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24