bible
ra
🌐 Language
English
Español
Français
Deutsch
Português
Italiano
Nederlands
Русский
中文
日本語
한국어
العربية
Türkçe
Tiếng Việt
ไทย
Indonesia
All Languages
Home
/
Nepali
/
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
/
Luke 19
Luke 19
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
← Chapter 18
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 20 →
1
येशू यरीहोमा प्रवेश गरेर त्यहाँबाट जाँदैहुनुहुन्थ्यो।
2
त्यहाँ जखायस नाउँ भएका एक जना मानिस थिए। तिनी कर उठाउनेहरूमा प्रमुख मानिस थिए, अनि धनी थिए।
3
येशू को हुनुहुँदोरहेछ भनेर तिनी हेर्न चाहन्थे, तर पुड़को भएका हुनाले भीड़ले गर्दा तिनले देख्न सकेनन्।
4
तिनी उहाँलाई हेर्नलाई अगिअगि दौड़ेर एउटा अञ्जीरको रूखमा चढ़े। किनकि येशू त्यही बाटो भएर जान लाग्नुभएको थियो।
5
जब येशू त्यस ठाउँमा आइपुग्नुभयो, तब उहाँले मास्तिर हेरेर तिनलाई भन्नुभयो, “ए जखायस, चाँड़ो ओर्लेर आऊ, किनभने आज मलाई तिम्रो घरमा बस्नुपरेको छ।”
6
तिनी झट्टै ओर्लेर आए। अनि खुसीसाथ उहाँको सत्कार गरे।
7
जब मानिसहरूले यो देखे, तिनीहरू सबै यसो भनेर गनगनाउन लागे, “उनी पापीको घरमा पाहुना लाग्न गए।”
8
जखायसले खड़ा भएर प्रभुलाई भने, “प्रभु, हेर्नुहोस्, म आफ्ना सम्पत्तिको आधा भाग गरीबहरूलाई दिन्छु, र कोहीबाट अन्यायपूर्वक केही लिएको छु भने म त्यसको चार गुणा फिर्ता गरिदिनेछु।”
9
तब येशूले तिनलाई भन्नुभयो, “आज यस घरमा मुक्ति आएको छ, किनकि यिनी पनि अब्राहामका छोरा हुन्।
10
किनभने मानिसको पुत्र हराएकालाई खोज्न र बचाउन आएको हो।”
11
तिनीहरूले यी कुरा सुन्दैगर्दा उहाँले तिनीहरूलाई एउटा दृष्टान्त भन्न लाग्नुभयो। उहाँ यरूशलेमको नजिकै हुनुहुन्थ्यो, अनि मानिसहरूले परमेश्वरको राज्य तुरुन्तै प्रकट हुन लागेको छ भन्ने सम्झेका थिए।
12
उहाँले भन्नुभयो, “एक जना खानदानी मानिस एउटा राज्य प्राप्त गरी फर्किआउन भनी कुनै टाढ़ा देशमा गए।
13
तिनले आफ्ना दश जना नोकरहरूलाई बोलाएर तिनीहरूलाई दश सुनका सिक्का दिएर भने, ‘जबसम्म म फर्किआउँदिनँ यसबाट व्यापार गर।’
14
“तर तिनका प्रजाहरू तिनलाई घृणा गर्थे, र तिनीहरूले तिनको पछिपछि यसो भनेर दूतहरूलाई पठाए, ‘तिनले हामीमाथि राज गरेका हामी चाहँदैनौं।’
15
“तब राज्य अधिकार पाई तिनी फर्केपछि आफूले पैसा दिएका नोकरहरूलाई आफूकहाँ बोलाउने हुकुम दिए, अनि व्यापारबाट तिनीहरूले कति नाफा गरे भन्ने तिनले जान्न चाहे।
16
“तब पहिलो आएर यसो भन्यो, ‘मालिक, तपाईंको सिक्काले अझै दश सिक्का कमाएको छु।’
17
“तिनले त्यसलाई भने, ‘स्याबास असल नोकर, तँ अति थोरैमा विश्वासी भइस्, तैंले दश सहरहरूमाथि अधिकार पाउनेछस्।’
18
“दोस्रो आएर यसो भन्यो, ‘मालिक, तपाईंको सिक्काले अरू पाँच सिक्का कमाएको छु।’
19
“तिनले त्यसलाई भने, ‘तैंले पनि पाँच सहरमाथि अधिकार पाउनेछस्।’
20
“अर्को आएर यसो भन्यो, ‘मालिक, हेर्नुहोस्, तपाईंको सिक्का यहाँ छ। यो मैले रूमालमा बाँधेर राखेको थिएँ।
21
म तपाईंसँग डराएँ, किनकि तपाईं कठोर मानिस हुनुहुन्छ। जे राख्नुभएन त्यो लिनुहुन्छ, र जे छर्नुभएन त्यसैको कटनी गर्नुहुन्छ।’
22
“तिनले त्यसलाई भने, ‘तेरै मुखको कुराबाट म तेरो इन्साफ गर्नेछु, ए दुष्ट नोकर! जे राखिनँ त्यो लिने, र जे छरिनँ त्यसको कटनी गर्ने म कठोर मानिस हुँ भनेर तैंले जानेकै थिइस्।
23
तब मेरो सिक्का बैङ्कमा किन राखिनस् त? म आएर व्याजसहित त्यो पाउनेथिएँ।’
24
“तब नजिक उभिनेहरूलाई तिनले भने, ‘त्यसबाट त्यो सिक्का लिएर दश सिक्का हुनेलाई दिइहाल्।’
25
तिनीहरूले तिनलाई भने, ‘हजूर, त्यससँग त दश सिक्का छँदैछन्।’
26
“‘म तिमीहरूलाई भन्दछु, जससँग छ त्यसलाई अझ बढ़ी दिइनेछ, तर जससँग छैन त्यससँग भएको पनि त्यसबाट खोसिनेछ।
27
तर मैले तिनीहरूमाथि राज गरेको नचाहने मेरा ती शत्रुहरूलाई यहाँ ल्याओ, र तिनीहरूलाई मेरै सामुन्ने मार’।”
28
येशूले यी कुरा भन्नुभएपछि उहाँ यरूशलेमतर्फ बढ्नुभयो।
29
जब उहाँ बेथफागे र बेथानियाको नजिक जैतून भनिने डाँड़ामा पुग्नुभयो, उहाँले आफ्ना चेलाहरूमध्ये दुई जनालाई यसो भनेर पठाउनुभयो,
30
“सामुन्नेको गाउँमा जाओ, र भित्र पस्दापस्दै तिमीहरूले गधाको एउटा बछेड़ो बाँधेको भेट्टाउनेछौ, जसमाथि अहिलेसम्म कोही मानिस चढ़ेको छैन। त्यसलाई फुकाएर यहाँ ल्याओ।
31
कसैले ‘किन फुकाउँछौ?’ भनेर तिमीहरूलाई सोध्यो भने, ‘प्रभुलाई यसको खाँचो छ’ भन्नू।”
32
ती पठाइएकाहरू गए, र उहाँले तिनीहरूलाई जस्तो भन्नुभएको थियो त्यस्तै भेट्टाए।
33
तिनीहरूले बछेड़ो फुकाउन लाग्दा बछेड़ाका मालिकहरूले तिनीहरूलाई सोधे, “तिमीहरू यो बछेड़ो किन फुकाउँछौ?”
34
तिनीहरूले भने, “प्रभुलाई यसको खाँचो छ।”
35
चेलाहरूले त्यसलाई येशूकहाँ ल्याए, र आफ्ना वस्त्रहरू बछेड़ोमाथि राखेर येशूलाई त्यसमाथि बसाए।
36
उहाँ जानुहुँदा मानिसहरूले आफ्ना वस्त्रहरू बाटोमा ओछ्याए।
37
उहाँ जैतून डाँड़ाको ओह्रालोमा आइपुग्नुहुँदा चेलाहरूको समस्त भीड, आफैले देखेका सबै शक्तिशाली कामहरूका निम्ति रमाउँदै, परमेश्वरको प्रशंसा गर्दै उच्च सोरले कराउन लागे,
38
“परमप्रभुको नाउँमा आउने राजा धन्य हुन्। स्वर्गमा शान्ति र परमधाममा महिमा।”
39
अनि भीड़का कुनै-कुनै फरिसीहरूले उहाँलाई भने, “हे गुरु, तपाईंका चेलाहरूलाई हप्काउनुहोस्।”
40
तर उहाँले भन्नुभयो, “म तिमीहरूलाई भन्दछु, यिनीहरू चूप लागे भने ढुङ्गाहरू नै कराउनेछन्।”
41
जब येशू नजिकै आइपुग्नुभयो र सहरलाई देख्नुभयो, उहाँ त्यसको निम्ति रुनुभयो,
42
“शान्ति कुन कुराले ल्याउँछ भनेर तैंले आज पनि जानेको भए हुनेथियो! तर अब तेरो दृष्टिबाट त्यो लुकेको छ।
43
किनकि तँमाथि यस्ता दिन आउनेछन्, जब तेरा शत्रुहरूले तेरो वरिपरि मोर्चा बाँधेर घेरा हाल्नेछन्, र सबैतिरबाट तँलाई थुनिराख्नेछन्।
44
तिनीहरूले तँलाई र तँभित्र वास गर्ने तेरा सन्तानलाई जमिनमा पछार्नेछन्, र एउटा ढुङ्गामाथि अर्को ढुङ्गा पनि छोडिनेछैन। किनकि तैंले आफूमाथि भएको परमेश्वरको कृपा-दृष्टिको समयलाई चिन्न सकिनस्।”
45
तब उहाँ मन्दिरभित्र प्रवेश गर्नुभयो र बिक्री गर्नेहरूलाई निकाल्नुभयो,
46
र तिनीहरूलाई भन्नुभयो, “धर्मशास्त्रमा लेखिएको छ, ‘मेरो घर प्रार्थनाको घर हुनेछ,’ तर तिमीहरूले त यसलाई डाँकूहरूको अड्डा बनाएका छौ।”
47
उहाँले दिनहुँ मन्दिरमा शिक्षा दिँदैहुनुहुन्थ्यो। तर मुख्य पूजाहारीहरू, शास्त्रीहरू र जनताका प्रमुख मानिसहरूले उहाँलाई मार्न खोज्थे।
48
तिनीहरूले उहाँलाई मार्ने कुनै उपाय भेट्टाउन सकेनन्, किनकि सबै मानिसहरू उहाँका कुरामा मुग्ध थिए।
← Chapter 18
Jump to:
Chapter 1
Chapter 2
Chapter 3
Chapter 4
Chapter 5
Chapter 6
Chapter 7
Chapter 8
Chapter 9
Chapter 10
Chapter 11
Chapter 12
Chapter 13
Chapter 14
Chapter 15
Chapter 16
Chapter 17
Chapter 18
Chapter 19
Chapter 20
Chapter 21
Chapter 22
Chapter 23
Chapter 24
Chapter 20 →
All chapters:
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24